National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

कसरी तौल बढाउने ? यस्तो छ उपाय

२०७४ कार्तिक २6 केही समयअघि हामीसँगको कुराकानीमा निर्देशक दिवाकर भट्टराई भन्दै थिए, ‘तौल बढाउन जिम धाउँदैछु ।’ उचाई अनुसार मोटाइ नभएपछि उनले खान्की पनि बढाएका रहेछन् । तौल बढाउनका लागि दिनमा पाँच पटक खाने गरेको उनले सुनाए ।हामी कुरा गर्छौ, कसरी मोटोपन नियन्त्रण गर्ने ? कसरी तौल घटाउने ?तर, सबैको चिन्ता मोटोपन घटाउने मात्र छैन । कतिपयलाई तौल बढाउनुपर्ने अवस्था पनि छ । वाध्यता पनि । भनिन्छ, तौल घटाउन जति गाह्रो छ, उत्ति नै सजिलो त, तौल बढाउन । तर, भुक्तभोगीहरु यसमा सहमत छैनन् । उनीहरु भनिरहेका हुन्छन्, ‘यसो गर्दा पनि तौल बढेन ।’हाम्रो उचाई अनुसार तौलको सन्तुलन मिल्नुपर्छ । जस्तो कि पाँच फिट पाँच इन्च अग्ला व्यक्तिको तौल ६० केजीसम्म सहि मानिन्छ । त्यो भन्दा अधिक कम वा धेरै तौल हुनु स्वभाविक होइन । अस्वभाविक तौल रोगको घर हो ।

तौल किन बढाउने त ? स्वस्थ्य शरीरको मापदण्ड पुरा गर्न । त्यसबाहेक सुहाउँदिलो ज्यान देखाउन । उचाई अनुरुप मोटाइ भएन भने ज्यान खिरिलो देख्छ । लुगा लगाउँदा पनि ह्याङगरमा टाँगिएको जस्तो देखिन्छ । त्यसैले खिरिलो ज्यान भएकाहरु स्वभाविक रुपमा मोटाउन चाहन्छन् । तर, कसरी ?

कसरी बढाउने तौल ? शरीरको तौल बढाउनका लागि खानपानमा सन्तुलन मिलाउनुपर्छ । मकैको रोटी तौल बढाउन निकै उपयोगी हुने बताइन्छ । मकैको रोटी यस्तो प्रभावकारी खाना हो, जसले सजिलै पातलो व्यक्तिको मोटाइ बढाउँछ ।

केरा र दुध केरा र दुध पनि तौल बढाउन उपयोगी हुन्छ । केरामा यस्तो पोषक तत्व हुन्छ, जसले पातलो शरीर मोटाउने क्षमता राख्छ । साथै केरा स्वास्थ्यका लागि लाभदायक पनि छ ।अब कुरा गरौं दुधको । दुध क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी बलियो बनाउँछ । केरा र दुधलाई एकसाथ सेवन गर्दा मोटोपन बढाउन सहयोग गर्छ । खासगरी ब्रेकफास्टमा केरा र दुधको कम्बिनेसन ठिक हुन्छ । तर, याद राख्नुपर्ने कुरा चाहि, दुध शुद्ध हुनुपर्छ । केरा पनि प्राकृतिक रुपमै पाकेको हुनुपर्छ ।

घिउ र सख्खर घिउ र सख्खर हरेकजसो घरमा सजिलै प्राप्त हुन्छ । यस दुबैको मिश्रणले पोषक तत्व पैदा हुन्छ, जो शारीरिक स्वस्थ्यका लागि एकदमै लाभदायक हुन्छ । त्यसैले दैनिक शख्खर र घिउ मिलाएर सेवन गर्नुपर्छ, दुब्लोपन कम हुन्छ ।

हरियो मटर हरियो मटरको सेवन पनि लाभदायक हुन्छ । यसले रगत र मांशपेशी बनाउन सहयोग गर्छ । नतिजा, दुब्लोपन हट्छ ।

दुध र मह नियमित रुपमा दुध र महको मिश्रण बनाएर पिउनुपर्छ, तौल बढ्छ ।

वर्कआउट खानपानले मात्र सबै कुरा पर्याप्त हुँदैन । त्यसका लागि नियमित वर्कआउट पनि चाहिन्छ । बिहान चाडै उठेर घुम्न निस्कनुपर्छ । यसले शरीर बलियो हुन्छ । शारीरिक कमजोरी हटाउने यो प्राकृतिक उपाय हो ।

तनावमुक्त रहने राम्रो स्वास्थ्यका लागि तनावमुक्त रहनुपर्छ । मनमा तनाव लिइरहँदा पनि शरीर दुब्लो हुन्छ ।

खाना खाइसकेपछि दैनिक बिहान र बेलुकी खाना खाइसकेपछि तीस मिनेटका लागि विश्राम गरौ । यसले पनि शरीरको तौल बढ्छ ।

 दैनिक स्याउको सेवनदैनिक दुई वटा स्याउ सेवन गर्नुपर्छ । यसले भोक जगाउन मद्दत गर्छ । भोग जागेपछि हामी खाना खान्छौ, जसले तौल बढाउँछ ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...