National Flag Monday 23rd of October 2017, 6:55:44 pm
sagarmatha-add-1504003715.gif
nagarpalika-1506415984.gif
churehill-normal-add-1486292696.gif

क्रिस्टियानो रोनाल्डोले जिते ‘फिफा बर्ष खेलाडी’को उपाधि

Ronaldo-1484007572.jpg


 हेटौँडा,२६ पौष
 
अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी र फ्रान्सका खेलाडी एन्टोनी ग्रीजम्यानलाई पछि पार्दै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बर्ष २०१६ को सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । रोनाल्डोले सन् २०१६ मा आफ्नो क्लब रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र देश पोर्चुगललाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । संसारभरका फिफाका सदस्य राष्ट्रका राष्ट्रिय कप्तान, राष्ट्रिय टिमका म्यानेजर, पत्रकार प्रतिनिधि र आम जनताको भोटिङका आधारमा बर्ष खेलाडी चुनिएको हो ।

फिफा महिला टिमको बर्ष कोचको उपाधि जर्मनी राष्ट्रिय महिला टिमकी कोच सिल्भिया नेइडले जितेकी छन् । पुरुष तर्फको बर्षको उत्कृष्ट कोचको उपाधि भने लेस्टर सिटीका कोच क्लाउडियो रानेरीले जितेका छन् । रानेरीले गत बर्षको ईङलिश प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई जिताएका थिए । त्यस्तै महिला तर्फको बेस्ट खेलाडीको उपाधि अमेरिकाकी कार्ली लियोड़ले जितेकी छन् । यस अघि फिफा र फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गरिदै आएको बेलुन डोर अवार्ड यस बर्ष देखि भने फिफासँगको सहकार्य तोडिएको थियो र फिफाले अलग्गै बर्ष खेलाडीको उपाधि घोषणा गरेको हो । फ्रान्सको फुटबल म्यागजिनले सन् २०१६ को बेलुन डोर उपाधि पनि रोनाल्डोले जितेका थिए । रोनाल्डोले कुल चार पटक यो उपाधि जितेका छन् भने उनि भन्दा बढी अर्जेन्टिनाका लियोनेल मेसीले यो उपाधि ५ पटक जितेका छन् ।

को हुन् क्रिस्टियानो रोनाल्डो 

सन १९८५ फेब्रुअरी ५ मा पोर्चुगलको मडेरिया स्थित फुन्चल भन्ने ठाउमा जन्मिएका क्रिस्टियानो रोनाल्डो ७ बर्षको उमेर देखि नै फुटबल खेल्न सुरु गरेका थिए । सन १९९२ मा पोर्चुगलको मडेरियास्थित एन्डोरिन्हा फुटबल क्लबमा ७ बर्षको उमेर देखि प्रशिक्षण सुरु गरेका रोनाल्डोले सन १९९५ देखि १९९७ सम्म मडेरीया कै अर्को क्लब डिपोर्टटिभो न्याकीओनलमा प्रशिक्षण लिएका थिए ।त्यसपछि सन १९९७ देखि सन २००२ सम्म पोर्चुगलको चर्चित क्लब स्पोर्टिंङमा प्रशिक्षण लिए पछि सन २००२ देखि स्पोर्टिंङको सिनियर टिमबाट खेल्न सुरु गरेका थिए । स्पोर्टिंङको सिनियर टिममा १ बर्ष खेले पछि सन २००३ मा उनि ईङलिश क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए । म्यानचेस्टरका तत्कालिन प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोको खेलबाट प्रभावित भएर युनाइटेडमा ल्याएका थिए । सन २००३ देखि २००९ सम्म युनाइटेडमा खेलेका रोनाल्डोले कुल १९६ खेलमा ८४ गोल गरेका थिए । उनि म्यानचेस्टर युनाइटेडमा हुँदा ३ प्रिमिएर लिग टाइटल, १ एफए कप टाइटल, १ च्याम्पियन्स लिग टाइटल, २ फुटबल लिग कप टाइटल, १ फिफा क्लब वर्ल्डकप टाइटल जितेका थिए ।

सन २००९ मा उनि म्यानचेस्टर युनाइटेडबाट रेकर्ड ८० मिलियन पाउण्डमा रियल म्याड्रिडमा गएका थिए । उनि म्याड्रिड गएपछि उनलाई अहिले सम्म कै रेकर ८० हजार दर्शकको उपस्थितिमा स्वागत गरिएको थियो । रियल म्याड्रिडमा अहिले सम्म उनले १ पटक स्पेनिस ला लिगा टाइटल, २ पटक च्याम्पियन्स लीग टाइटल, २ पटक कोपा डेल रे टाइटल, २ पटक फिफा क्लब विश्व कप, १ पटक यूईएफा सुपर कप र एक पटक सुपर कोपा डे एस्पेना जितिसकेका छन् । रोनाल्डोले रियल म्याड्रिडका लागि अहिलेसम्म सबै प्रतियोगितामा गरी कुल ३६८ खेल खेल्दै ३८१ गोल गर्न सफल भएका छन् ।

