National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

आलोेचकहरुलाई दिपकराज गिरिको जवाफ : ‘मैले फिल्म बनाको हो संविधान हैन’

dipak-raj-giri-1507791893.jpg

हेटौँडा,२६ असोज,
नेपाली बक्स अफिसमा धमका मच्चाई रहेको छक्का पञ्जा २ का निर्माता तथा कलाकार दिपकराज गिरिले चलचित्रको जथाभाभि आलोचना भएको भन्दै सामजिक सञ्जाल फेसबुक मार्फत आलोचकहरुलाई कडा जवाफ दिएका छन् । नेपाली चलचित्र चल्नु राम्रो भएको भन्दै उनले चलचित्रको राम्रो पक्षको कुनै वास्ता नगरी नियोजित ढंगबाट बदनाम गर्न खोजेको बताएका छन् । 
यस्तो छ उनको स्टाटस 

 म आज लेख्दैछू,
हिजो “दीपक दीपा लाइ चिठ्ठि” भन्ने शीर्षकमा पंढ्न पाइयो एक त प्रश्न पढ्नै महाभारत थियो छक्का पन्जाको स्क्रिप्ट भन्दा लामो, चूप लागेर बस्न पनि सकिन्थ्यो तर ज़िम्मेवार ब्यक्तिले त्यस्तो गर्नु राम्रो लागेन, महिलाबादी महिला ज्यू ले चलचित्रमा 
आपत्ति जनाउनु भो कुनै आश्चर्य लागेन किनकि एक दिन अधि कानुनबिध ले आपत्ति जनाए, त्यो भन्दा अधि कन्सलटेन्सि वाला
अहिले महिलाबादी । गज्जब छ यो देश । एउटा चलचित्र को पछाडि यसरी समूहगत आक्रम ?
एक त हामि डलर खएर आफ्नो कलर नै चेन्ज गर्न खप्पिस छौ अर्को चलचित्र एउटा फिक्सन हो । परिकल्पना ।, तपाइ हलमा मनोरन्जन लिन जानु भएन दीपक दीपाले कॉहा कॉहा मिस्टेक गरे त्यो हेर्न जानु भो।, तपाइहरू सबैको चिठ्टि पढेर त्यहि लागू गर्ने हो भने फ़िल्म होइन नैतिक शिक्षा भाग ३ बन्छ। हामिअतिवाद लाइ प्रसय दिइरहेका छौ दीपक दीपा लाइ सिध्याउनु पर्छ यिनिहरू छन्जेल हाम्रो अभिष्ट पूरा हूदैन , भन्ने समूह नै सक्रिय रहेको पाएको छू। हरेक चलचित्र आउन पाउदैन हाम्रा नाममा यस्त चिठ्टि काटिन्छ्न । महिलाबादी देखि वालबालिकाबादी सम्म चिठ्टि लेख्न थाल्छन्
अमेरिकामा बसेर फ़िल्म नै नहेरि” झूर फिल्म” “ वाइहात फ़िल्म “ “थर्ड क्लास फ़िल्म “ लेख्न थालिन्छ। पहिलो फ़िल्म लाइ पनि जोकै जोकको पोको, महिला लाइ हेप्यो, थर्ड क्लास फ़िल्म  आदी आदी।। त्यति वेला पनि बिदेशी डलर सेबन गरेर नेपालमा हवन गर्ने हरूले महिला लाइ हेप्यो भनेर लेखेर पछि नै लागे। हामि हिन्दी फ़िल्म पिके मा अन्तरीक्ष बाट एक अद्भूभूत ब्यक्ति आएर पृथिमा अचम्मका क्रियाकलाप गरेर समाज सुधारेर फर्केको पत्याउछौ , लजिक खोज्दैनौ तर हामिले गरेको काममा चाहि यस्तो कॉहा हुन्छ ? हुनै सक्दैन, असम्भब देखायो। “ ए पर्भू मैले फ़िल्म बनाको हो, संबिधान होइन, फ़िल्मले कल्पनाशीलता लाइ बोक्छ , हरेक कुरामा लजिक नखोज्नुस कति ठॉउमा फ़िल्म लिबर्टी पनि लिइन्छ ।
महिलाको अधिकार को लागि शिष्ट शब्दमा महाभारत को पाठ पढाउने चिठ्टि लेख्ने महान महिलाज्यू तपाइलाइ था छ “ छक्का पन्जा २” को मूल नायक प्रियंका र स्वस्तिमा९ आमा छोरी  हुन् स्वस्तिमा ले चाहि आइएल्स पास गरेको देखाउनु पर्थ्यो भन्नु भो 
अब देखि लेखकले हरेक कुरा लैंगिक आधारमा हेर्नु पर्यो ? त्यॉहा प्रिया भन्ने पात्रले पनि आइएल्स पास गरेर आकास उस्को 
डिपेनडेन्ट मा गएको देखाइएको छ , त्यता ध्यान गएन महान महिलाज्यू ? खोतल्दै गयो भने बौ लाइ गॉड्या चिहान भेटिन्छ भव्छन । कति खोतल्नु हुन्छरु कति पछि लाग्नु हुन्छ कुनै एउटा संस्थाको पुच्छर समातेर आफ्नो स्वार्थको बैतर्नि कहिले सम्म तर्ने ? म एउटा सामान्य मनोरन्जन दिने फ़िल्म बनाउने मान्छेलाइ नैतिक शिक्षाको ठेलि ले थिचेर अशक्त बनाउने प्रयास किनरु के लगातार सफल हुनु , उद्योग लाइ योगदान दिनु, यसबाट सामाजिक हितको काम गर्नु, अपराध हो ? हरेक फ़िल्म मा महिलालाइ माहान नै देखाउनु पर्ने  ढोगं छोडनुस ,खलपात्र पुरूष मात्रै हुनु पर्छ भन्ने मानसिकता बाट मुक्त हुनुस जेलमा गएर हेर्नुस त्यॉहा पुरूष मात्रै हुदैनन् ।
लेख्ने कुरा धेरै छ, म यस्लाइ यहि टुगॉउछू । कृपया मन परे शेयर गरिदिनुस ।दीपक दीपा ले छक्का पन्जा २ ल्याको हो आणविक बम परिक्षण गरेको होइन ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...