National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

बहस : मकवानपुरमा पनि होला त ६० / ४० को तालमेल ?

जिल्ला नेतादेखि कार्यकर्तासम्म अलमलमा 

talmel-1507460763.jpg

 हेटौँडा,२२ असोज,
आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको रौनकले यतिबेला नेपाली राजनीतिलाई धपक्कै छोपेको छ । अझ गत मंगलबार भएको वाम एकतापछि नेपाली राजनीतिनै तरङ्गित हुनेगरि विभिन्न प्रकारका बहसहरु सुरु भएको छ । 
निर्वाचनको अन्तिम तयारीमा रहेका एमाले र माओवादी सहितका दलहरुले बाम एकताको नाममा चुनावी तालमेलको घोषणा गरेपछि मकवानपुरे राजनीति पनि यतिबेला अलमलमा परेको छ । बाम तालमेलको असर बामपन्थी पार्टीहरुलाई त परेकोनै छ यहा क्रियाशिल कांग्रेस तथा राप्रपालाई समेत परेको छ । 
मकवानपुरमा रहेको २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेद्वार सिफारिस गर्ने पुर्वसन्ध्यामा भएको तालमेले मकवानपुरे राजनीतिमा अलमलको सृजना गरेको छ । वाम तालमेलले कुन क्षेत्र कस्को भागमा पर्ने हो भन्ने शंकाको बिचमानै एमाले, माओवादी तथा नयाँशक्तिले आफ्नो तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभाकोलागि उम्मेद्वार सिफारिस गरेका छन् । तरपनि उनीहरु अझैपनि के हुन्छ भन्नेमा विश्वस्त भने छैनन् । 
वाम एकतामा आएका अन्य दलहरुलाई सिट दिएर बाँकी रहेको क्षेत्रमा एमालेले ६० प्रतिशत तथा माओवादी केन्द्रले ४० प्रतिशत सिट बाँढनेगरि तालमेल भएपनि कुन जिल्लामा कति सिट बाँढने हो भन्ने विषय अझै पुरा नभएकोलेपनि मकवानपुरे दलहरुमा तालमेलले अलमलको अवस्था सृजना गरेको हो । गत संविधानसभा निर्वाचन तथा स्थानीय तह निर्वाचनको परिणामलाई मध्यनजर गर्दै तालमेल गर्ने निर्णयमा पुगेका दलहरु अब मकवानपुरमा कुन क्षेत्र कस्ले पाउने भन्ने विषयमा अझै अनविज्ञ रहेको बताउँछन् । 
यदि २०७० सालको संविधानसभाको निर्वाचन तथा गत बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्ने हो भने मकवानपुरमा भएको बामपन्थी दलहरुमा एमालेले करिब ३ चौथाई मत प्राप्त गरेको देखिन्छ । मकवानपुरको क्षेत्र नंबर १ हाल प्रदेशको क्षेत्र नंबर १ मा नेपाली कांग्रेस करिब १२ सय मतले एमालेभन्दा अघि रहँदा माओवादी केन्द्र निकै कम मतको साथमा तेश्रो भएको थियो । उता क्षेत्र नंबर २ मा भने एमाले र माओवादीको प्रतिस्पर्धात्मक देखिएको थियो । जहाँ एमालेका शुवासचन्द्र ठकुरीले माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । यता तात्कालीन क्षेत्र नंबर ३ मा एमालेले पहिलो स्थान ल्याउँदा राप्रपा दोश्रो, कांग्रेस तोश्रो तथा माओवादी चौथो बनेको थियो । त्यसैगरि क्षेत्र नंबर ४ मा एमाले पहिलो बन्दा माओवादी दोश्रो भएपनि मतान्तर निकै थियो । 
त्यसपछि भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मकवानपुरमा आफ्नो वर्चश्व कायम गरेका थियो । एमालेले १० स्थानीय तह मध्ये ६ वटामा विजयी बनेको थियो भने वामपन्थीको भोटको हिसावमा एमाले पुर्वको वागमती गाउँपालिकामा मात्र एमालेभन्दा केहि सय मात्र मतले अगाडी  रहेको थियो । वाँकी ९ वटा स्थानीय तहमा एमाले माओवादीभन्दा अगाडी देखिएको थियो । माओवादीले मेयर जितेको थाहा नगरपालिकामा कांग्रेससँगको तालमेल रहेकोले उक्त क्षेत्रमा माओवादीको मतको विषय बहसको विषय बन्ने मकवानपुरका नेताहरुको भनाई छ । 
यसै विषयमा खबरब्रेकलाई प्रतिक्रिया दिँदै एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले आफुहरु पार्टीको केन्द्रीय कमिटिले गरेको निर्णयलाई मान्ने बताईन् । मकवानपुरको सन्र्दभमा आफुहरु माओवादी केन्द्र भन्दा निकै मतान्तरमा अघि रहेको भन्दै उनले यहाँ माओवादीको मतको आधारमा एक क्षेत्र हुनसक्ने बताईन् । तर यसो भन्दैमा केन्दले बाँडेको सिटमा भने आफुहरु राजी हुने उनको भनाई रहेको छ । 
खबरब्रेकलाई कुरा गर्दै माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी पनि आफुहरु आधा आधा क्षेत्र हुनुपर्ने दाबी गरेपनि केन्द्रीय निर्णयलाई मान्ने बताउँछन् । अब एउटै पार्टी हुने भएकोले एमालले एमाले भएर अनि माओवादीले माओवादी भएर सोच्न नहुने उनको धारणा रहेको छ ।  नयाँ शक्तिले पनि मकवानपुरमा कम्तिमा एक क्षेत्र आफुहरुले पाउनुपर्ने नयाँ शक्तिका मकवानपुर संयोजक प्रल्हाद लामिछानेको भनाई रहेको छ । 
जिल्ला तहका प्रमुख नेता तथा हाल सिफारिस परेका सांसद पदका उम्मेद्वारहरु पनि कतिबेला आफ्नो क्षेत्र गुम्ला या टिकट पाईएला भन्ने दोधारमा परेको बताउँछन् । एमालेबाट सिफारिसमा परेका एक नेताले भने : तालमेलले कस्को कुन सिट गुम्ने ठेगान छैन तर यो पटक जस्को जुन सिट गुमेपनि कम्युनिष्ट एकतालाई विजयी गराउन लागिन्छ । 
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...