National Flag Friday 24th of March 2017, 3:47:38 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

अनेरास्ववियुको जिम्मेवारी:ईतिहासको विरासत जोगाउनुछ

p-1472363923.jpg

 सन्तोष पौडेल

हावा र हुरी नचलेको बेला

वातावरण शान्त र स्थिर रहे

को बेला

एउटा नरकटले पनि पहाडको टुप्पोमा ठिङग उभिन सक्छ

तर

हावा र हुरी चलेको बेला

वातावरण अशान्त र अस्थिर रहेका बेला

एउटा सतिसाल मात्र पहाडको टुप्पोमा उभिएर

आफ्नो बहादुरी देखाउन सक्छ

                    – कवि नेत्रलाल अभागि

 

निश्चय नै, अनेरास्ववियु त्यस्तै सतिसाल हो । अनेरास्ववियुको जीवनमा पनि थुप्रै आरोह–अवरोह र उतारचढावहरु आए तर अनेरास्ववियुका पाईलाहरु अविराम बढिरह्यो । तानाशाहीका खुनी पासोहरु पन्छाउदै, चुनौतिका पहाड छिचोल्दै, आस्थाको गोरेटोमा सप्तरङगी सपना सजाउदै स्वतन्त्रता र प्रजातन्त्रको आवाज बुलन्द गरिरह्यो । समाजमा नविन सोच र चेतनाको बिजारोपण, सामाजिक विकृति र विसंगति अन्त्यका लागि पहल गर्नुका साथै न्याय र समानताको झण्डा फर्फराउदै गरिबको झुपडिमा खुशी भित्राउने अनेरास्ववियुको प्रयास आज पर्यन्त जारी नै छ । राष्ट्र र राष्ट्रियता ईतिहासका गौरव गाथा, विरताका गित र श्रृजनामा बुन्ने विषय मात्र होईनन् ।

अनेरास्ववियुले मातृभुमि बचाउ अभियान, साहसिक कालापानी मार्च पास लगाएतका अभियान मार्फत यो बुद्धको देशलाई आफ्नो उपनिवेश बनाईराख्न चाहाने देशका वैरी सामु नझुक्ने प्रष्ट्र सन्देश दिदैं आएको छ । बलभद कुँवर, भिमसेन थापाहरु नभएर के भो र १ अनेरास्ववियुले थुप्रै त्यस्ता योद्दाहरु जन्माएको छ, जो सत्य र न्यायका लागि मर्न तयार छन् तर झुक्न तयार छैनन । घुडाँ टेक्न तयार छैनन् । त्यसैले त परिवर्तनका खातिर भएका हरेक आन्दोलनको अग्रपङतीमा अनेरास्ववियु हुन्छ । टाउकोमा कफन बाँधेर हत्केलामा मृत्युलाई राखेर अनेरास्ववियुका सदस्यहरु परिवर्तनका लागि सङर्षको रणसङग्राममा होमिन्छन् । यो देशको परिवर्तन ति योद्धाहरुको बलिदानीबाट सम्भव भएको हो । अनेरास्ववियु, जसले देश र जनताको हितका लागि लड्दालड्दै शहादत प्राप्त गरे, ति महान शहिदहरुको उक्तराधिकारी संगठन हो । अनेरास्ववियु गौरवपुर्ण ईतिहास, सङघर्षमय वर्तमान र उज्यालो भविष्य भएको संगठन हो ।

