National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

ओलीले भने-‘सरकार र विप्लव समूह उस्तै’ (‘साम्यवाद आफैंमा सुन्दर परिकल्पना हो तर त्यसमा पुग्न सम्भव छैन)

KP-14112017032305-1000x0-1510673568.jpg

कार्तिक २८, एमाले अध्यक्ष केपी ओलीले झूटा कुरा गरेर भ्रमको खेती नगर्न सत्तारूढ दल कांग्रेसलाई आग्रह गरेका छन् । पछिल्लो समय कांग्रेसले लगाएको वाम गठबन्धन लोकतन्त्र धरापमा पार्न लागिपरेको आरोपको प्रतिवाद गर्दै ओलीले लोकतन्त्रको प्रमाणपत्र सानेपा (कांग्रेस मुख्यालय)बाट लिनु नपर्ने व्यंग्य गरे । ‘हामी लोकतन्त्रवादी हौं भनेर सानेपाले आईएसओ प्रमाणित गर्नुपर्ने, चिह्न दिनुपर्ने होइन,’ काठमाडौंका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा ओलीले प्रश्न गरे, ‘कांग्रेससँग प्रतिवाद गर्ने अरू केही एजेन्डा छैन ?’ उनले भ्रमको खेती नगर्न कांग्रेसलाई चेतावनीसमेत दिए ।

आफूहरूले कम्युनिस्ट सरकार बनाउन लागेकामा दुईमत नरहेको उनले बताए । मंगलबारै आफ्नो चुनाव क्षेत्र झापाबाट फर्केका ओलीले वर्तमान सरकारका गतिविधि र कांग्रेसको चुनावी अभियानप्रति कटाक्ष गरेका थिए । वाम गठबन्धनले जिते साम्यवाद आउने र अधिनायकवाद लाद्ने भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति लक्षित गर्दै ओलीले भने, ‘साम्यवाद आफैंमा सुन्दर परिकल्पना हो तर त्यसमा पुग्न सम्भव छैन । साम्यवाद नराम्रो व्यवस्था होइन । सबै सुखी हुने, केहीको अभाव नहुने परिकल्पना साम्यवादले गर्छ । त्यो पूर्ण लोकतान्त्रिक हुन्छ,’ उनले भने ।देउवा नेतृत्वको सरकार र विप्लव समूहले एकै प्रकृतिको काम गरिरहेको आरोपसमेत उनले लगाए । भनेजति चन्दा नपाएपछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको चिनियासँगको ठेक्का रद्द गरेको आरोप उनले लगाए । ‘सरकार चुनावी खर्च नपाएपछि ठेक्का रद्द गर्छ, विप्लव समूह जबर्जस्ती चन्दा माग्ने, बम पडकाउँदै हिँड्ने गर्छ । सरकारले तिनलाई कारबाही पनि गर्दैन,’ ओलीले भने ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता कांग्रेसले चुनाव खर्च उठाउन खारेज गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले अर्को कम्पनीसँग कमिसन लिइ सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेको दाबी गरे । बूढीगण्डकीकै जसरी कांग्रेसले स्थानीय तहको निर्वाचन अघि करिब एक दर्जन आयोजनाका लाइसेन्स बेचेको पनि ओलीको आरोप छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजनाको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । सरकारले उक्त आयोजना अब लगानी बोर्डमार्फत अगाडि बढाउने जनाएको छ ,गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रसन एन्ड फाइनान्स (ईपीसी एन्ड एफ) मोडलमा निर्माणको जिम्मा दिने निर्णय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद्ले गरेको हो ।मन्त्रिपरिषद्को उक्त निर्णयपछि गत जेठ २१ गते तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको थियो ।   #कान्तिपुर  बाट




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...