National Flag Friday 24th of February 2017, 7:35:39 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

गुरुङ समुदाय र तमु ल्होसार

rupa-gurung-1483059224.jpg

रुपा गुरुङ 

यतिवेला तमु ल्होसारको माहोल देशका विभिन्न भागमा छाईरहेको छ । वर्षमा एकपटक पौष १५ गतेका दिन नेपालका गुरुङ समुदायले आफ्नो नयां वर्षका रुपमा तमु ल्होसार मनाउने गर्दछन् । यसवर्ष च्ह्य ल्हो अर्थात चरा वर्गको स्वागत तथा प्रल्हो अर्थात बांदर वर्गको विदाई स्वरुप ल्होसार मनाईने भएको हो । तमु समुदाय प्रकृतिवादी भएकोले प्रकृतिका जीव जन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीकको रुपमा लिएको पाइन्छ । प्रकृतिका १२ वटा प्रजातिहरुलाई ल्हो –वर्ग)को प्रतिक मानेको पाइन्छ । १२ वटा वर्गमा क्रमशः मुसा –च्यु), गाई (ल्वों), बाघ –तो), बिरालो –हिय), गिद्ध –मुप्रि), सर्प (सप्रि), घोडा, (त), भेडा –ल्हु), बाँदर (प्र), चरा –च्हय), कुकुर (खि) र मृग –फो) हुन् । जुन एक देखि १२ सम्म एक अर्कामा दाहिनेबाट निरन्तर हरेक वर्ष एउटा वर्गबाट अर्काे वर्गमा घुमिरहन्छन् । एउटा चक्र पार गरेपछि पुनः दोहोरिएर घुमिरहन्छ । ल्होसारका तमुहरु एक स्थानमा भेला भएर लामा गुरुहरुबाट ग्रहदशा शान्ति गर्ने, पुजापाठ, मिठामिठा खानेकुरा खाई रमाईलो गर्ने गर्दछन् । आपसी सदभाव र भाईचाराको विकास गर्ने थलोको रुपमा ल्होसारलाई लिने गरिन्छ । यो त भयो तमु ल्होसारको छोटो परिचय अनि महत्व । मकवानपुर जिल्लामा गुरुङहरुको बसोबास अनि अवस्थाका विषय तिर लागौ । 
विशेषत नेपालको पश्चिमी क्षेत्रमा गुरुङ समुदायको बाहुल्यता रहेको छ । नेपाली ,भारतिय र ब्रिटिस सेनामा सक्रिय उक्त समुदाय जागिरकै सिलसिलामा देशका विभिन्न भागमा छरिएर बस्न पुगेको बताईन्छ । त्यसमा मकवानपुर पनि अछुतो भने छैन । यस जिल्लाका उत्तरी क्षेत्रहरु टिस्टुङ, पालुङ,डांडाखर्क, त्यस्तै ठिंगन र नगरक्षेत्रमा गुरुङहरुको बसोबास रहेको छ । वि.सं २०५८ सालको जनगणनाअनुसार यस जिल्लामा करिव पांच हजार गुरुङहरुको बसोबास रहेको तथ्याड्ढ छ । त्यसमध्ये बसोबासको हिसावले उत्तरी क्षेत्रस्थित डांडाखर्कको छ्याङदुङ र खोलाखर्कमा बढि छ । त्यहां ५४ घरधुरी छ । त्यसक्षेत्रको गुरुङ समुदायको विकासका निम्ति स्थानिय किकबहादुर गुरुङले सहयोग गरेको १ रोपनी जग्गामा सामुदायिक भवन निमार्ण गरिएपनि २०७२ साल बैशाख १२ गतेको भुकम्पले पूर्ण क्षति पारेको छ । उत्तरी क्षेत्रमा उनिहरुको दुई, तिन पुस्ता वितेको पाईन्छ । गोरखा, धादिङ र तनहुंबाट आएकाहरुको बसोबास त्यहां रहेको छ भने कास्की, लम्जुङ र पूर्वको ओखलढुंगालगायतका स्थानबाट आएकाहरुको बसोबास नगरक्षेत्रमा रहेको पाईन्छ । जिल्लामा रहेका गुरुङ समुदायहरुलाई संगठित गराउने क्रममा प्रेम बहादुर गुरुङ, हर्कबहादुर गुरुङ र शेरबहादुर गुरुङले महत्वपूर्ण भूमिका खेलेका छन् ।

वि.सं २०५० सालमा डिआईजी अरुण कुमार गुरुङको पहलमा विधिवत् रुपमा मकवानपुर गुरुङ समाजको स्थापना भएपनि त्यसभन्दाअघि नै उनिहरुले आफ्ना जातिय समुदायलाई समेट्ने प्रयास गरेका तमु ह्युल छोंज धीं मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको भनाई छ । अहिले उनिहरुमध्ये शेरबहादुर गुरुङ मात्रै जिवित छन् । वि.सं २०५५ सालमा मकवानपुर गुरुङ समाजलाई तमु छोंज धीं मा नामाकरण गरियो । उक्त समयमा मकवानपुरको नगर क्षेत्रमा गुरुङ समुदायको तथ्याङ्क संकलन गर्ने कार्य गरिए । नगर क्षेत्रमा १ सय ५१ घरधुरी संख्या थिए । उनिहरुसंग आफ्नो थर , कुन ठांउबाट स्थान्तरण भएर आएका, मावाली ठाउं जस्ता लगायतका प्रश्नसहित तथ्याङ्क संकलन कार्य गरिएको थियो । अहिले जिल्लामा क्रियाशिल संस्थाका रुपमा तमु ह्युल छोंज धीं मात्रै छ ।रुजु तमुस्योको नेतृत्वमा तमुस्यो ह्युल छोंज धीं, त्यस्तै सरस्वती तमुस्योको नेतृत्वमा नेपाल तमु विद्यार्थी छोंज धीं गठन गरिए तर सक्रिय भएन । तमु युवाको भने कुनै संगठन अहिलेसम्म निमार्ण हुन सकेको छैन । जिल्लामा तमु लक्षित कार्यक्रम गरिनुपरे तमु ह्युल छोंज धीं नै लागिपर्ने गरेका छन् । गएको मंसिर १८ गते सम्पन्न चौथौं अधिवेशनले जंगबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिती चयन गरिएको छ ।

संस्थाको आफ्नै भवन नहुंदा कार्यसम्पादन गर्न निकै कठिन छ । गुरुङका अनुसार आर्थिक, भौगोलिक, धार्मिक र समयअभावका कारण यि समुदायलाई संगठित र एकत्रित गर्न नसकिएको हो । यहांका धेरै गुरुङ आफु कुन ठांउको त्यहि ठाउंसंग मात्रै घुलमेल हुने, कतिपय त गुरुङ हुं भनेर चिनाउनै नचाहने र आफ्नो धर्म,परम्परा ,संस्कृति जोगाउन संगठित हुनुपर्छ भन्ने चेतनाको अभावले पनि यी समस्याहरु देखिने गरेको उहांको भनाई छ । त्यतिमात्रै होईन यहांका गुरुङहरुमा मातृभाषाको समस्या पनि छ । पश्चिमी जिल्लाहरुबाट आएकाहरुले मातृ भाषा बोलिने गरेतापनि धेरैमा मातृभाषाको समस्या छ । यस समस्यालाई मध्यनजर गर्दै तमु ह्युलले २०६९ सालमा २ महिने भाषा कक्षा संचालन गरेको थियो । उक्त कक्षाले मातृभाषा सिकाउन केहि हदसम्म मद्धत गरेको बताईन्छ । तर सोचेजति उल्लेखनिय पाउन भने गाह्रै छ । 
ल्होसारकै कुरा गर्दा मकवानपुरमा वि.सं २०५५ सालबाट मात्र सामुहिक रुपमा मनाउने क्रमसुरु भएको पाईन्छ । त्यससमय सामान्य रुपमा स्यो कैं (बनभोज) गरेर मनाईने गरिएको पाईन्छ । हालसम्म आईपुग्दा त्यसैलाई निरन्तरता दिईरहेपनि अहिले सांस्कृतिक कार्यक्रम , गुरुङहरुको आदिमकालदेखिको डोरी तान्ने र छेलो हान्ने लगायतका खेलकुद प्रतियोगिता गरि मनाईने गरिएको छ । जिल्लाको भौगोलिक अवस्थितीले पनि सवै क्षेत्रमा बसोबास गरेका यि समुदाय जुटेर संगै ल्होसार पर्व मनाउन नपाईरहेको अवस्था छ । जो जो जहा जहा छन् तिनिहरु त्यहि नै भेला भएर पर्व मनाउने गरिएको पाईन्छ । यसले गर्दापनि समुदायलाई अगाडी बढाउन मुस्किल पर्ने गरेको तमु ह्युल छोंज धींका अध्यक्ष जंगबहादुर गुरुङको भनाई छ । त्यतिममात्र होईन , भेषभुषा,रितिरिवाज एवं संस्कारको संरक्षणका सन्दर्भमा गुरुङ युवापुस्तामा चासो र चिन्ता कमै पाईएको उहांको भनाई छ । विशेषतः पुरुषहरु बैदेशिक रोजगारीमा आर्कषित हुनु तथा आफ्नो जातिय संस्कारसंस्कृतिप्रति त्यति चासो एवं चिन्ता नहुनु जस्ता प्रवृत्तिले यि समस्याहरु पैदा भईरहेको देखिन्छ । पुरुषले कछाड , टोपी र महिलाले लुंगि, घलेक लगाउने गर्दछ । पछिल्लो समय भेषभुषाकै सन्दर्भमा धेरै विकृति भित्रिरहेका छन् । जातिय पोषाकलाई अन्य गैर गुरुङले प्रयोग गर्ने क्रम बढ्दो छ । जसका कारण जातिय पोषाक लोप हुने खतरा उत्तिकै संभावना देखिन्छ । यता शिक्षाको हकमा भने यस समुदायका महिलाहरु केहि अगाडी पाउन सकिन्छ । जिल्लामा शिक्षाको पहुंच पुगेका र केहि महिलाहरु सरकारी सेवामा समेत अगाडी आईसेका छन् । तर त्यतिले मात्रै पुग्ने अवस्था देखिदैन । यस समुदायलाई आर्थिक, सामाजिक, राजनितीक हिसावले अगाडी बढाउन सर्वप्रथम शिक्षामै जोड दिनसक्नुपर्छ । त्यसैगरि हरेक क्षेत्रको विकासमा राजनितीले प्रभाव पार्ने हुदां राजनैतिक भूमिकामा यो समुदाय आउन सक्नुपर्छ । त्यतिमात्रै होईन जातिय हकअधिकारका विषयमा लड्न बैचारिक रुपमा आफुलाई मजबुत बनाउनुपर्छ । राज्यबाट लक्षित वर्गका निम्ति आएका कार्यक्रममा सहभागिता जनाउन सक्नुपर्छ । आफ्नो परम्परा, संस्कार संस्कृतिको विकास र संरक्षणमा संगठित भएर लाग्न सके यस समुदायको समुचित ढंगबाट विकास संम्भव छ । अन्त्यमा तमु ल्होसारले सवैमा सुख शान्ति,एकता, आपसी सद्भाव एवं भाईचाराको विकास होस भन्दै च्ह्य ल्होसारको सवैमा हार्दिक आंशिमाला । 
                                                                                                       गुरुङ मकवानुरकी सञ्चारकर्मी हुन्




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
nepal-manab-dharma-1487761019.jpg
loading...
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

खेलक्षेत्रलाई थप ब्यवसायिक बनाउनु पर्ने : कोइराला
game-1487859772.jpg
हेटौँडा,१२ फगुन रनिङशिल्ड खेलक्षेत्रलाई व्यवसायिकतासंग जोडेर अघि बढ्नुपर्ने मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले बताएका छन्...
राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन ६ स्वणको छिनोफानो
rastapati-1487859310.jpg
हेटौँडा,१२ फागुन आजबाट हेटौँडामा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो भएको छ । प्रतियोगिताको पहिलो दिनमा...
नेवारपानीमा ट्रकले ठक्कर दिँदा बालक गम्भीर
logo-1487835093.png
हेटौँडा,१२ फागुन हेटौँडा उपमहानगरपालिका वडा नंबर २९ नेवारपानीमा ट्रकले ठक्कर दिँदा एक बालक गम्भिर घाईते भएका छन् । सडक छेउमा रहेका १२ वर्षका राहेत...
आजबाट ३ दिनको लागि सडक विस्तार नहुँने
tin-din-1487820766.jpg
हेटौँडा,१२ फागुन     डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान आजबाट तीन दिनको लागि स्थगित गरेको छ । शिवरात्री तथा...
भुकम्प प्रभावितको अवस्थाको अध्ययन
kb-1487774849.png
हेटौँडा,११ फागुन राष्ट्रिय मानव अधिकार आयोगले मकवानपुरमा रहेका भुकम्प प्रभावितहरुको अवस्थाको अध्ययन गरिरहेको छ । मंगलबार हेटौँडाका पत्रकारहरुसँग...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...