National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

पुलामी विरुद्ध लामिछाने : कस्ले मार्लान बाजी ? (यस्तो छ लेखाजोखा)

puami-vs-lamixane-1509697875.jpg

हेटौँडा,१७ कार्तिक,
मकवानपुरको पतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (क) एमाले माओवादी सम्मिलित वाम गठबन्धनका माओवादी मकवानपुर संयोजक प्रेमबहादुर पुलामी बिरुद्ध कांग्रेस राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धको तर्फबाट कांग्रेसका धर्मराज लामिछानेले उम्मेद्वारी दिएका छन् । 
कांग्रेसले मनोनयन दर्ताको अन्तिम समयसम्म पनि टुंगो लाउन नसकेको उत्त क्षेत्रमा शेरबहादुर लामाको नाम कटाएर बकैयाँ गाउपालीकाका लाछिानेलाई उम्मेद्वार बनाएपछि अहिले उक्त क्षेत्रको पनि चर्चा परिचर्चा सुरु भएको छ । गत संविधानसभाको निर्वाचनमा एमाले भन्दा करिब १२ सय मतान्तरले कांग्रेसले बाजि मारेको उक्त क्षेत्रमा स्थानीय तह निर्वाचनमा भने नेपाली कांग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेन । बकैया गाउँपालिका, वागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको चार वटा वडाहरु र हेटौँडा उपमहानगरपालिकाको ३ वटा वडाहरु रहेको उक्त क्षेत्रमा स्थानीय तहको नतिजा हेर्दा एमाले र कांग्रेसको टक्कर देखिन्छ । एमालेले वागमती र वकैयामा उपाध्यक्ष जितेको गढीको वडा नंबर ३, ४  तथा हेटौँडाको १७ र १८ मा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले वकैयामा अध्यक्ष , गढीको १,२ मा वडा अध्यक्ष तथा हेटौँडाको १६ मा वडा अध्यक्ष जितेको थियो । उता वागमतीमा माओवादी केन्द्रले अध्यक्षमा विजयी भएको थियो भने राप्रपाको अवस्था सबैतिर निकै कमजोर रहेको थियो । 
आउँदो प्रदेशसभा निर्वाचनमा अब एमाले र माओवादीको साझा उम्मेद्वार बनेका पुलामीको पल्ला भारी देखिएको छ । पहिलो संविधानसभाका सभासद रहिसकेका पुलामी माओवादी मकवानपुरका प्रभावशाली नेता समेत हुन । स्थानीय तहको निर्वाचनको आधारमा विश्लेषण गर्दा उत्त क्षेत्रमा एमाले र माओवादीको वाम गठबन्धन अघि देखिन्छ । 
यसरी हेर्दा वागमती गाउँपालिकामा वाम गठबन्धनको ७ हजार ६ सय ७१ मत आउँदा लोकतान्त्रिक गठबन्धनको ६ हजार २ सय ७ मत आएको थियो । त्यसैगरी वकैया गाउँपालिकामा वाम गठबन्धनको  ६ हजार ३ सय ७ मत आउँदा लोकतान्त्रिक गठवन्धनको ४ हजार ३ सय ७९ मत आएको थियो ।  त्यसैगरी हेटौँडाको वडा नंबर १६,१७ र १८ मा वाम गठबन्धनको ५ हजार २ सय ९१ मत आउँदा लोकतान्त्रिक गठबन्धनको ४ हजार १ सय ३५ मत आएको थियो भने मकवानपुर गढी गाउँपालिकाको वडा नंबर १,२,३ र ४ मा वाम गठबन्धनको २ हजार २ सय ४५ मत आउँदा लोकतान्त्रिकको २ हजार ७ सय १४ मत आएको थियो । समग्रमा यस क्षेत्रमा वाम गठबन्धनको २१ हजार ३ सय ४८ मत आउँदा लोकतान्त्रिक गठबन्धनको १७ हजार ६ सय १ मत आएको थियो । जहा वाम गठबन्धन ३ हजार ७ सय ४७ मतले अघि देखिन्छ । 
यस्तो थियो स्थानीय तह २०७४ को परिणाम
बकैया गाउँपालिका
एमाले : ४४७२
कांग्रेस : ४५४४
माओवादी :  ३१९९
राप्रपा : १६६३
वागमती गाउँपालिका
एमाले : ३०८६
कांग्रेस : ३०३७
माओवादी : ३२२१
राप्रपा : १३४२
हेटौँडा उपाहानगरपालिका वडा नंबर १८
एमाले : १०५९
कांग्रेस : १०३६
माओवादी : ४८९
राप्रपा : ६५५
हेटौँडा उपाहानगरपालिका वडा नंबर १७
एमाले : ११८१
कांग्रेस : ९१६
माओवादी : ८०९
राप्रपा : ४५७
हेटौँडा उपाहानगरपालिका वडा नंबर १६
एमाले : ८१९
कांग्रेस : ८४७
माओवादी ::५७६
राप्रपा : ३९०

मकवानपुरगढी गाउँपालिका वडा नंबर १
एमाले :३३६
कांग्रेस : ४६५
माओवादी : ८५
राप्रपा : २८
मकवानपुरगढी गाउँपालिका वडा नंबर २
एमाले : ३९८
कांग्रेस : ७०१
माओवादी : १८९
राप्रपा : १६७
मकवानपुरगढी गाउँपालिका वडा नंबर ३
 एमाले : ७००
कांग्रेस : ५५४
माओवादी : ६९
मकवानपुरगढी गाउँपालिका वडा नंबर ४
एमाले : ३३७
कांग्रेस : २२१
माओवादी : २७७
राप्रपा : २७९




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...