National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

फिरौतीकै कारण गौचनको हत्या भएको खुलासा : सुटरसहित पाँच पक्राउ

Crime_news-5a0adeffd81d82-1510663210.jpg

कात्तिक २८  काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक महिना पछि मंगलबार पत्रकार सम्मेलन मार्फत् गौचन हत्या फिरौतीकै लागि भएको जानकारी दिएको छ।

शान्तिनगरस्थित ओमशान्ति चोकबाट नयाँ बानेश्वर जानेक्रममा गत असोज २३ गते अज्ञात समूहबाट गोली हानी गौचनको हत्या गरिएको थियो। प्रहरीले हत्याको मुख्य योजनाकार बाफलका समिरमान सिंह बस्नेत रहेको जनाएको छ। सिंहलाई रुपन्देहीका मनोज पुनले सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले हत्यामा संलग्न सुटरसहित पाँच जना अभियुक्तलाई पक्राउ गरेको छ भने मुख्य योजनाकार सहित आठ जना फरार छन्। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा नुवाकोटका राजीव स्याङ्तान, पर्सा कालिकामाइका शिवजी महतो, भारत विहारका मुकेश कुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ, सीतापाईलाका प्रकाश बुढाथोकी छन्।

पत्रकार सम्मेलनमा कार्यदलका प्रमुख डीआइजी गणेश केसीले पक्राउ मध्ये स्याङ्तान ‘सुटर’ रहेको जानकारी दिए। उनका अनुसार महतो र पाण्डेले हतियार र मोटरसाइकलको व्यवस्था गरेका थिए। पाण्डे र बुढाथोकी पनि मोटरसाइकलको व्यवस्था गरेको प्रहरीले जनाएको छ।

डीआइजी केसीले गौचनको हत्या फिरौती नदिएकै कारण गरिएको जानकारी दिए। कार्यदलले गौचन हत्याको मुख्य योजनाकारको रुपमा बाफलका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई औंल्याएको छ।

बस्नेतसँगै मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन्। डीआइजी केसीका अनुसार गुम्बेलाई घटनामा पक्राउ परेकाले बोका भनेर मात्रै चिन्दै आएका थिए। खुम्बे र राना नेपाली सेनाका भगौडा सिंपाही हुन्।

‘बस्नेत र उनको समूहले गौचनलाई पटकपटक फोन गरेर ठूलै परिमाणमा पैसा (फिरौती) मागेको जानकारी परिवारका सदस्य र अन्यबाट बुझ्दा प्रमाािणत भयो,’ केसीले भने। मुख्य अभियुक्त फरार रहेकाले कति मागिएको भन्ने अनुसन्धानबाट पछि खुल्छ।’

घटनामा सुटरलाई प्रयोग गर्न दुई वटा मोटरसाइकल प्रयोग भएका थिए। प्रयोग भएको बा ३५ प २४६१ नम्बरको साइन मोटरसाइकल समेत भारतबाट चोरी गरी नेपाल ल्याएर नेपाली नम्बर टाँसेर चलाएको रहस्य खुलेको छ। डीआईजी केसीका अनुसार बस्नेत र पुनले लोप्साङलाई परिचालित गरेर पक्राउ अभियुक्तलाई सञ्चालित गरेका थिए।

गौचनमाथि प्रहार भएको गोली दुई वटा पेस्तोलबाट प्रहार भएको प्रहरीको फोरेस्सिक ल्याबबाट पुष्टी भएको छ। हतियारको व्यवस्थापन गर्ने महतोले भारतको बेतियाबाट नेपाली ५५ हजार रुपैयाँमा खरिद गरी ६५ हजारमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

गौचन हत्याको अनुसन्धानका लागि बनेको कार्यदलमा केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र विशेष ब्यूरोका प्रहरी अधिकृतहरु संलग्न थिए। उनीहरुले विभिन्न व्यक्तिको कल डिटेलसँगै सीसीटीभी, फोरेन्सिक ल्याबको समेत सहयोग लिएको जानकारी केसीले दिए।@Annapurna_Post




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...