National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुँदै

Evrest-1510301115.jpg

शुक्रबार, २४ कार्तिक २०७४- हिमाली क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा चौथोपटक पर्वतीय महोत्सव गर्न लागेको हो ।
विश्व पर्यटनमा हिमाली क्षेत्रको आकर्षण र जन–जीविका प्रस्तुत गर्ने उद्देश्यले महोत्सव गर्न लागेको महोत्सवका निर्देशक कौशल गुरुङले जानकारी दिए । ‘अहिले गर्न लागेको महोत्सव चौथो हो । यस वर्ष विगतको तुलनामा सभ्य र भव्य बनाउने तयारी छ । पर्वतीय पर्यटनलाई व्यवस्थित ढंगले प्रवद्र्धन गर्दैछौं,’ उनले भने, ‘यो कुनै रमाइलो मेला होइन । पर्यटनसँग जोडिएको साहसिक पर्यटन विद्या भएका कारण विभिन्न क्लस्टरमा कार्यक्रम तय भएको छ ।’संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई विश्व पर्वतारोहण दिवस घोषणा गरेकाले एनएमले पनि यसै दिन विगत चार वर्षदेखि अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव मनाउँदै आएको गुरुङको भनाइ छ ।नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले मंसिर २५ र २६ गते पोखरामा पोहोरको तुलनामा विल्कुलै ऐतिहासिक पर्वतारोहण महोत्सव मनाउने तयारी गरेको बताए । ‘एनएमएकै पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा पर्वतीय क्षेत्रको प्रत्यक्ष अनुभव गराउने योजना बनाएका छौं । यहाँ हिमालको दैनिकी, हिमाल आरोहीसँग भएका घटनाहरु प्रतिबिम्बित हुन्छ,’ उनले भने, ‘महोत्सवले नेपालको हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास छ ।’सगरमाथाका आरोहीसँग प्रत्यक्ष अन्तक्र्रिया, जलवायु परिवर्तनको असरबारे जानकारी दिने व्यवस्था महोत्सवमा मिलाइने लामाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपालको पर्वतीय पर्यटन क्षेत्रको विषयमा विभिन्न मुलुकका पर्वतीय क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।महोत्सवमा हिमाली क्षेत्रमा प्रयोग भएका र अनुसन्धान गरिएका प्रविधि, ज्ञान र अन्वेषण अवलोकन गर्न पाइने छ ।पोखरामा पर्वतारोहण महोत्सव हुने भएका कारण त्यहाँस्थित स्थानीय निकाय, पर्यटनसँग सम्बन्धित विभिन्न च्याप्टरबीच समन्वय गरी कार्यक्रमको तयारी भइरहेको एनएमएले जनाएको छ ।महोत्सवसमा प्रदर्शनीका लागि संग्रहालयभित्रै स्टल बनाइने छ । त्यहाँ विभिन्न हिमाली क्षेत्रका संस्कृति र कलाकौशल प्रदर्शन गरिनेछ ।यस्तै नयाँ पुस्ता र रुचि भएका हिमाल आरोहीलाई ‘क्लाम्बिङ वाल‘मा प्रतिस्पर्धा गराइनेछ । हिमाल आरोहण गर्न चाहनेको लागि यो खेल पूर्वतयारीको अभ्यास हुने एनएमए अध्यक्ष लामाको भनाइ छ ।मौलिक रुपमा खेलिने छेलो (ढुंगा) हान्ने खेल पनि महोत्सवमा समावेश गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकबीच मैत्रीपूर्ण सम्बन्धका लागि उक्त खेल प्रतियोगिता राखिएको हो । महोत्सवमा कर्णाली क्षेत्रका सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिनेछ ।यस्तै, नेपालमा हराउँदै गएको धनुष बाण खेलसमेत महोत्सवमा राखिएको छ । यस खेलका लागि छुट्टै समिति बनाएको छ । पर्यटकीय क्षेत्र पोखरामा उक्त महोत्सव हुने भएका कारण अन्तर्राष्ट्रिय पर्यटकको बाक्लो उपस्थिति रहने आयोजकको अनुमान छ ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...