एउटा भनाई नै छ, सत्य कहिल्यै पनि हार्देन । असत्यसँगको लडाँईमा सत्य अझ खारिन्छ । हो, अनेरास्ववियु पनि कहिल्यै हारेन ।  बरु यहाँसम्म आईपुग्दा अनेरास्ववियु अझ खारिएको छ । हिजोभन्दा आज अनेरास्ववियु अझै परिपक्व हुँदैछ । आजको अनेरास्ववियुसँग बलियो र संगठित विद्यार्थीहरुको विशाल पङति छ । हिजोका तितामिठा अनुभव छ । सुस्पष्ट विचार र त्यो विचारलाई ब्यवहारमा अगुवाई गर्न क्याम्पस विश्वविधालयबाट दिक्षित विधार्थीहरु छन् । उनीहरु समयको गतिशिलतालाई पक्रने खुबी राख्छन् । यहाँको आवश्यकता र संम्भावनालाई पहिचान गर्न सक्छन् । उनीहरुमा उर्जा, उत्साह र आत्मविश्वास छ । सोच, संकल्प र सामाथ्र्य पनि छ । मात्र खाँचो छ, सहि मार्ग दर्शन र परिचालनको । देशमा विधमान समस्याको समाधान गर्दे समृद्धिको यात्रामा अघि बढ्न अबेर भैसकेको छ । संसारका देशहरुको विकास र परिवर्तनले हामीलाई गिज्याईरहेका छन् । उनीहरु आफ्नो देशको उत्पादन बाहिर निर्यात गर्छन र विदेशि मुद्रा आर्जन गर्छन । विडम्बना हामी देशको मेरुदण्डकोरुपमा रहेको युवा विदेश निर्यात गरेर गर्व गरिरहेका छौं । हाम्रा क्याम्पस विश्वविधालयले दिने सर्टिफिकेटहरु घरको दराजमा थन्किन्छन् अनि एउटा युवा खाडिका देशहरुमा रगतपसिना बगाउन विवश भईरहेका छन् । कृषि प्रधान देशका खेत ग्रहहरु बाँझै छन्, जलश्रोतको धनिदेश २२ घण्टासम्म लोडसेडिङको अँध्यारोमा विताउन विवश छ । मल छैन, विउ छैन, प्राविधिक छैनन, सिँचाई छैन पानी बगेर गईरहेको छ । उद्योगधन्दा धरासायी, पर्यटनको प्रचार छैन । राज्यको प्राथमिकता छैन । स्थिरता, छैन, सुशासन छैन । बन्द, हडताल, दण्डहिनता, अराजकता, उत्श्रृङखलता मौलाउदो छ । यि सबै नकारात्मक सन्दर्भहरु हुँदाँहुँदै पनि सकारात्मक सोच, दुरदृष्टि र प्रतिबद्धता भएको ठुलो पङति यहिँ छन् ।

जसलाई हेरेर ढुक्कका साथ भन्न सक्छौं, यो देश बन्छ किनभने यो यहि पङति हो, जसले भारतिय नाकाबन्दीको विरुद्ध पैदल हिडँन तयार भयो तर झुक्न मानेन । भारतिय हैकमवाद र उपनिवेशिक मानसिकताको विरुद्ध सडकमा सडकमा उत्रने यिनै हुन् । यो यहि पङति हो, जसले भुकम्पले थिलथीलो देशलाई मलम लगाउन स्वयम्सेवीरुपमा उद्दार र राहतमा जुट्यो । चाहे प्युठान वा सप्तरिको बाढि पहिरो होस् वा जनताको जनजीवनसँग सम्बन्धित अन्य विषयहरु सबैभन्दा पहिले यिनिहरुलाई छुन्छ । सबैभन्दा पहिले यहि पङति उठ्छ अनि सारा देशको त्यता ध्यानाकृष्ट हुन्छ । सिङगो देशको ध्यान खिच्न सक्ने यहि पङतिमै अडिएको छ देशको भविष्य । अनेरास्ववियु यो पङति सँगसँगै छ । अब योजनाबद्धरुपमा निर्माण र सृजनाको आन्दोलनलाई अगाडि बढाउनुपर्छ । देशको आवश्यकता र ब्यक्तिको रुचि प्रतिभा अनुसार विज्ञ उत्पादनमा जोड, कृषि, पर्यटन र जलविद्युत मार्फत समृद्धिको खाका कोर्दै त्यस अनुसार देशलाई डो¥याउनुपर्छ । अध्ययन, बहस र श्रृजनशिलतालाई आन्दोलनको साधन बनाउनुपर्छ । अनि मात्र हामी समृद्धिको सपना साकार पार्न सक्छौं ।

यो समृद्धिको सपनासँग हाम्रो भविष्य जोडिएको छ । यो देश स्वतन्त्र र स्वाभिमानी देश हो । जतिबेला विश्वमा ४७ वटा मात्र देश स्वतन्त्र थिए, त्यसमध्यको एउटा देश नेपाल थियो तर यतिबेला विभिन्न कोणबाट हाम्रो राष्ट्रियतालाई कमजोर बनाउने प्रयासहरु भईरहेका छन् । यो समृद्धिको सपनासँग हाम्रो स्वाभिमान र स्वतन्त्रता जोडिएको छ । हामी कसैको दास होईनौं र अरुको रिमोटबाट चल्ने कठपुतलि हुन पनि चाहादैंनौं । हाम्रो निर्णय हामी आँफै गर्न स्वतन्त्र र सक्षम छौं । विगतदेखी नै हामीलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास हुँदै आएका हुन् तर यतिबेला हाक्काहाक्कि नै विस्तारवादी शक्तिहरु यो देशलाई सिक्मिकरण वा भुटानीकरणतर्फ लैजान लागिपरिरहेका छन् । संविधान जारी गर्नमा नेपालीहरुले देखाएको अभुतपुर्व एकताबाट अत्तालिएकाहरुले मधेष आन्दोलनको आवरणमा नाकाबन्दी गरि गलाउने प्रयास नगरेका होईनन् तर समय बदलिसकेको छ । यो २०४५ सालको नेपाल होईन । आजको चेतनाले राष्ट्रहित विरुद्धका यस्ता षडयन्त्रलाई किमार्थ पनि स्विकार नगर्ने मात्र होईन, सशक्त प्रतिवाद पनि गर्छ । पहिचान र अधिकारको आन्दोलनको आवरणमा विदेशी दानापानी खाएर स्वदेशमा ढुङगा बर्साउने कुपात्रहरुलाई नग्याउन अबेर गर्नुहुँदैन । यिनिहरु चर्को स्वरमा अग्रगमनको कुरा त गर्छन तर जाति, नश्ल र कुनै क्षेत्र विशेषमा केन्द्रित यिनिहरुको साम्रदायिक  राजनीतिले समाजलाई छियाछिया र देशलाई विदेशीको क्रिडास्थल बनाउछँ । यस्ता गतिविधले समाजमा हिंसा, भड्काव, विग्रह, अविश्वास श्रृजना त गर्छ नै यसका साथै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई नै सङकटमा पार्ने निश्चित छ । त्यसैले यसतर्फ पनि आम विधार्थीहरु सचेत हुँदै जनमत तयार गर्नु जरुरी छ । अनेरास्ववियुले यसको नेतृत्व लिनुपर्छ ।

त्यसो त हाम्रा आफ्नै मुद्धाहरु पनि छन् । वैज्ञानिक र जनमुखी शिक्षा, शिक्षामा वर्गिय विभेद र असमानताको अन्त्य, सबैका लागि अनिवार्य र निशुल्क शिक्षा, शैक्षिक ब्यापारिकरणको अन्त्य, गुणस्तरीय शिक्षा र प्राज्ञिक मर्यादा लगाएतका मुद्धाहरु हाम्रा विषयहरु हुन् । राजनीतिक मुद्धाको उल्झनमा हिजो ति मुद्धाहरु छायाँमा परेको यथार्य स्विकार गर्नुपर्छ । केहि हुँदै नभएका होईन तर आशातित प्रतिफल प्राप्त नभएको पनि उत्तिकै सत्य हो । सर्टिफिकेटको मुल्यको खोजी, विषयगत विश्वविधालयको अवधारणा, सेमेस्टर प्रणालीमा अध्यापन, एसएलसि परिक्षा प्रणालि खारेजी गरि ग्रेडिङ प्रणालीको सुरुवात, प्राविधिक शिक्षा लगाएतका क्षेत्रमा केहि उपलब्धिहरु हसिल भएका छन् । अब थप उपलब्धिका केन्द्रीत हुनुपर्छ । ज्ञान नै आविष्कारको जननी हो । शिक्षा नै समृद्धिको आधारशिला हो । मजबुत शिक्षाको जगमा नै समृद्धिको पुर्वाधार तयार हुन सक्छ । समृद्ध देशले स्वतन्त्रता र सार्वभौमिकताको उच्चतम अभ्यास गर्न सक्छ । अहिलेको विश्वमा आत्मनिर्भरता होईन, अन्तनिर्भरता महत्वपुर्ण पक्ष हो । सन्तुलित र सम्मानजनक वैदेशिक सम्बन्धका लागि अन्तनिर्भरताको स्थिति बनाउनुपर्छ । समृद्धि नै हाम्रो ध्यय हो । समृद्धि नै हाम्रो लक्ष्य हो । यो समृद्धिको लक्ष्यमा पुग्ने बाटो छेक्नेहरु नै हाम्रा शत्रुहरु हुन् । अग्रगमनको ब्यानरमा समाजलाई पछाडि धकेल्न खोज्ने हुन् वा समाजलाई यथास्थितिको बन्धक बनाउन चाहाने हुन्, नश्लवादी हुन् वा क्षेत्रीयतावादी, धार्मिक कट्टरवादी हुन् वा डलरवादी हुन, युरोवादी हुन् वा भारुवादि, ति सबै हाम्रा चुनौति हुन् । उनीहरुलाई यथास्थानमा सिमित राख्न सक्दा मात्र देश स्थिरताको बाटोमा हिड्न सक्छ । यसो गर्न सकिन्छ, मात्र आँट र हिम्मत गर्नुपर्छ । त्यस्ता चुनौतिहरु पार गरेरै अनेरास्ववियु यहाँसम्म आईपुगेको हो ।