क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत रुपमा धेरै अवार्ड र उपाधि जितेका छन् ।  रोनाल्डोले यसअघि सन् २००८, २०१३, २०१४ र २०१६ गरी ४ पटक यो उपाधि जितेका जितेका छन् । यस बर्ष उनले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताउन र आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अहिलेसम्म फिफा बेलुन डोरको उपाधि ४  पटक जितेका छन् भने अन्य कैयौ अवार्ड र उपाधि जित्न सफल भएका छन् । विश्व फुटबलमा प्रेरणादायी खेलाडीको रुपमा रोनाल्डोले आक्रिस्टियानो रोनाल्डोले जिते ‘फिफा बर्ष खेलाडी’को उपाधि
 हेटौँडा,२६ पौष
 
अर्जे्न्टिनी स्ट्राइकर लियोनेल मेसी र फ्रान्सका खेलाडी एन्टोनी ग्रीजम्यानलाई पछि पार्दै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बर्ष २०१६ को सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । रोनाल्डोले सन् २०१६ मा आफ्नो क्लब रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र देश पोर्चुगललाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । संसारभरका फिफाका सदस्य राष्ट्रका राष्ट्रिय कप्तान, राष्ट्रिय टिमका म्यानेजर, पत्रकार प्रतिनिधि र आम जनताको भोटिङका आधारमा बर्ष खेलाडी चुनिएको हो ।

फिफा महिला टिमको बर्ष कोचको उपाधि जर्मनी राष्ट्रिय महिला टिमकी कोच सिल्भिया नेइडले जितेकी छन् । पुरुष तर्फको बर्षको उत्कृष्ट कोचको उपाधि भने लेस्टर सिटीका कोच क्लाउडियो रानेरीले जितेका छन् । रानेरीले गत बर्षको ईङलिश प्रिमियर लिगको उपाधि लेस्टर सिटीलाई जिताएका थिए । त्यस्तै महिला तर्फको बेस्ट खेलाडीको उपाधि अमेरिकाकी कार्ली लियोड़ले जितेकी छन्  यस अघि फिफा र फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गरिदै आएको बेलुन डोर अवार्ड यस बर्ष देखि भने फिफासँगको सहकार्य तोडिएको थियो र फिफाले अलग्गै बर्ष खेलाडीको उपाधि घोषणा गरेको हो । फ्रान्सको फुटबल म्यागजिनले सन् २०१६ को बेलुन डोर उपाधि पनि रोनाल्डोले जितेका थिए । रोनाल्डोले कुल चार पटक यो उपाधि जितेका छन् भने उनि भन्दा बढी अर्जे्न्टिनाका लियोनेल मेसीले यो उपाधि ५ पटक जितेका छन् ।

 ? सन १९८५ फेब्रुअरी ५ मा पोर्चुगलको मडेरिया स्थित फुन्चल भन्ने ठाउमा जन्मिएका क्रिस्टियानो रोनाल्डो ७ बर्षको उमेर देखि नै फुटबल खेल्न सुरु गरेका थिए । सन १९९२ मा पोर्चुगलको मडेरियास्थित एन्डोरिन्हा फुटबल क्लबमा ७ बर्षको उमेर देखि प्रशिक्षण सुरु गरेका रोनाल्डोले सन १९९५ देखि १९९७ सम्म मडेरीया कै अर्को क्लब डिपोर्ट्टिभो न्याकीओनलमा प्रशिक्षण लिएका थिए । त्यसपछि सन १९९७ देखि सन २००२ सम्म पोर्चुगलको चर्चित क्लब स्पोर्टिंङमा प्रशिक्षण लिए पछि सन २००२ देखि स्पोर्टिंङको सिनियर टिमबाट खेल्न सुरु गरेका थिए । स्पोर्टिंङको सिनियर टिममा १ बर्ष खेले पछि सन २००३ मा उनि ईङलिश क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए । म्यानचेस्टरका तत्कालिन प्रशिक्षक एलेक्स फर्गुसनले रोनाल्डोको खेलबाट प्रभावित भएर युनाइटेडमा ल्याएका थिए । सन २००३ देखि २००९ सम्म युनाइटेडमा खेलेका रोनाल्डोले कुल १९६ खेलमा ८४ गोल गरेका थिए । उनि म्यानचेस्टर युनाइटेडमा हुँदा ३ प्रिमिएर लिग टाइटल, १ एफए कप टाइटल, १ च्याम्पियन्स लिग टाइटल, २ फुटबल लिग कप टाइटल, १ फिफा क्लब वर्ल्डकप टाइटल जितेका थिए ।

सन २००९ मा उनि म्यानचेस्टर युनाइटेडबाट रेकर्ड ८० मिलियन पाउण्डमा रियल म्याड्रिडमा गएका थिए । उनि म्याड्रिड गएपछि उनलाई अहिले सम्म कै रेकर ८० हजार दर्शकको उपस्थितिमा स्वागत गरिएको थियो । रियल म्याड्रिडमा अहिले सम्म उनले १ पटक स्पेनिस ला लिगा टाइटल, २ पटक च्याम्पियन्स लीग टाइटल, २ पटक कोपा डेल रे टाइटल, २ पटक फिफा क्लब विश्व कप, १ पटक यूईएफा सुपर कप र एक पटक सुपर कोपा डे एस्पेना जितिसकेका छन् । रोनाल्डोले रियल म्याड्रिडका लागि अहिलेसम्म सबै प्रतियोगितामा गरी कुल ३६८ खेल खेल्दै ३८१ गोल गर्न सफल भएका छन् ।

