National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

इरान भूकम्प : मृतक संख्या ५ सयभन्दा धेरै, घाइतेको बिजोग

iran_earthqueak-5a0bb80bb-1510729256.jpg

 बुधवार, कात्तिक २९, २०७४ तेहरान : इरानमा आइतबार राति गएको भूकम्पको मृतक संख्या ५ सय ५२ पुगेको छ भने करिब ७ हजार घाइते भएका छन् ।भूकम्पपछि करिब शून्य डिग्रीको चिसोमा घरबाहिर बसिरहेका इरानीले खाद्यान्न, पाल, खानेपानी र पाललगायत आधारभूत आवश्यकताको अभावमा निकै कष्ट भोगिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले मानवीय सहयोगको याचना गरेका छन् ।भूकम्पबाट सर्वाधिक प्रभावित प्रान्त करमनसाहमा सयौं घर भत्केका छन् । सरकार त्यहाँ आवश्यक सहायता उपलब्ध गराउन प्रयासरत छ ।सरकारले भग्नावशेषबाट जीवित फेला पर्ने सम्भावना न्यून भएको भन्दै घाइतेको खोजी बन्द गरेको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । भूकम्पबाट इरानका १४ प्रान्त नराम्ररी प्रभावित भएका छन् भने दुइटा गाउँ ध्वस्त हुनुका साथै ३० हजारभन्दा बढी घर भत्केका छन् ।हजारौं इरानी घरेलु सामग्रीबाट अस्थायी शिविर बनाएर खुला ठाउँमा बसिरहेका छन् । भूकम्पपछि १ सय ९३ वटा परकम्प गइसकेकाले त्रसित उनीहरू कठ्यांग्रिने चिसोमा दोस्रो रात पनि घरबाहिर बसेको सरकारी टेलिभिजनले जनाएको छ ।राष्ट्रपति हसन रुहानीले भूकम्प प्रभावित भूभागको मंगलबार भ्रमण गरे । सरकारले निर्माण गरेका घर सबैभन्दा बढी भत्केकाले यसको छानबिन गरी दोषीमाथि कारबाही गरिने उनले बताए ।करमनसाहको कसर-ए-सिरिनका बासिन्दा ४२ बर्से अली गुलानीले त्यहाँका बासिन्दाले जाडोमा आफूलाई न्यानो राख्न क्रेटलगायत विभिन्न सामग्री बालेको बताए ।‘हामी एउटा टेन्टमा बसिरहेका छौं । तर हामीसँग खानेकुरा वा पानी छैन’, उनले भने, ‘तपाईं जाडोले बालबालिका रोइरहेको सुन्न सक्नुहुन्छ । उनीहरू आफूलाई न्यानो पार्न आमाबाबुसँग टाँस्सिएर बसेको देख्दा टीठ लाग्छ ।’ भूकम्पपछि घन्टैपिच्छेजस्तो औसतमा ३ शक्तिशाली परकम्प गइरहेको उनले बताए ।सरकारले भूकम्पप्रभावित भूभागका लागि राहत सामग्री पठाए पनि सर्वसाधारणले पाएका छैनन् । भूकम्पपीडितले खानेपानी लिन समेत सहरको अर्को छेउस्थित धारामा पुग्नुपर्ने बाध्यता छ ।सरपोल-ए-जहाबका एक जना महिलाले कठ्यांग्रिने चिसोमा रात काट्नुपरेको, खानेकुरा, टेन्ट, पानी र औषधिजस्ता सामग्री तत्काल चाहिएको बताएको सरकारी टेलिभिजनले जनाएको छ । भूकम्पमा सबैभन्दा धेरैको मृत्यु त्यहाँ भएको थियो ।त्यहाँ ७० हजार इरानीलाई टेन्टको आवश्यकता रहेको बताइएको छ । संयुक्त राष्ट्र संघले आवश्यक परे सहयोगका लागि तम्तयार रहेको जनाएको छ ।इरानको रेड क्रिसेन्ट सोसाइटीका अधिकारी मन्सुर बाघेरीले सञ्चारमाध्यमसँग भूकम्पमा १२ हजार घर ध्वस्त भएको बताएकी छन् । उनले उद्धारकार्य सकिएको र अब जीवितलाई शिविरमा व्यवस्थापन गरी आवश्यक सहायता उपलब्ध गराउनु पहिलो प्राथमिकता भएको बताइन् ।इस्लामिक रिभोल्युसनरी गार्ड्स कप्र्स (आईआरजीसी)का प्रमुख मेजर जनरल मोहम्मद अली जाफरीले भूकम्पप्रभावितलाई तत्काल पाल, खानेपानी र भोजन आवश्यक रहेको बताए । उनले अधिकांश वनिर्मित घरहरू नढले पनि माटोका घरहरू भने ध्वस्त भएको बताए ।रेड क्रिसेन्टले भूकम्पप्रभावित अधिकांश भूभागमा पानी तथा बिजुली नभएको र पहिरोले सडक भत्काएकाले राहत पुर्‍याउन कठिन भएको बताएको छ । राहत सामग्री पुर्‍याउन सैनिक हेलिकप्टरको उपयोग गरिएको छ । रेड क्रिसेन्टका ३० वटा टोली उद्धार र राहत पुर्‍याउन जुटेका छन् ।इरानको सीमासँग जोडिएको इराकी भूभागमा १० जनाको मृत्यु भएको र सयौं घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु इराकको कुर्दिस्तान स्वायत्त क्षेत्रमा पर्ने सुलेमानिया प्रान्तको पेन्जविन रहेको थियो । भूकम्पबाट इराकमा ६ जनाको मृत्यु भएको र ६८ जना घाइते भएको बताइएको छ । उत्तरी इराकको कुर्दिस जिल्लामा ३ सय २५ जना घाइते भएका छन् ।इरानको जाग्रोस पर्वत शृंखला युरेसियन प्लेट र अरेबियन प्लेट आपसमा ठक्कर खाँदा उत्पन्न भएको मानिन्छ । दुवै प्लेट बारम्बार आपसमा ठोक्किँदा इरानमा भूकम्प आउँछ । यसैगरी पेट्रोलियम पदार्थ निकाल्न त्यहाँका पहाडमा ‘फ्रेकिङ’ गरिन्छ, जसमा तरल पदार्थ पहाडमा इन्जेक्ट गरेर तेल निकालिन्छ । यसो गर्दा पहाडमा चिरा पर्ने र पहाडको सन्तुलन बिग्रने कारणले भूकम्प जाने गरेको भूकम्पविद् बताउँछन् [एजेन्सी 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...