National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

जहाजे ढुंगा र उल्टो नबगेको राप्ती (कथा)

लेखकः हरि मिजार

hari-mijar-1504536441.jpg

घडीले ११ बजाइसकेको थियो । बेलुका ८ बजेको समाचार हेर्नको लागि खोलिएको टिभीले पनि थकाइ मार्न पाएको छैन, नाचिरहेको छ तर पनि उसलाई हेरिदिने कोही छैन, आफ्नै गतिमा बजिरहेको छ , चलिरहेको छ । पानी लगातार ३ दिन देखि परिरहेको थियो, अझै रोकिने छाँटकाट थिएन, अघिल्ला दिनहरुमा भन्दा केही कम परेपनि सिमसीमे प्रक्रिया चलिरहेको थियो । टिभी खुलीरहेको छ, बाहिर सिमसिम पानी परिरहेको छ यता रमेश ओछ्यानमा पल्टिएर कहिले दायाँ तथा कहिले बाँया पल्टि मुस्काउँदै, लजाउँदै कहिले उत्ताउलो बन्दै मोबाइलमा कुरा गरीरहेको छ ।

...........

कति माया गर्छौ रे साची मलाई ।

धेरै गर्छु नि ?

कति धेरै ?

जुलियटले रोमीयोलाई जति, मुनाले मदनलाई..........।

हो है त्यति माया गर्छौ है मलाई ?

किन विश्वास लाग्दैन र ?

लाग्छ, किन नलाग्नु नि ।

अनि फेरी किन सोधिराको त ?

तिम्रो मुखबाट यहि कुरा सुन्दा एकदम आनन्द आउँछ त्यसैले ।

ए त्यस्तो पो हो ?

हो नी त.......................................। यस्तै यस्तै प्रश्न र उत्तरहरु चलिरहेको थियो मोबाइलको । टिभी खुल्लानै थियो । विभिन्न किसीमका माया प्रितिका गीतहरु घन्किरहेको टिभीले एक्कासी फ्ल्यास न्युज भन्दै पहाड झरेर राप्ती थुनियो, गाउँका धेरै घरहरु पहिरोमा परेको न्युजले ३ घण्टादेखि खोलीएको टिभीमा रमेशको आँखा परयो । रमेशले एकछिन के हेरेको मात्र थियो आँखाबाट आसु मात्र आएन आत्तिएर एकछिन केही गर्न सकेन । न्युजमा यस्तो लेखिएको थियोः पहिरोले मकवानपुर जिल्लाको सानो गाउ गाविसको झुरझुरे(काल्पनिक) भन्ने गाउँ पुरिएको छ, २ जनाले पहिरोमा परि ज्यान गुमाए भने अझै ७ जना मानिस बेपत्ता रहेका छन् , पहिरोको कारण राप्ती नदि पुरै थुनिएको छ र राप्ती उल्टो फर्कन थालेको छ । वरपरको बस्तीहरुलाई संकट क्षेत्र घोषित गरी सबैलाई सुरक्षीत स्थानमा गई बस्न सरकारले अनुरोध गरेको छ । टिभीमा यस्तो न्युज आइरहेको थियो ।

