National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

किन गए राप्रपा अध्यक्ष कमल थापा पूर्वी मकवानपुर ?

22730297_1709168349147201-1508989336.jpg

हेटौँडा,९ कार्तिक,
गत कार्तिक ६ गते सम्पन्न राप्रपाको केन्द्रीय समितिको बैठकबाट राप्रपाले अध्यक्ष कमल थापा सहित ५ जनालाई प्रतक्षमा उम्मेद्वार बनाउने निर्वाचन क्षेत्र टुंगो लगायो । अध्यक्ष थापालाई उनकै गृहजिल्ला मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको प्रतक्षतर्फ निर्वाचनम उम्मेद्वार बनाउने निर्णय गरेको भोलिपल्टै उपप्रधान तथा उर्जामन्त्री थापा हेटौँडामा निर्माणधिन कुलेखानी तेश्रोको अनुगमन गर्ने वाहानामा हेटौँडा आए । 
७ गते बिहान हेटौँडा आएका थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङसँगै कुलेखानी तेश्रोको अवलोकन गरे र दिउँस ३ बजे राप्रपा मकवानपुरले गरेको सम्मानमा सहभागि भए । राप्रपा मकवानपुरले प्रत्येक पटक मन्त्री भएपछि उनलाई सम्मान कार्यक्रमको आयोजना गर्ने गरेकोमा सोहि परमपराबमोजिम उनलाई पार्टी कार्यालय अघिको मुख्य सडकमानै टेन्ट गाढेर तयार पारिएको मञ्चमा सम्मान गरियो । 
सम्मान कार्यक्रममा बोल्दै थापाले निकै भावुक हुँदै यो पटक आफुलाई सहयोग गर्न मकवानपुरे नागरिक तथा पत्रकारहरुसँग आग्रह गरे र सोहि दिन मकवानपुरमा रहेको विभिन्न धार्मिक संघसस्थाहरुका प्रतिनिधिसँग छलफलमा ब्यस्थ बने ।
कांग्रेससँगको तालमेलमा मकवानपुरको क्षेत्र नंबर १ बाट निर्वाचन लडने निर्णय गरिसकेका थापालाई अझ पनि जनताको धारणा के छ भन्ने जिज्ञासा थियो । सोहि कारण उनी भोलीपल्टै अर्थात कार्तिक ८ गते विहानै आफु निर्वाचन लडने घोषणा गरेको पुर्वी मकवानपुरको क्षेत्र नंबर १ तिर हानीए । उपप्रधामन्त्री समेत रहेका थापाले जिल्ला तथा केन्द्रीय तहका नेताको जम्बो टोली लिएर पुर्वि मकवानपुरको राईगाउँ, फाफरबारी तथा छतिवनमा आफ्ना कार्यकर्तालाई भेटेर करिब आधा दर्जन कार्यक्रममा समय विताउँदै फापरबारीमा बसे । 
थापा धेरै पछि रातनै बस्नेगरि पुर्वी मकवानपुर गएका फापरबारीका एक स्थानीयको भनाई छ । यो पटक थापाले निकै नरम हुँदै आफुलाई जिताउन पटकपटक आग्रहगरेको उनले बताए । राईगाउँमा सम्पन्न सभालाई सम्बोधन गर्दै थापाले आफुलाई जिताएर गुन लगाउन आग्रह गरेका थिए । नेपाली कांग्रेसले त तालमेल अनुसार मतदान गर्छन भन्दै उनले अन्य राजनीतिक दलका कार्यकर्तालाई समेत एक पटक आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । 
कांग्रेससँगको तालमेलको बावजुत पनि करिब ८ हजार मतले वाम गठबन्धन अघि रहेको अवस्थामा आफु निर्वाचनमा उम्मेद्वार बने आफुलाई जनताले कस्तो प्रतिक्रिया दिन्छन भनेर थापा पुर्वी मकवानपुर गएको हुनसक्ने राजनीतिक बृत्तमा चर्चा रहेको छ । थापाको दुईदिने पुर्वी मकवानपुर भ्रमणपछि उनी खुसी भएको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले खबरब्रेकलाई जानकारी दिए । बर्तौलाको अनुसार अरु दलका कार्यकर्ता लेभलका जनताहरुले पनि यो पटक थापालाई एक भोट दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।  मकवानपुरको क्षेत्र नंबर १ बाट ३ पटक निर्वाचन लडेका थापाले एक पटक मात्र विजयी हुने अवसर प्राप्त गरेका छन् ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...