क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत रुपमा धेरै अवार्ड र उपाधि जितेका छन् ।  रोनाल्डोले यसअघि सन् २००८, २०१३, २०१४ र २०१६ गरी ४ पटक यो उपाधि जितेका जितेका छन् । यस बर्ष उनले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताउन र आफ्नो देश पोर्चुगललाई युरो कपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अहिलेसम्म फिफा बेलुन डोरको उपाधि ४  पटक जितेका छन् भने अन्य कैयौ अवार्ड र उपाधि जित्न सफल भएका छन् । विश्व फुटबलमा प्रेरणादायी खेलाडीको रुपमा रोनाल्डोले आफुलाई स्थापित गरेका छन् ।

क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलबाट सबै भन्दा बढी खेल खेल्ने खेलाडी हुन् । रोनाल्डो पोर्चुगलबाट १३६ खेल खेल्दै ६८ गोल गरेका छन् । पोर्चुगललाई २०१६ मा युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
फुलाई स्थापित गरेका छन् । क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलबाट सबै भन्दा बढी खेल खेल्ने खेलाडी हुन् । रोनाल्डो पोर्चुगलबाट १३६ खेल खेल्दै ६८ गोल गरेका छन् । पोर्चुगललाई २०१६ मा युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

 




prime-policlinik-1505908391.gif
vimfedi-1506335344.gif
club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
kara-1506412362.gif
loading...
21768408_1424497321002270-1507204628.jpg
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif
ns-1505462271.png
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

जापानमा आँधीबाट पाँचजनाको मृत्यु
1508758590japan-typhon-21-1508758904.jpg
टोकियो, कात्तिक ६ । मध्य जापानमा आएको आँधीबाट पाँचजनाको ज्यान गएको छ । जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट...
शारीरिक सम्पर्कको प्रस्ताव नमान्दा बुहारीलाई कुटपिट
BeFunky-Collage-7-1508758006.jpg
सिराहा । जिल्लाको अर्नमा गाउँपालिका–१ महनौर बुढियाचापमा आफ्नै ससुराले बुहारीलाई मरणासन्न हुने गरि कुटपिट गरेका छन् । ससुराको शारीरिक सम्पर्कको...
राप्रपा केन्द्रीय समितिले तोक्यो उम्मेद्वार, कमल थापा मकवानपुर १ बाट निर्वाचन लडने
Rpp-kamal-Thapa-150051672-1508757079.jpg
हेटौँडा,६ कार्तिक, पटक पटक विभिन्न शंका उपशंकाकोबिच मकवानपुर क्षेत्र नंबर १ मा राप्रपा अध्यक्ष कमल थापा निर्वाचन लडने निश्चित भएको छ । लोकतान्त्रीक...
गोरखामा बाबुराम भन्दा नारायणकाजी अगाडी (यस्तो छ लेखाजोखा)
Baburam-4-1508756548.jpg
हेटौँडा,६ कार्तिक, आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनको पहिलो चरण अन्र्तगत गोर्खाको निर्वाचन क्षेत्र नंबर २ अहिले निकै चर्चामा रहेको छ ।...
कार्तिक १२ गतेबाट कुष्माण्ड नवमी मेला लाग्ने
41_big-1478511165-1508739620.jpg
हेटौँडा,६ कार्तिक, हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल...



लोकप्रिय समाचार

हेटौँडामा बेबारिसे शव भेटियो
sab-vetiyo-1507087030.jpg
हेटौँडा,१८ असोज, हेटौँडा ५ सिंचाईटोलबाट मनकामना जाने जंगलमा एक महिलाको शब भेटिएको छ , अन्दाजी ३० वर्षको जस्तो देखिएको महिलाको शव फेला परेको जिल्ला...
गगन थापा मकवानपुरबाट चुनाव लड्ने !
gagan-tahapa-news-1506319886.jpg
हेटौँडा,९ असोज, आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी...
अब हेटौँडामानै छापिन्छ नेपाली रुपैँया !
chapakhana-1507431122.JPG
भानुभक्त आचार्य आर्थिक अभियान, हेटौँडा,२२ असोज/ छाप्ने चेकबुकका लागि करोडौं खर्चेर विदेश पु¥याउँदै आइएकोमा अब त्यस्तो छपाई नेपालमै हुने भएको छ ।...
कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ ?
hqdefault-1507644532.jpg
काठमाडौँ । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ...
प्रदेश नंबर ३ को राजधानि हेटौँडालाई बनाउन सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव
Hetauda_002-1507552090.JPG
 हेटौँडा,२३ असोज सामान्य प्रशासन मन्त्रालयले प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई समेत प्रस्ताव गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर...