National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

तपाईको आजको राशिफल– वि.सं. २०७४ कार्तिक २९ गते बुधबार तदनुसार ई. सं. २०१७ नोभेम्बर १५ तारिख !

rasifal-1510683698.jpg

वि.सं. २०७४ कार्तिक २९ गते बुधबार तदनुसार ई. सं. २०१७ नोभेम्बर १५ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, मार्गशीर्ष कृष्णपक्षको द्वादशी तिथि, दिउँसो ०२:१५ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, हस्ता नक्षत्र, साँझ ०३:३६ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि ०३:५५ बजेसम्म, त्यसपछि तुला राशिमा, प्रीति योग, मध्यरात्रीपूर्व ११:३६ बजेसम्म, त्यसपछि आयुष्मान् योग, तैतिल करण, दिउँसो ०२:१५ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), दैलो राख्ने, कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : पशुपति नाथ, हलेसी (खोटाङ), त्रिवेणी (रामेछाप), अर्जुनधारा (झापा), सतासीधाम (झापा), दिङला (भोजपुर), पिण्डेश्वर (धरान, सुनसरी) आदि तीर्थस्थलमा मेला लाग्ने तथा अहोरात्र बत्ती बाल्ने दिन, बालाचह्रे पूजा (नेवारी पर्व), भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, कलशचक्र, ०१ गते : मार्ग सङ्क्रान्ति, बाला चतुर्दशी, शतबीज छर्ने दिन, मूहुर्त : अग्निवास(होमादि), ०२ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो सामग्री पुर्बेली न्युजबाट साभार गरिएको हो ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...