National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि

काठमाडौं, २३ कात्तिक  तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तिहारअघिबाट मूल्य आकासिन थालेको हो । समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार उपत्यकाको मागभन्दा धेरै कम आयात हुँदा मूल्यमा असर परेको हो । ‘अहिले कालीमाटीमा दैनिक ४ सय २५ देखि ४ सय ५० टन तरकारी भित्रिरहेको छ,’ उनले भने, ‘तर, माग भने ७ सय टनको छ ।’ जाडोमा तरकारीको माग अन्य समयको भन्दा बढी हुने गर्छ, तर यहीवेला आपूर्ति भने घटेको छ ।तराईबाट आउने तरकारीको परिमाण घटेको उनले बताए । ‘तराईमा साउन अन्तिम साता आएको बाढीले यतिवेला बजारमा निस्कनुपर्ने तरकारी आएको छैन,’ उनले भने, ‘बाढीलगत्तै किसानले पुनः लगाएको तरकारी आउन केही ढिलाइ भएको छ ।’[ NAYA PATRIKA]

यस्तो छ बजार मूल्य:

सिजनमै टमाटर र साग महँगियो भान्सामा नियमित खपत हुने टमाटर उत्पादनको अहिले प्रमुख सिजन हो । तर, उपत्यकामा तराईबाट टमाटर आयात भएको छैन । ‘काठमाडौंआसपासका जिल्लामा उत्पादन भएका टमाटर आइरहेका छन्, जुन टमाटर टनेलमा उत्पादन गरिएका हुन्,’ श्रेष्ठले भने, ‘टनेलमा लगाइएका टमाटर तुलनात्मक रूपले महँगा नै हुन्छन्, तराईको चौडा जग्गामा लगाइएको टमाटर आएको खण्डमा मूल्य घट्न सक्छ ।’त्यस्तै सागको पनि यो प्रमुख सिजन हो । तर, पालुंगो र चमसुर साग प्रतिकिलो समान १ सय १० रुपैयाँ पुगेको छ । ‘यो साग किलोको १५–२० रुपैयाँ हुनुपर्ने हो,’ उनले भने, ‘तर, ७० रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको छ ।’

यी तरकारी पनि महँगिए भारतबाट आयात हुने प्याज र सिमीको भाउ पनि प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । आलु ७० रुपैयाँ किलोमा किनबेच भइरहेको छ । बन्दा र परवलको भाउ क्रमशः ९० र ८० रुपैयाँ प्रतिकिलो भएको छ । मूलाले पहिलोपटक ५० रुपैयाँ प्रतिकिलो भाउ पाएको छ । लौका ६० रुपैयाँ प्रतिकिलो छ । सस्तो तरकारीमा पाकेको फर्सी प्रतिकिलो ३० देखि ४० रुपैयाँ, स्कुस प्रतिकिलो २० रुपैयाँ, बरेला ५० रुपैयाँ प्रतिकिलो छ ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...