National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

बार्सिलोनाः हजारौं मानिसद्वारा प्रदर्शन

_98715539_042948908-1510468108.jpg

 २६ कार्तिक  स्वतन्त्रता पक्षधर क्याटलान नेताहरुलाई स्पेनले नियन्त्रणमा लिएको विरोधमा करिब साढे सात लाख मानिसहरुले बार्सिलोनामा प्रदर्शन गरेको प्रहरीको अनुमान छ।

आठजना क्षेत्रीय मन्त्री र दुईजना लोकप्रिय अभियानकर्ताहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सूर्यास्तका बेला मोबाइल फोनको टर्च बालेका थिए।

पक्राउ परेका केही नेताहरुको नाम आगामी महिना हुन लागेको चुनावका लागि एउटा पृथकतावादी पार्टीको सूचीमा समावेश हुनेछ।स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले आइतवार बार्सिलोनाको भ्रमण गर्दैछन्।

मुद्दा

छुट्टै प्रसंगमा बार्सिलोनाकी मेयरले स्वतन्त्रता पक्षधर नेताहरुको निन्दा गरेकी छन्।

स्वतन्त्रतासम्बन्धी मान्यता नपाएको जनमत संग्रह गराएपछि गत महिना क्याटलोनियाको संसद्ले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

त्यसप्रति प्रतिक्रिया जनाउँदै मड्रिडले क्याटलोनियाको संसद् विघटन गरिदियो र निर्धारित समय अगावै २१ डिसेम्बरमा क्षेत्रीय चुनाव गराउने घोषणा गर्‍यो।

मड्रिडको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले निर्वासनका लागि बेल्जियम गए भने उनका उच्च साझेदारहरुमाथि मुद्दा चलाइएको छ।

क्षमता

बार्सिलोनास्थित बीबीसीका एकजना संवाददाता भन्छन्, स्वतन्त्रता पक्षधर अभियानले ठूलो संख्यामा प्रदर्शनकारीहरु उतार्न सक्ने आफ्नो क्षमता पुष्टि गरेको छ।

धेरै प्रदर्शनकारीहरु साना शहर तथा गाउँहरुबाट आएका थिए जुन स्वतन्त्रता अभियानको पहुँचको संकेत हो।

प्रदर्शनको तात्कालिक उद्देश्य देशद्रोह र विद्रोहको आरोपमा न्यायिक हिरासतमा लिइएका आठजना राजनीतिज्ञ तथा दुईजना अभियानकर्तालाई रिहा गराउनु रहेको छ।

प्रदर्शनकारीले नियन्त्रणमा रहेका नेताहरुलाई राजनीतिक बन्दी घोषणा गरिएका प्लेकार्डहरु बोकेका थिए ।



_98715539_042948908-1510468108.jpg

club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...