skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 5:52:29 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

पुँजीवाद युद्धको कारण हो, न्यायपूर्ण युद्ध यसको समाधान

gokul-dahal-main-1479636769.jpg

गोकुल दहाल

हामीले थाहा पाउनै पर्छ कुनै पनि कार्य हुन कारण चाहिन्छ । निश्चित कारणहरु भएर मात्र कार्य हुन्छन् । यसरी हेर्दा विश्व मानव समाजमा मानिस–मानिसका बिचमा उत्पन्न असन्तुष्टीहरु समुदाय–सुमदाय बिचमा उत्पन्न झैँ–झमेलाहरु , कम्पनि–कम्पनिहरुको  बिचमा प्रयोग भएका षड्यन्त्रहरु, देश–देशहरुका बिचमा पैदा भएको अन्तरविरोधहरु र त्यस प्रकारको असन्तुष्टी, झमेला , षड्यन्त्र, अन्तरविरोधहरुबाट प्रारम्भ भएका युद्ध र युद्धले दिएका परिमाणहरु मानवजातीमा देखापरेका विश्व समस्याको प्रमुख कारण पुँजीवाद हो । 
हरेक व्यवस्थाले आफ्नो गर्भमा वास्तवीक चरित्रधारण गरेकै हुन्छ । हामी बस्ने समाज र राष्ट्रको सामाजिक व्यवस्था र राजनीतिक व्यवस्था कस्तो छ भन्ने कुरा त्यस समाज र राष्ट्रको अर्थ व्यवस्थाले निर्धारण गरेको हुन्छ अर्थात् अर्थव्यवस्थाले नै मानिसका भौतिक र आर्थिक जीवनको अवस्थाहरु निर्धारण गर्दछ । मानव सभ्यताको विकास र आवश्यकताको सिर्जना मानिस आफैले गरेका छन् । प्रकृति विज्ञानमा चाल्र्स डार्विनले बाँच्नको लागि ‘संघर्ष’ भन्ने कुरा पत्ता लगाए भने समाज विज्ञानमा कार्ल माक्र्सले ‘वर्ग संर्घर्ष’ पत्ता लगाएर त्यस्तै प्रकृति विज्ञानमा बलको प्रयोगले वस्तुको अवस्था परिवर्तन हुन्छ भनी सर आइज्याक न्युटनले पत्ता लगाए । एता समाज बदल्न बलको अनिवार्य आवश्यकताको नियम कार्ल माक्र्सले नै पत्ता लगाए । आइन्सटाइनले वस्तुमा गति ल्याइदिएमा रुपान्तरण हुन्छ भनी प्रमाणित गरेजस्तै भि.आइ लेनिनले समाजममा गति ल्याइदिएमा रुपान्तरण हुन्छ भनी प्रमाणित गरेका छन् । यसरी हेर्दा मानिसका आम आवश्यकताका सृजना मानिसहरुबाटै भएको पुष्टि हुन्छ । तर, मानिसले प्रकृति प्रद्वत चिजलाई(वस्तुलाई) निजी वा पैतृकसम्पतिको रुपमा प्रयोगमा ल्याउने परिपाटी वा व्यवस्थाको प्रचलनसँगै मानिस–मानिसदेखि राज्य –राज्यको बिचमा चरम शोषणको सुरुवात भयो । मानिस र राज्यशासकहरु जन्मसिद्ध वर्ग र शक्तिमा स्थापित हुन थाले । यस्तो परिपाटी र राजनैतिक व्यवस्थाले श्रमीक वर्गको श्रमद्वारा गरेका सृजनाहरुमा अतिरित्त मुल्यको चोरी मालिक वर्गबाट हुन थाल्यो । सामन्तवादी विश्व व्यवस्थाको अन्त्यसँगै केही प्रगतीशिलता देखिएपनि अन्ध राष्ट्रवाद, राष्ट्रिय अर्थतन्त्रको तीब्र विकासको होडबाजी, बजार कब्जाको होडबाजी, जस्ता कारणहरुले विश्व युद्ध नै हुन पुग्यो । यस्ता ऐतिहासिक तथ्यले पनि प्रमाणित गरेको छ की , युद्ध पुँजीवादको गर्भ हो, पुँजीवादको उपज हो । पुँजीवादले आफ्ना चरित्रहरु बदल्दै, श्राजिबिहरुबाट चोरी गरेको अतिरित्त मुल्य र तहगत शोषणको विधि र प्रविधिलाई जोड दिँदै मानव कल्याणका खातिर निर्माण भएका सम्पुर्ण आविस्कारहरुलाई शोषणको औजार बनाइरहेको छ । यही प्रकृयामा आज विश्वमा प्रतिस्पर्धी पुँजीवाद, एकाधिकार पुँजीवाद, दलाल पुजीँवाद र नोकसाही पुँजीवाद हुँदै निगम पुँजीवादको रुपमा उदय भएको छ ।

यसका खास विशेषताहरु छन् 
क) राज्य र सरकारलाई निरिह बनाउने र केवल सहजकर्ताको भुुमिकामा सिमित बनाउने ।
ख) एउटै डालोबाट विश्व मानव समाजका सबै पक्षमा हस्तक्षेप गर्ने
ग) राज्य सत्ताका सबै अवयवको खरिद गर्ने
घ) ) राज्य र सरकारको आलोचनादेखि ऐन, नियम कानुन पारित सम्म गराउने हैसियत राख्छ
ङ) जनप्रतिनिधी चुन्ने- चुनाउने र सरकार निर्माण ÷वर्हिगमन सम्मको हैसियत राख्छ ।
 

उल्लेखित विशेषताहरुलाई गहिरिएर अध्ययन गर्ने हो भने विश्वका शक्ति सम्पन्न र शक्तिशाली मुलुक अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय र भारतको प्रधानमन्त्री निर्वाचनमा  नरेन्द्र मोदीको विजय विश्वका उदाहरण हुन् । यसलाई नेपालको सापेक्षतामा हेर्ने हो भने दोस्रो संविधानसभाको निर्वाचन परिणाम, संविधान निर्माण र सरकार निर्माण र वर्हीगमनका श्रृङ्खलाहरु  र संसदवादी राजनीतिक पार्टिहरुभित्र पैदा भएका आन्तरिक गुट–उपगुट तथा अन्तरपार्टिहरुका बिचमा देखिएका अर्थहिन् मतभेदहरुनै हुन् । 
यस तथ्यले पुँजीवाद, निगम पुँजीवाद सम्म पतन हुँदै जाँदा मानव समाजमा देखापरेका सामाजिक समस्याहरु हल गर्ने तिर भन्दा पनि विकराल समस्याका पहाडहरु खडा गर्नेमा पुँजीवाद क्रियाशिल देखिन्छ । सिमित भन्दा सिमित मानिसहरु धनकुबेर बन्न करोडौँ–अर्बौ मानिसहरुमाथि तहगत र प्रविधियुक्त शोषणको जालो निर्माण गरेर भयंकर युद्धको तयारीमा पुँजीवाद लागेको प्रष्टै छ। तर निगम पुँजीवादले निर्माण गरेको युद्धको चरित्र र रुप विगतको जस्तो घोषित र संगठित भने छैन । पहिलो र दोस्रो विश्वयुद्धमा भएका भौतिक सम्पति र मानिसको क्षती भन्दा धेरै सम्पति, धेरै मानिसको क्षती , निगम पुँजिबादले सञ्चालन गरेको युद्धले भइरहेको छ । तर हामी यसलाई तेस्रो विश्वयुद्ध मानिरहेका छैनौँ । पुँजिवादको चरित्र र रुप बदलिन्छ भन्ने कुरा  प्रमाणित भएजस्तै, युद्धको पनि चरित्र र रुप बदलिन्छ भन्नेमा हामी सहमत हुन सक्यौ भने,   अहिले पनि विश्वमा अन्यायपुर्ण युद्ध जारी छ । पुँजीवाद जारी रहेसम्म अन्यायपुर्ण युद्ध जारी रहन्छ । अन्यायपुर्ण युद्धको अन्त्य अर्थात् पुँजीवादको अन्त्यका लागि न्यायपुर्ण युद्ध जरुरी र आवश्यक छ । 

(दहाल ने.क.पा. (माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय समिति सदस्य हुन्)
 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
19531573_1939739629606622-1498547661.jpg


ताजा समाचार

यस्तो ठाउँ जहाँ हाटबजारमा बिक्रि हुन्छन् बेहुला
ttt-1498562563.jpg
भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच...
यसरी लाग्यो लन्डनमा आगो
lon-1498561246.jpg
हेटौँँडा, १३ असार, ढोकामा बजेको घन्टीले ४४ वर्षीय एसिन एडमको निन्द्रा टुट्यो। उनले घडीतिर आँखा डुलाए। रातको १ बज्न लागेको थियो। कोठाबाहिरको कोलाहलले...
कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, पाँचजना घाइते
congress-uml-flag-1498559312.jpg
रुकुम, असार १३,  रुकुमको सिस्ने गाउँपालिका–५ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति भएको झडपमा पाँचजना घाइते भएका...
सलमानको ‘ट्यूबलाइट’ असफल हुने बाटोमा, इदमा पनि राम्रो हुुन सकेन व्यापार
salman-tubelight-plays-kh-1498546640.jpg
बलिउडमा इद भन्ने वित्तिकै नायक सलमान खानको चलचित्रको संझना गरिन्छ । सधै नै इदमा चलचित्र रिलिज गर्ने सलमानले बक्स अफिसमा पनि नयाँ नयाँ रेकर्ड बनाएका...
बानियाँ निर्माण सेवाले सडक निर्माणमा लापरवाही गरेको भन्दै मेयर महतको ध्यानाकर्षण
baniya-1498546278.jpg
हेटौँडा,१३ असार बानियाँ निर्माण सेवा हेटाँैडाले हेटौँडा ५ माछाप्लानदेखि राधाकृष्ण मन्दिरसम्मको सडक निर्माणको क्रममा लापरवाही गरेको भन्दै हेटाँैडा...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...