त्यो सानो गाउँ झुरझुरे रमेशको गाउँ हो, जहाँ उसको आमा,बुबा भाई बस्थे भने उँ चाही उच्च शिक्षा हासील गर्न शहर पसेको थियो । शहरमा सानो तिनो काम गर्दै उसले आफ्नो शिक्षालाई अगाडी बढउँदै थियो । रमेश एसएलसी पास गरी शहर पढन आएको भर्खर ४ वर्ष भएको थियो । पढाइको चापले गर्दा तथा गरेको कामले गर्दा वर्षमा १ चोटी दशैंमा त्यहि पनि १,२ दिन बस्ने गरी मात्र रमेश बस्ने गरी पाहुना जसरी गाउँ पुग्थ्योे । पढाइमा निकै तेज तथा सबैसँग राम्रो व्यवहार गर्ने रमेशलाई क्याम्पसमा सबैले मन पराउँथे । त्यसमध्ये रमेशलाई पनि एउटी केटी साह्रै मन पर्थी । उनको नाम हो अनिशा । हो त्यहि अनिशा जो सँग रमेश भर्खरै मोबाइलमा गफ गरिरहेको थियो । अनिशा रमेशले सानै देखि मनपराएको केटी हो, उनको मामाघर रमेशको गाउँमा थियो । गाउमा सबैले जेठाबा भनेर चिनीने बद्री अनिशाकै मामा हुन् । अनिशा बेला बेलामा मामाघर गइरहन्थिन र रमेशसँग ठिकैको चिनजान उनको पहिला देखिनै थियो र पनि उनिहरुको मायाप्रिति गासिएको २ महिनामात्रै भएको थियो, त्यो पनि सँगै क्याम्पस पढने भएर त्यति नजिक भएका थिए । रमेशको लागि अनिशा सबथोक थियो त्यस्तै अनिशाको लागि । सानै देखि जतिबेला देखि उसले अनिशालाई देखेको थियो, अर्थात भनौं रमेशले अनिशालाई साह्रै माया गथ्र्यो त्यति माया जति मदनले मुनालाई, रोमियोले जुलियटलाई तथा मज्नुले लैलालाई गर्थे ।

समाचार लगातार बजिरहेको थियो, अनिशासंग रुदै रमेश तिम्रो मामाघर तथा मेरो घरतिर पहिरो गएछ गाउँका धेरै मान्छे बेपत्ता छन् रे ५ जना त बितिसकेरे । को को हो, भन्दै फोन फोनमा बोल्यो । उताबाट नरोउ नरोउ भन्दै अनिशा सम्झाउँदै थिइन् । रमेशले फोन राख्यो, गाउँका धेरैमान्छेलाई सम्पर्क गर्न खोज्यो तर कोही सम्पर्कमा आउन सकेनन् । त्यो रात छटपटीमै बित्यो रमेशको ।

पहिरो ठुलो आएको रहेछ गाउँमा ठुलै क्षति भएको थियो । रमेशको काकालाई पहिरोले पुरेर बित्नुभएछ, गाउँका अरु आफन्तहरु पनि पहिरोमा परेर बेपत्ता भएका रहेछन् । गाउँ नै शोकमग्न स्थितिमा रहेछ । धेरै जनाको घर भत्किएको तथा बस्न सक्ने स्थिति नभएकोले गाउँ छेउकै नेपाली सेनाको क्याम्पमा सबैलाई राखिएको रहेछ । भोलीपल्ट गाउँ पुगेसी रमेशलाई यि सब थाहा भयो । रमेश त्यो क्याम्पमा पुगेपछि सबैले अंगालो हालेर रुन थाले । आमा,बुबा,भाइ सबै ठिक थिए । गाउँका धेरै मान्छे सकुशल नै थिए । थिएनन त केबल रमेशको काका अनि बिस्टिनी आमा(डल्ली) । रमेशलाई साह्रै दुःख लाग्ग्यो पहिरोले राम्रो मानिस छानेर लगेछ । रमेशले मनमनै सोच्यो अब बिस्ट बा कसरी बाच्लान ? बिस्टबाको हालत कस्तो होला अहिले ? यो प्रकृतिपनि कस्तो निष्ठुरी उनैलाई लानुपर्ने ? यस्तै प्रश्न मनमा खेलाउँदै थियो । पछाडीबाट बिस्टबाले झ्याप्प रमेशलाई अंगालो हाल्दै रुँदै भन्न थाल्नुभयो । अब म कसरी बाँचु रमेश? कसरी ? रुँदा रुँदा थाकेको स्वरमा बिस्टबाले त्यसो भन्दा रमेश अक्क न बक्क भयो ।

नरुनुस बिस्टबा ? अब जे हुनु भैहाल्यो , अब प्रकृतिको लिला नै यस्तै छ हामीले के गर्न सक्छौ र ? भन्दै एकछिन पछि उसले सान्त्वनाका स्वर दिने कोशिष गरयो । मेरै किन यस्तो हुनुपर्ने ? बरु मलाई चाहि लगेको भए हुन्थ्यो यो पहिरोले भन्दै टाउकोमा हात ठोक्दै बिस्टबा एकोहोरो रोइरहनु भएको थियो,। उता रमेशको काकी त्यस्तै गरी रोइरहनु भएको थियो, गाउँ नै पुरै शोकमग्न थियो । साह्रै प्यार थियो बिस्टबा र बिस्टीनी आमामा । गाउँको सबैभन्दा सुखी जोडीको उपनाम दिन्थे सबैले । सँधै १८, १९ वर्षको केटाकेटीको भर्खर मायाप्रिति बसेको जस्तो थियो उनीहरुको प्यार ।

रमेशलाई याद छ, त्यो दिनहरु जुन दिनहरु उसले बिस्ट बाको साथमा बिताएको थियो । सधैंझै शनिबार आउने बित्तीकै गोठालो जान मन पराउथ्यो विर्खे । रमेशको गोठको गाइ फुकाइसकेर चराउने ठाउँतर्फ लाने बाटोमा बिस्ट बाको घर पथ्र्यो । बिस्ट बा मैले त फुकाए है । तपाई पनि फुकाउनुस त बस्तु ? भन्दै रमेश बिस्टबालाई आग्रह गर्ने गर्दथ्यो । ओहो आज त शनिबार पो है , लौ लौ बुढि फुकाईदेउ त बस्तु ? यो रमेशले अहिले फेरी तपाई जैले ढिला गर्नुहुन्छ भन्दै कराउछ भन्दै हात चुठ्न थालेको हुन्थे । बिस्टिनी आमा खाजाको पोको तयार गरी गाइबस्तु फुकाउन तयार भइरहेका हुन्थे । एक अर्कामा सधैं मस्ती र एक अर्काबीच कहिले नउठेको रिस रमेशले त्यो जोडीमा मात्रै देखेको थियो, आफ्नै घरमा पनि आमा बुबाको माया प्रीति नै छैन कि क्यो हो जस्तो लाग्यो ती जोडी हेर्दा रमेशलाई । रमेशले मुना मदनको जोडी रे भन्ने सुनेको थियो , रमेशले यति सोच्थ्यो यति माया सायद मुना मदनले पनि एक अर्कालाई गर्दैनथे होला किनकी त्यस्तो नमुना जोडी थियो त्यो कि जो कोही उनिहरुको जोडीलाई देखेर इष्र्या गर्थे । मुनामदन, रोमीयो जुलियट त लेखिएको प्रेमकथा थिए देखिएको प्रेमकथा त बिस्टबा र आमाको पो थियो ? गोठालो जाँदा

छुटिन गाह्रो पथ्र्यो त्यो जोडीलाई । रमेशको गाउँ राप्तीको छेउमा पथ्र्यो, ठुलो बस्ती नभएपनि बस्ती बसेको ठाउँजति समथर नै थियो भने उत्तरतर्फ ठुलो पहाड र दक्षिण तिर राप्तीको नदि थियो । गाइबस्तु चराउन त्यहि पहाडको जंगल (डाडा)मा गाइबस्तुलाई लगाएर त्यो राप्तीको छेउमा ठुलो ढुंगामा बसेर बिस्टबाको प्रेम कथा सुन्ने गर्दथ्यो रमेश शनिबार, शनिबार ।

त्यो ढुंगा एकदमै ठुलो थियो । सबैले जहाजे ढुंगा भन्थे त्यस ढुंगालाई । लगभग ३०० भन्दा बढि मान्छे एकैचोटी त्यो ढुंगामा बस्न सकिने खालको थियो त्यसैले सबैले त्यसलाई जहाजे ढुंगा नामाकरण गरेका थिए । राप्तीको चिसो हावा चल्ने, पश्चिम तर्फ बगेको राप्तीलाई क्षितिजसम्मै हेर्न सकिने तथा उत्तर तर्फ पहाडको मनमोहक र हरियाली हेर्न सकिने त्यो गाउँको एकमात्रै त्यस्तो ठाँउ थियो त्योे जहाजे ढुंगा । कोही कोही बेलामा त्यस गाउँमा घुम्न आउने लेखक, फोटोग्राफरहरु पनि त्यस ढुंगाको बारेमा लेख लेख्ने तथा फोटो खिच्नेकाम कमै मात्रले गर्न बिर्सीन्थे । त्यँहि ढुंगोमा साटिएको गाउँका मानिसहरुको माया पिरतीको कुरा गाउँमा धेरै सुन्न सकिन्थ्यो । गाउँका केटा केटीहरु फुर्सद भयो कि त्यहि ठाउँमा आउथें, गाउको एउटा चोक जस्तो थियो त्यो ढुंगा । गोठालो आउनेहरु पनि त्यहि बसेर रमाईलो गफ मार्थे र गाइबस्तु उत्तर तर्फको पहाडमा लगाएर त्यहि ढुंगाबाट नै निगरानी राख्दथेँ । गाउँमा आउने पाहुनाहरु समेतका मानिसहरु उक्त ढुंगामा आएर सबैजनाको मन भुलाउने ढुंगा थियो त्यो । त्यो गाउँको मुटु थियो जहाजे ढुंगा । उक्त ढुंगामा बसेर बगेको राप्ती हेर्दै गर्दा कतिले आँफै बगेको महसुस गर्थे । संधै गोठालोनै जाने नै काम गर्ने बिस्टबाले गोठालो जाँदा नै बिस्टीनी आमालाई मन पराएको घटना सुनाउँथे । बिस्टीनी आमा मकै भुटेर ल्याउथिन रे, संगै बसेर मकै खाइन्थ्यो, यहि ढुंगामा बसेर । बिस्टबाले भनेको कुरा रमेश झलझल्ती सम्झन्छ । एकदिन गाउँका मान्छेले बिस्टीनी आमाको बुबालाई कुरा लगाइदिएर बिस्टबाको ढाड भाच्नमात्रै बाँकि हुने गरी कुटेको कुरा सम्झँदै बिस्टबा हासेको हासो सम्झन्छ । त्यतिबेला यो ढुंगामा खासै मान्छे आउँदैन थिए । हामीले माया प्रिति सुरु गरेको ढुंगा यहि हो । त्यसैले यो ढुंगा मेरो जिन्दगीको सबैभन्दा बढि महत्व राख्ने ढुंगा हो भन्दै प्रत्येक शनिबार बिस्टीनी आमासंग साटेको नयाँ नयाँ पिरतीका घटना बिस्टबाले सुनाउँथे त्यतिखेर जतिखेर बिस्टबा र रमेश सँगै गोठालो जान्थे । आज त्यहि ढुंगा पनि पहिरोले पुरयो, मेरो मायालाई त चुडेर लगिहाल्यो मेरो मायाको निशानीलाई पनि पुर्यो यो पहाडले भन्दै छिन छिनमै भक्कानिएको बिस्टबालाई एकछिन थामथुम गराएर रमेश क्याम्पबाट निस्केर पहिरो हेर्न गयो । सबैले गाइबस्तु चराउने त्यो पहाड गाउँहुँदै खोलासम्मै खसेछ । ३०० भन्दा बढि मानिस बस्न मिल्ने त्यो ढुंगाको निशानी समेत देख्न सकिने अवस्थामा रहेनछ् । त्यो ढुंगा जुन ढुंगामा बिस्टबाको मात्रै होइन रमेशको पनि ठुलो सम्बन्ध थियो, महत्व राख्दथ्यो । त्यो देखेर रमेशको आँखामा आँसु थामिएन, तपतप चुहिन थाल्यो । राप्तीनै उल्टो बग्न लागिरहेको थियो ।। पहिरोले ठ्याक्कै राप्तीलाई पुरेर पूर्व बाट पश्चिमतिर बग्ने खोला फेरी पूर्व तर्फ नै फर्किरहेको थियो । आँखामा आशु हुँदा पनि रमेश फिस्स हास्यो, आफ्नो घटना सम्झेर.............

(१)

त्यतिबेला ९ कक्षामाा पढदै थियो रमेश । उसले पहिलो चोटी अनिशालाई मन पराएको थियो । उसँगै जिवन बिताउने सपना पहिलो चोटी देखेको थियो । अनिशा मामाघर आएकी थिइन् र दिन थियो शनिबारको । गाइवस्तु डाँडामा लगाएर जहाजे ढुंगामा बसी बिस्टबाले आफ्नो प्रेमकथा सुनाइरहेका थिए । गाउँमा अरु धेरै मान्छे भएपनि सम्बन्धले नाता नपरेपनि, उमेरमले उचनिच बनाएपनि त्यो समयमा गाउँमा मिल्ने साथी जस्तै थिए बिस्टबा र रमेश । गोठालो जाँदा धेरै मस्ती गर्थे उनीहरु, एउटा साथी बन्न उमेर र सम्बोधनले फरक पार्दैन भन्ने उदाहरण थियो त्यो । कोही कोहीले त रमेशलाई दोस्रो बिस्टबा भनेर इष्र्या पनि गर्थे तिनीहरुको सम्बन्धमा । यसै गरी त्यो दिन पनि ढुंगामा गफ चलिरहेको बेला परबाट त्यहि ढुंगातर्फ दुईजना केटी आइरहेका थिए, एक जना गाउँकै जेठाबाको छोरी राधा र नयाँ अनुहार अनिशा ।

नमस्कार बिष्टबा, ढुंगामा पाइला चढाएसंगै राधाले बिस्टबालाई भनिन् ।

नमस्कार राधा नानी । अनि तिमीहरु घुम्न आएको ? अनि ऊ नानी चाही को होनी ? बिस्टबाले जिज्ञासा देखाए । राधाको बुबा मेरो मामा हो । म सीताको छोरी हुँ अकंल । राधालाई सोधेको प्रश्नको जवाफ दिइन अनिशाले । ए यत्रो हुँदा देखेको थिए तिमीलाई अहिले त ठुली भइसकेछौं भन्दै हातले इशारा गर्दै बिस्टबा उता ध्यान केन्द्रीत गर्न थाले । अनि कतिमा पढछौं नि ? नानी ? यस्तै प्रश्न र उत्तर चल्न थाल्यो बिस्टबा र अनिशाको ।

यता रमेश अनिशालाई देख्ने बित्तिकै मनपराउन थालिसकेको थियो । माया गर्न कसैको अनुमति र स्विकृति नचाहिदो रहेछ त्यसैले त मनपराईहाल्यो रमेशले अनिशालाई । अनि ऊ चाँहि को हो नी ? भन्दै रमेशतिर औंला र्तेस्याएर बिस्टबालाई अनिशाले प्रश्न सोध्न सोधिन । बिस्टबाले पनि भन्दै थिए । यो गाउँको एकमात्र हिरा हो यो, राम्रो पढने, सबैसंग सहज ढंगले भिज्ने, प्रष्ट बोल्ने गाँउको क्षमतावान व्यक्ति हो यो, गाउँका सबै यसका साथी हुन् तर मेरो गाउँमा यो मात्र एउटा असल साथी हो जसलाई म हरेक कुरा खुलस्त भन्छु । मेरो जीवनको किताब पढेको छ, नानी यसले । यसले भविष्यमा केही गर्छ भन्दै ठोकुवा गर्दै थिए बिस्टबा । त्यसपछि रमेशप्रति चाख राख्दै थुप्रै प्रश्नहरु बिस्टबालाई अनिशाले गर्दै थिईन, रमेश चाँही पारी पट्टी जान लागेको गाइबस्तु लाई आफ्नै इलाकामा ल्याउनतर्फ लाग्यो । त्यसको केही समयपछी..

हेलो म अनिशा ।

म रमेश ।

यसरी परिचय सुरु भयो रमेश र अनिशाको । विदाको समय बिताउन अनिशा मामाघर आएकी थिइन् । रमेशको पनि स्कुल बिदा थियो । त्यसैले सँधै गोठालो गएर बिस्टबासँग कुरा गर्दै विदा सक्काउने योजना थियो रमेशको । यसरी दिनदिनै रमेश र अनिशाको त्यही ढुंगामा भेट हुन थाल्यो । अनिशा अलि आफुलाई शहरीया हुँ र मैले नै सबै जानेको छु भन्ने घमण्ड गर्न खोज्थीन र पनि अलि अलि रमेश प्रति चासो देखाउथिन् त्यसैले रमेशलाई लाग्थ्यो, अनिशा पनि आफुलाई मन पराउछिन् । यसरी दिनहरु बित्दै गए अनिशाको विदा सकिन लागेको र आफु घर जाने कुरा गरेपछि रमेशले अनिशालाई तिमीसंग एउटा महत्वपूर्ण कुरा गर्नु छ, त्यहि जहाजे ढुंगोमा भेट न है एकछिन भन्दै निम्तो दियो । एकछिन पछि त्यहि जहाजे ढुंगामा अनिशा आइपुगिन् । रमेशले आफुलाई तिमीसंग प्रेम भएको र तिमीसंग जीवन बिताउने सपना देखेको कुरा बतायो । अनिशाले ठाडै इन्कार गर्दै भनिन् मैले तिमीलाई त्यस्तो सोचेको छैन, तिमीले कसरी सोच्न सक्यौं । मैले त तिमीलाई साथीमात्र सम्झेको थिए तिमी त्यो पनि छैन रैछौ । यो छ नि यो (राप्ती खोलातर्फ औंला देखाएर) तिमीसंग प्रेम हुन त यो खोला उल्टो बग्नु पर्छ । अरु मलाई केही भन्नु छैन । भन्दै अनिशा सरासर लागिन् । पहिरोको एउटा सानो ढुुुुंगा राप्तीमा फेरी हामफाल्यो । रमेश झसंग भो यसो राप्ती तर्फ आँखा डुलायो । राप्ती नदी उल्टो बग्दै थियो । अनि सोच्यो रमेशले अनिशाले साँचो भनेकि थिइन् आज उनीसंग प्रेम भएको छ साँचिकै राप्ती उल्टो नै बगेको छ ।