ईतिहासको कालखण्डहरुमा थुप्रै जालझेल र तिकडमका श्रृङखला, टुटफुट, यातना, प्रताडना सहेर हुर्किएको अनेरास्ववियु न त कहिल्यै चुक्यो न त कहिल्यै झुक्यो । सधैं डिस्टिङसन ल्याउने स्टुडेन्टजस्तो जनताको आँखामा बस्यो । दोश्रो हुनुपरेन । सधै उत्कृष्ट बनिरह्यो । जनताको माया पाईरह्यो । साथ पाईरह्यो । त्यसैले आज पनि लाखौं विधार्थीहरु अनेरास्ववियुको कलम र तारा अङकित रक्तरञ्जित झण्डामुनी गोलबद्ध छन् । आज पनि हामी गर्व गर्न सक्छौं की कुनै त्यस्ता चुनौति रहेनन्, जस्ले अनेरास्ववियुको ढुङगाालाई ढल्काउन सकोस् । त्यस्तो कुनै शक्ति रहेन, जस्ले अनेरास्ववियुलाई झुकाउन सकोस्, पल्टाउन सकोस् । नेपालको विधार्थी आन्दोलनलाई सर्सती हेर्ने जो कोहिले भन्न सक्छन्, चुनौतिलाई नै चुनौति दिन सक्ने सामाथ्र्य हो अनेरास्ववियु, जस्तोसुकै शक्तिलाई नै झुकाउन सक्ने महाशक्ति हो अनेरास्ववियु, समस्या जो सँग हार मान्छ, त्यो नाम हो अनेरास्ववियु, वैरीहरु जोसँग घुडाँ टेक्छन् त्यो विर योद्दा हो अनेरास्ववियु । साहस, सामाथ्र्य, धैर्यता, गतिशिलता, श्रृजनशिलता र आन्दोलनको पर्याय हो अनेरास्ववियु । यसैले अनेरास्ववियु जहाँजहाँ पुग्यो, जितिरह्यो । यसर्थ विजेता संगठन हो अनेरास्ववियु तर यो विजय जीवनको मुल्यमा प्राप्त भएको हो । यो परिवर्तन रगतको मुल्यमा प्राप्त भएको हो । यो विजयको विरासतलाई जोगाउनु अब हाम्रो अभिभारा हो । यो रगतको मुल्यमा प्राप्त परिवर्तनलाई जोगाउदै समृद्धिको सपना साकार पार्ने जिम्मेवारी हाम्रो काँधमा आईपुगेको छ । यो देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्ने दायित्व हाम्रो काँधमा आईपुगेको छ  । ईतिहासको विरासतलाई कायम राख्न हामी प्रतिबद्ध हुनैपर्छ । हामी समर्पित हुनैपर्छ । किनभने, “हटि होईन डटि लड्ने नेपालीको बानी हुन्छ, कहिल्यै पछि नहट्ने स्वाभिमानी नेपाली हुन्छ ।” यो अस्थिरतादेखी हामी आत्तिएका छैंनौं, यो हुरी वतासदेखी हामी डराएका होईनौं । किनभने हामी नरकट होइनौं । हामी सतिसाल हौं । हामी अनेरास्ववियु हौं । अब उठाउनुछ देश, बनाउनु छ देश ।

                                                                                                                             अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य

[email protected]

                                                                                                                            [email protected]

 

 

 

 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
loading...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...