National Flag Saturday 19th of August 2017, 8:41:35 pm
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

पत्नीपीडित पुरुषमा आशा र खुसीको सञ्चार

– कपिलदेव थापा

पत्नीका कारण पति र पत्नीबीच सम्बन्धविच्छेद भए पत्नीले अंश दाबी गर्न नमिल्ने प्रावधानसहितको नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको खबरले समाजमा उकुसमुकुस बनेर रहेका पत्नीपीडित पुरुषमा आशा र खुसीको सञ्चार भएको छ । संसद्को विधान समितिमा विचाराधीन मुलुकी ऐन प्रतिस्थापन विधेयकको देवानी संहितामा उल्लेख भएअनुसार पत्नीले आफ्नै इच्छाले अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गर्दा ‘पतिका कारण सम्बन्धविच्छेद गर्ने अवस्था आएको’ प्रमाण नपुगेमा सम्बन्धित महिलाले अंश दाबी गर्न मिल्ने छैन ।

सम्बन्धविच्छेद गर्न चाहने महिलाको हकमा अदालतबाट प्रक्रिया सुरु हुने व्यवस्था छ । प्रस्तावित विधेयक पारित भएमा पुरुषले पनि जिल्ला अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । अहिले पुरुषले सम्बन्धविच्छेदका लागि गाविसबाट प्रक्रिया सुरु गर्नुपर्ने नियम छ । यस्तै, सम्बन्धविच्छेदमा पतिपत्नी दुवैले चाहेको अवस्थामा तत्काल प्रक्रिया सुरु हुने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । दुईमध्ये एकको मात्र इच्छा भएमा सहमतिका लागि एक वर्ष अदालतले ‘कुलिङ पिरियड’को समय दिनेछ । एक वर्षसम्म पनि मिल्न नसकेको अवस्थामा भने अदालतले सम्बन्धविच्छेद गराइदिनुपर्नेछ ।

आफ्नो जवानी वा यौनऊर्जाको बलबुता प्रयोग गरी धूत्र्याइँ गर्दै एकपछि अर्को पुरुषसँग देखावटी ९नाम मात्रको० बिहे गर्दै हिँड्ने, त्यसमाथि बाहिर गोप्य केटासमेत राख्न पछि नपर्ने र सबैतिरबाट सम्पत्ति हत्याउने, जहाँ गयो त्यहीँ नाबालक सन्तानलाई नयाँ–नयाँ पुरुष देखाउँदै ‘तिम्रो बाबा उहाँ नै हो’ भनी चिनाउने, अनि बिनाबाउको नाम मैले यी–यी नागरिकता बनाइदिएँ, म त नेपालको त्यस्ती महिला हुँ जसलाई बच्चा जन्माउन न लोग्ने चाहिन्छ न त सन्तानको नागरिकता बनाइदिन कुनै बाउ नै अघिसार्नुपर्छ भन्दै सोझासाधा पुरुष ठग्न पल्केका, कृत्रिम मायाको दलदलमा पुरुषलाई फसाएर सम्पत्ति बटुल्ने चरित्र भएका महिला हाम्रो समाजमा देखिन्छन् । माथिको नियम यस्ता धूर्त महिलालाई निरुत्साहित या ठीक पार्नका लागि ल्याएको ठान्दै पङ्क्तिकार यस प्रस्तावको स्वागत गर्दछ ।

हाम्रो पवित्र भूमि नेपालमा हाल त्यस्ता चरित्र बोकेका महिला न्यून नै होलान्, तथापि थोरै महिलाले पनि चाहेमा धेरै पुरूषलाई दुःख दिन सक्दारहेछन्, दिएका उदाहरण भेटिन्छन् । महिलामाथि पुरुषले ज्यादती वा हिंसा गर्ने गरेका सन्दर्भ प्रशस्तै होलान्, तर एक पुरुषले एक महिलामाथि शोषण गरेको समाचार आउँदा एउटै महिलाले दशौँ पुरुषलाई एकसाथ हैरान तुल्याएको घटना देख्न–सुन्न पाइन्छ ।

छिट्टै उच्च तहमा पुग्ने र मोजमज्जाको जीवन बिताउने विकृत सोचले केही महिलाले त्यस्तो गरे पनि पछि गएर त्यस्ता पात्र अवश्य पछुताउँछन् होला १ यहाँनेर यो औँल्याउनु पनि सान्दर्भिक होला कि नयाँ विधेयक पारित भयो भने त्यसको दुरुपयोग गरी कतिपय धूर्त पुरुषले गाउँघरका सीधासोझा महिला दिदी–बहिनीलाई दुःख पनि दिने हुन् कि रु यदि कानुनको गलत प्रयोग गरेमा १

तसर्थ आशा छ, नेपाल सरकारको सोच र प्रस्तावित नयाँ कानुनको मर्मअनुसार हरपुरुषले आफ्नी धर्मपत्नी ९जीवनसङ्गिनी०लाई नाताउचित मायाप्रेम प्रदान गर्नेछन्, एकै रथका हामी दुई पाङ्ग्रा हौँ भन्ने सोचका साथ जीवन अगाडि बढाउनेछन् । प्रस्तावित नयाँ कानुनको स्वागत गरौँ, धर्म, संस्कृति र संस्कारलाई बचाऔँ १




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif