National Flag Wednesday 24th of May 2017, 9:58:54 am
mihm12-1493102775.gif
club-watervilla-1490348009.gif

क्षेत्रीय प्रशासकले भने : २५ मिटर भत्कन्छ, चित्त नबुझे अदालत जानु

kc-1482843471.jpg

धर्मेन्द्र दाहाल
हेटौँडा,१२ पौष

मध्यमाञ्चल क्षेत्रीय प्रशासक बिनोद केसीले २५ मिटर क्षेत्रमा रहेका संरचना केहिदिनमानै खाली गर्ने कामको थालनी गरिने बताएका छन् । डिभिजन सडक कार्यालय हेटौँडो मकवानपुरमा रहेका सरकारी कार्यालयलाई २५ मिटर क्षेत्रमा रहेको आफ्नो संरचना भत्काउन १० दिने सूचना जारी गरेको म्याद सकिएपछि उनले अब ‘एक्सन’मा जाने बताएका हुन् । 
खबरब्रेकसँग कुरा गर्दै केसी सडक आफुहरुले नभई कानुनले फराकिलो पार्न लागेको प्रतिक्रिया दिए । खबरब्रेकसँगको कुराकानीमा उनले भने ः बारामा भत्काउन हुने, चितवनमा भत्काउन हुने तर हेटौँडामाचैँ कुन कानुनले रोक्छ ?
मुलुकको कानुनको खिलाफ कोहि जान नसक्ने भन्दै उनले २५ मिटर फराकिलो पार्ने काम कसैले रोक्न नसक्ने बताए । कानुनकै कुरा गर्ने हो भने सरकारी सम्पतीमा घर निर्माण गरेर हालसम्म उठाएको भाडाको समेत सरकारले हिसाव माग्न सक्ने भन्दै केसीले फराकिलो पार्ने काम कसैलाई चित्त नबुझे कानुनी प्रक्रियामा जान आग्रह समेत गरे ।
कानुनी राज्यमा कानुन मान्दीन भन्नु हास्यस्पद रहेको बताउँदै केसीले बाटो फराकिलो पार्ने कामलाई मकवानपुरे राजनीतिक दलहरु तथा नागरिक समाजले स्वागत गरेको बताए । २५ मिटरको क्षेत्रमा घर निर्माण गर्ने क्रममा नक्सा पास गर्दा सरकारले चाहेको समयमा जग्गा खमली गर्छु भन्दै हस्ताक्षर गरेको स्मरण गर्न भन्दै उनले २५ मिटरको क्षेत्रमा २०३४ साल पछि बनेका कुनैपनि संरचनाले क्षतिपूर्ति नपाउने उल्लेख गरे । 
२५ मिटर भित्र पर्ने घर जग्गाको अब कुनै बैंक भ्यालु नरहेको बताउँदै उनले जनताहरुले साथ दिए हेटौँडा अझ सम्बृद्ध र सुन्दर हुने विश्वास ब्यक्त गरे । २५ मिटरको विषयमा घरधनी भन्दा घर भाडामा बस्नेहरुले धेरै चासो दिएको बताउँदै उनले ब्यवसायलाई अन्यन्त्र सार्दै सम्बृद्ध हेटौँडा निर्माण अभियानमा लाग्न ब्यवसायी वर्गलाई पनि सुझाव दिएका छन् । 
वाईपास निर्माणको विषयमा कुरा गर्दै केसीले वाईपास निर्माण सरकारको प्राथमिकतामा नपरेको बताए । सरकारी प्राथमिकतामा वाईपास परेको भए २५ मिटरको विषय पेचिलो बन्ने थिएन उनल भने सरकार यहि पुरानै बाटोलाई फराकीलो बनाउन चाहान्छ, विकासको लागि सबैको सहकार्य आवश्यक हुन्छ । 
 




change-gaming-zone-1493613858.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...