गाउँमा सबैले आफ्नो बासस्थान बनाउनतर्फ सोच्दै कोशिष गर्र्न सुरु गरे । रमेशको काका वितेकाले काज किरीयाको काम अगाडी बढ्न थाल्यो । बिस्टबाको आँखामा आसु चुहिन छोडेको थिएन् । बिस्टबा पनि बिस्टिनी आमाको किरियामा खटिएका थिए । यसरी रमेशले गाउँमा १५ दिन बितायो । १५ दिनमा लगभग गाउँमा भत्किएका घरहरुको मर्मत पनि सकिए तर अझै राप्ती उल्टै बग्दै थियो, । त्यसपछि फेरी रमेश बिस्टबा, घरका आमाबुबा तथा गाउँका सम्पुर्ण मानिसहरु सँग बिदा मागेर शहर छिरयो । अनिशा सँग सम्पर्क गाँउमा रहुन्जेल खासै भएन । शहर पुगेपछि रमेशले अनिशासँग सम्पर्कमा आउन खोज्यो, तर अनिशाले इन्कार गर्न थालिन्, रमेशसंग कुरानै गर्न खोज्न छोडिन । रमेश निराश भयो । यसरी १५,२० दिन पटक पटक रमेशले सम्पर्क गर्न खोज्यो तर खाली फोन उठाएर झर्कने, किन गरेको, के काम छ जस्ता शब्दहरु प्रयोग गरी रमेशलाई इन्कार गर्न थालिन् । अझै याद थियो रमेशलाइर्— “त्यो कुरा जुन शहर छिरेको केही दिन देखि अनिशाले नि उनलाई मन पराउन थालेको थिइन् । ३ वर्ष अघि क्याम्पस पढ्न शहर छिरेको रमेश पढने क्याम्पस र अनिशा पढने क्याम्पस संयोगबस एउटै हुन पुगेको थियो । त्यसपछिका दिनहरु बित्दै जाँदा क्याम्पसमा पनि सबैले रमेशलाई मन पराउन थाले, सबैले राम्रो भन्ने पढाइमा पनि उत्कृष्ट सर्लक्क परेको जिऊकै कारणले अनिशाले पनि भित्रै भित्रै मन पराउन थालेकी थिइन् । अनिशा त रमेशलाई गाँउमा देखेदेखि नै मनपर्थिन् र पनि उनले गरेको त्यो व्यवहारका कारण फेरी दोहोरयार प्रस्ताव गर्न नचाहेको थियो, उनी सँगै जिवन बिताउने सपना रमेशले नदेखेको चाँही होइन् । साहै मन पराउथ्यो रमेशले पनि । यसरी समय बित्दै गयो, उनीहरु राम्रो साथी पनि बने । त्यसपछि अनिशाले नै रमेशलाई प्रेमको प्रस्ताव राखेको थिइन् । अनि मात्र उनीहरुको फोनमा संगै जिउने मर्ने र हजारौं जुनि संगै जिवन बिताउने कुरा हुन गर्न थालेका थिए । ” टुंगटुंग गरेर मोबाइलको म्यासेजले सम्झनाको डोरी चुडालिदियो, यसो मोबाइल हेरयो अनिशाको मेसेज रहेछ, मेसेजमा यस्तो लेखिएको थियो । सरी रमेश, अबदेखि मलाई फोन नगर्नु है । मैले त क्याम्पसको समय बिताउन मात्र तिमीसंग प्रेम गरेजस्तो गरेको थिए । तिमीले त साँचिकै सौच्यौ जस्तो छ ,तिमीले के गरी सोच्यौं ह म जस्तो शहरको केटीले तिमी जस्तो गाँउले केटासंग कसरी जिवन बिताउन चाहान्छ । छ्या तिमीजस्तो गवार केटासँग......................................” त्यो दिन देखि इन्कार

मात्र नभएर घृणा नै सुरु भयो । इन्कार र घृणामाा धेरै फरक हुन्छ, इन्कार भनेको स्विकार नगरिनु हो तर घृणा भनेको स्विकार गर्नै नसक्ने स्थिति हुनु अथवा स्विकारको आशा नराख्ने शब्द हो । स्विकार नगरिदा आश रहन्छ तर घृणामा स्विकारले कहिले अर्थ राख्दैन साथै आश । तर पनि किन हो कुन्नी माया गर्ने मन अझै केही हुन्छ कि भनेर अनिशाको सम्पर्कमा आउन खोज्यो, र अनिशा बारे जानकारी लिँदा धनि केटा संग बिहे गरेको कुरा सुन्यो । अब भने रमेशको आश समाप्त भयो । रमेशको मुटु फुटला जस्तो भो, खलखली पसिना आयो, दिमागले केही काम नै नगर्ला जस्तो भो किन किन शहर बिरानो जस्तो भो, त्यो शहरमा एकछिन पनि अडिन मन लागेन त्यसैले फेरी रमेश डेढ महिनामानै आफ्नो गाउँ फक्र्यो ।

गाउँमा अचम्म भइसकेको रहेछ, बिस्टबाले फेरी अर्को आमा भित्र्याइसक्नु भएको रहेछ, फेरी उहाँ खुशीसँग पहिलेकै जस्तो मस्ती गरिरहनु भएको थियो । आफुले संसारकै सबैभन्दा बढि माया गर्ने मान्छे मरेको लगभग २ महिना नबित्दै बिस्टबाको अनुहार फेरीसकेको थियो, उहाँमा पहिलाको जस्तै खुसी छाइसकेको थियो । रमेशलाई अचम्ममात्रै नभएर विश्वासै लागेन एकछिन त । त के गर्नु बिश्वास नलागेर ? सत्य त त्यहि थियो । सत्य पत्याउन गाह्रो हुन्छ तर नपत्याएर कहाँ भोर सत्य त सँधै सत्य नै हुन्छ । रमेश अझै तनावमा नै थियो, आफुले चाहेको चिज पाएको थिएन, गुमाउनु परेको पीडा भित्र भित्रै गुम्साएर गाउँ छिरेको थियो । यो संसारमा अब के का लागि बाँच्ने बरु मर्न पर्छ कि क्या हो ? आफुले सबैभन्दा बढि माया गर्ने वस्तु गुमाउनुको पीडा गुमाउनेलाई मात्र थाहा हुन्छ, हेर्नेहरु त सान्त्वना मात्र त दिन्छन् नि, मरे त बरु आनन्दनै हुन्छ यति सारो चोट र दुःख त रहँदैन......लगायत यस्तै धेरै कुरा सोच्यो रमेशले । मन थाम्न सकेन् भएन जहाजे ढुंगातिर गएर बस्छु एकछिन भनेर गयो जहाजे ढुंगातिर, पहिरोले पुरेर फर्केको खोला फेरी सुल्टो बग्न थालिसकेको रहेछ । जहाजे ढुंगापनि आधा निक्लीसकेको थियो त्यहि ढुंगामा थचक्क बसेर पूर्व बाट फेरी नै पश्चिम तर्फ नै बगेको खोलालाई हेर्दै सोच्यो रमेशले अनि मनमनै भन्यो ।

“खोला सिमीत समयको लागि फर्के पनि आफ्नो बाटोमा सँधै हिडन कोशिष गर्छ र त उल्टो केही समय बगेपनि फेरी सुल्टै बग्छ । यदि जिन्दगी उल्टो बगेको बेलामा समालिन सके कसैले आत्महत्या तथा अन्य क्रियाकलाप गर्दैनथे होलान र फेरी जिन्दगीले सुल्टै पाइला चाल्थ्यो होला । मुनामदन, रोमियो जुलियटहरु पनि जिन्दगीले उल्टो गति लिएको बेला समालिन सकेको भए जिन्दगीले सुल्टो हिँडाउने क्रममा रोमियो क्रिस्टिना, प्रिस्टेला वा अरु कोही तथा मदन आज रिता, गिता, सिता अथवा अरु कोही संग फेरी रमाइरहेको हुन्थे होला जसरी बिस्टबा नयाँ बिस्टीनी आमासंग आज फेरी मुखमा पहिलाकै उज्यालो ल्याएर हासीरहेका छन्, रमाइरहेका छन् र पहिरोले थुनिएको यो राप्ती उल्टो केही समय बगेर फेरी सूल्टै आफ्नै दिशामा बगेको छ । यस्तो तनाबको बेलामा समालिन सक्नु नै सुल्टो गति लिनु हो ।” मैले समालिनु पर्छ, तनाब सँधै रहिरहदैन, जीवन उल्टो सँधै बग्दैन एकदिन सुल्टो पक्का बग्छ...केबल समालिनु पर्दो रहेछ । भन्दै भोलीपल्टै शहर गएर आफ्नो पढाईलाई अगाडी बढाउने निर्णय मनमनै गरेर त्यहि जहाजे ढुंगामाथि बसेर सुल्टो नै बगिरहेको राप्तीलाई हेरिरहयो, हेरिरहयो ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...