National Flag Tuesday 21st of February 2017, 4:06:07 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

चारैतिरबाट इमान्दारिताको कुरा सुन्दा खुसी भएको छु : श्रेष्ठ

bishws-shreshta-storyyyyy-1478607844.jpg

सडकमा भेटेको  एक लाख रुपैँया सम्वन्धित व्यक्तिलाई फिर्ता गरेका हेटौँडा उपमहानगरपालिका वडा नंबर २ सानोपोखराका का २४ वर्षीय युवा विश्वास श्रेष्ठ यतिबेला हेटौँडामा निकै चर्चाको शिखरमा छन् । सडकमा भेटिएको एक लाख रुपैँया प्रहरी मार्फत फिर्ता गरेपछि उनको इमान्दारिताको अहिले चर्चा भैरहेको छ । यसै सन्र्दभमा खबर ब्रेक डटकमको लागि धर्मेन्द्र दाहालले श्रेष्ठसँग गरेको कुराकानी 
 

एकाएक सडकमा एक लाख देख्दा झसङ्ग हुनुभएन ?
–    म मेरो कार्यालय शिखर इन्सुरेन्सबाट एउटा कामको लागि नविल बैंक तर्फ जाँदै थिए । एक्कासी नबिल बैंक अगाडी एक रोकेर राखेको मोटरसाईलको पाङ्ग्रा नेर पैसाको बिटो देखे, मोटरसाइकलसँगै एक ब्यक्ति उभिएको देखे, मैले सोचे उक्त रकम उनकै हुनुपर्छ, उनलाई झरेको थाहा नहुन सक्छ भनेर टिपेर पैसा दिन खोजे तर उनले हैन भने । 
   त्यसपश्चात के गर्नुभयो  ?
-  उनले रकम हैन भनेपछि मलाई हल्का डरको अनुभव भयो । अनि मैले नजिकै रहेको ३ जना ब्यक्तिलाई पनि तपाईहरुको रकम हो भनेर सोधे तर उनीहरुले पनि हैन भनेपछि मलाई झन समस्या भयो । मैले सोचे आखीर यो प्रसा कस्को रैछ ? कुनै गरिबले झारेको रैछ भने त उसको जीवनकै सवाल हुन सक्छ भन्नेतर्फ ध्यान गयो, त्यसपछि मैलै नविल बैंकको सेक्युरेटी गार्डलाई रकम कोहि खोज्न आएमा यो नंबरमा सम्पर्क गर्नु भनेर जानकारी गराए ।

पैसा आफै राखुजस्तो लागेन ?
बस्तवमा भन्ने हो भने मलाई उक्त सोच आउँदै आएर, आएको भए त म सुरुमानै कसैलाई नसोधी पैसा बोकेर हिडीहाल्थे नी, मेरो दिमगामा एउटा कुरामात्र आयो आखिर त्यो पैसा कस्को हो ? अहिले पैसा हराएको मान्छेको हालत कस्तो भैरहेको छ भन्ने कुरा आइरह्यो । 
   प्रहरीसँग सम्पर्कचै के गरि गर्नुभयो ?

- हातमा पैसा र दिमागमा टेन्सन थियो, सोहि समयमा मैले एक प्रहरी भ्यान देखे, केहि कामको लागि प्रहरी निरिक्षक बेद गौतम केहि कामको लागि राष्ट्रिय वाणिज्य बैंक आउनुभएको रैछ, म सरासर प्रहरी भ्यान तर्फ गए अनि आफुले एक लाख भेटेको र उक्त पैसा हराएको ब्यक्तिलाई खोजेर उक्त पैसा दिनको लागि आग्रह गरे अनि म त्यहाबाट लागे । त्यसपछि पनि मलाई त्यो ब्यक्तिले सम्पर्क गरे कि गरेन भन्ने विषयले सताईरहेको थियो । त्यसको केहि समयपछि मलाई प्रहरी कार्यालयबाट फोन आयो र भनियो पैसा हराएको मान्छे फेला पर्यो एक पटक आइदिनुपर्यो । 

प्रहरी कार्यालय पुगेपछि के अनुभव भयो ?
 - मलाई त्यो पैसा कस्को रैछ भनेर कौतुहलता लागेको थियो । प्रहरीले तपाईको एक लाख रुपैँया भेटेर फिर्ता गर्ने यिनै भाई हुन भनेर उक्त ब्यक्तिप्रति इसारा गरेपछि ति ब्यक्तिले मलाइ आएर हात समाउँदै धन्यवाद भन्दा उनी निकै अत्तालीएको देखे । मैले उनको अनुहारमा निकै खुसी देखे । म अहिले २४ वर्षको भए तर मलाई ति व्यक्तिले मेरो हात समाएर धन्यवाद दिएको क्षणजत्तिको आनन्द र खुसी कहिल्यै भएको थिएन् । मैले निकै राम्रो काम गरेजस्तो लाग्यो ।

तपाईको इमान्दारिताको विषयमा मकवानपुर सहित नेपालका धेरै समचारमाध्यमले प्रकाशन,प्रशारण गरेको छ , कस्तो लागेको छ ?
मलाई निकै ठुलो काम गरेकोजस्तो लागेको छ । अहिलेको समयमा पनि एक लाख रुपैँया भेटदा पनि फिर्ता हुदौरैछ, कस्तो इमान्दार ब्यक्ति रैछन भनेर चारैतिरबाट प्रसंशा सुन्दा खुसी भएको छु । अझ मेरो कारणले परिवार समेन निकै प्रफुल्लित भएका छन, यो मेरो लागि निकै खुसीको कुरा हो । 




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...