National Flag Wednesday 24th of May 2017, 9:53:57 am
mihm12-1493102775.gif
club-watervilla-1490348009.gif

बेहुला बनेका बसाईं उपन्यासका लेखकले भने–त्यसैले त दौरा सुरुवाल लगाएको

basaai-1475555905.JPG


हेटौँडा/

उमेरले चार बीस काटेको पनि चार वर्ष भइसक्यो । तर जोश र जाँगर उस्तै छ । अहिले पनि उसैगरी साहित्य फुर्छन, जसरी ६ दशकअघि बसाईं उपन्यास लेख्दा फुरेको थियो । गाउँठाउँको परिवेश, अवस्था र पात्रलाई जस्ताको तस्तै पस्कने खुबी भएका साहित्यकार लिलबहादुर क्षेत्रीलाई आइतबार पाटनको मदन पुस्तकालय गुठीमा देख्दा नयाँ पुराना सबै सर्जकलाई प्रेरणा थप्यो । बहुचर्चित बसाईं उपन्यासका लेखक क्षेत्री यसवर्षको जगदम्बा श्री पुरस्कार लिन भारतको आसामबाट काठमाडौं आइपुग्नुभएको हो । पुरस्कार वितरण समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, सँस्कृतिविद सत्यमोहन जोसी लगायत अग्रज स्रष्टाहरु समेत उपस्थित थिए । सबैको ध्यान लिलबहादुर क्षेत्रीतर्फ नै केन्द्रित थियो ।
चटक्क मिलेको दौरासुरुवाल लगाएर आएका क्षेत्री मञ्चमा पुग्ने बित्तिकै सबैले तालीले स्वागत गरे । मदन पुरस्कार गुठीको परम्परा अनुसार आयोजकले उहाँलाई दुबो र सयपत्रीको माला लगाईदिंदै ‘आजका बेहुला’ भनेर सम्मान गरे । हँसिलो अनुहारमा मञ्चमा उभिएर बोल्ने क्रममा क्षेत्रीले भन्नुभयो, ‘मलाई आयोजकले बेहुला भनेर सम्बोधन गर्नुभयो, हाम्रो उता बेहुला भएको बेला दौरा सुरुवाल लगाउने चलन छ, त्यसैले दौरा सुरुवाल लगाएर आएको ।’ कुरा सुनेर सबै हाँसे र थपडी बजाए ।
कार्यक्रम सकेपछि पनि उहाँसँग भलाकुसारी गर्नेहरुको निकै घुईंचो लाग्यो । स्कुल र क्याम्पसमा बसाईं उपन्यास पढेर लिलबहादुर क्षेत्रीको नाम सुनेकाहरु उहाँलाई नजिकबाट नियाल्न पाउँदा गद्गद् देखिन्थे । ‘मैले क्यासम्पसमा बसाईं उपन्यास पढ्दा उहाँको नाम सुनेको, आज उहाँसँगै सम्मानित हुन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु’ मदन पुरस्कार विजेता रामलाल जोशीले भन्नुभयो ।
बसाईं उपन्यास अहिले लेख्नुपर्यो भने।।
लिलबहादुर क्षेत्रीले झण्डै ६ दशकअघि बसाईं उपन्यास लेख्नुभएको हो । त्योबेलाको सामाजिक परिवेश र गाउँले जीवनको बाध्यतालाई बसाईं उपन्यासमा निकै जीवन्त ढंगले प्रस्तुत गरिएको छ । सरल भाषामा गाउँको यथार्थ झल्काएकै कारण बसाईं उपन्यासलाई सबैले मन पराएका हुन् । अहिले बसाईं उपन्यास लेख्नुप¥यो भने कसरी लेखिएला रु प्रश्न सुन्न नपाउँदै क्षेत्रीले भन्नुभयो, ‘समाजको अवस्थामा केही परिवर्तन आएको छ, तर झुमा, रिकुटे, मोटेकार्की लगायतका पात्र त अहिले पनि भेटिन्छन् ।’
अहिले पनि बसाईं सर्नुपर्ने बाध्यता रहेको, तर उदेश्य भने फरक रहेको क्षेत्रीले प्रष्ट पार्नुभयो । ‘त्यतिबेला दुःखले बसाईं हिँड्नुपर्ने बाध्यता थियो, तर अहिले धेरै कमाउन र सुख खोज्न बसाईं सर्ने चलन छ’ क्षेत्रीले भन्नुभयो, ‘क्षेत्र र उदेश्य फरक छ, तर बसाईं सर्ने प्रवृत्ति रोकिएको छैन ।’
लेखनमा अझै सक्रिय
पूर्वोत्तर भारतमा बसोबास गर्ने क्षेत्री अहिले पनि नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ । ‘हिजोआज भूमिकाहरु बढि लेख्ने गर्छु,  नयाँ साथीहरुलाई प्रोत्साहन गर्ने काममा लागेको छु’ उज्यालोसँगको कुराकानीमा क्षेत्रीले भन्नुभयो, ‘आत्मसन्तुष्टिका लागि लेख्नु गर्छु म, मैले लेखेको कृतिबाट पाठक सन्तुष्ट भएमा मात्र म पनि सन्तुष्ट हुन्छु ।’हँसिला, फरासिला क्षेत्रीले हाँस्दै भन्नुभयो, ‘हात चलेसम्म र स्मरणशक्तिले भ्याएसम्म लेखिरहन्छु ।’




change-gaming-zone-1493613858.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

हेटौँडा ११ अपडेट : ६ सय गन्दा एमालेको अग्रता कायम
18574987_1787766934871296-1495596326.jpg
स्थानीय तह निर्वाचन अन्र्तगत अहिले हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ को मतणना भैरहेको छ । ताजा अवस्थामा एमालेले अग्रता कायम गरिरहेको छ ।  यस्तो छ...
एमालेका लक्ष्मण भण्डारी हेटौँडा,९ मा बिजयी
हेटौँडा,१० जेठ हेटौँडा उपमहानरपालिकाको वडा नंबर १० को गएराती सम्पन्न भएको अन्तिम मतगणनामा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार लक्ष्मणप्रसाद...
हेटौँडा ९ को ३५ सय मत गनियो, मेयरमा ३७७ मतले एमाले अगाडि
matganana-live-update-1495567838.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३५ पय मतगणना सकिएको छ । ३५ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३७७ मतले कांग्रेस माओवादी...
९ नं वडाको ३२ सय मतगणना, मेयरमा एमाले ३१८ मतले अगाडी
matganana-live-update-1495565357.jpg
हेटौँडा, १० जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३२ सय मतगणना सम्पन्न भएको छ । ३२ सय मतगणना सम्पन्न हुँदा मेयरमा नेकपा एमालेले ३१८ मतले अग्रता लिएको...
खबर ब्रेक महा–कभरेजः हेटौँडा–९ को ३ हजार मतगन्दा हरिबोल २७१ मतले अगाडी
matganana-live-update-1495562404.jpg
हेटौँडा, ९ जेठ हेटौँडा उपमहानगरपालिका वडा नं ९ को ३ हजार मतगणना सकिएको छ । ३ हजार मतगणना हुँदा हेटौँडाको मेयरमा नेकपा एमालेका उम्मेद्वार हरिबोल महत...



लोकप्रिय समाचार

एमालेका राजन थापा प्यानल सहित हेटौँडा ७ मा विजयी
rajan-thapa-win-1495395995.jpg
हेटौँडा,७ जेठ ।  स्थानीय तह निर्वाचन अन्तर्गत हेटौँडाको वडा नंबर ७ मा नेकपा एमालेले प्यानल सहित जित हाँसिल गरेको छ । एमालेको तर्फबाट राजन थापा ८८८ मत...
गृह राज्यमन्त्री बानीयाँद्वारा आचरसंहिताको ठाडै उलङ्घन,प्रहरी साथ लिएर मध्यरातमा भोट माग्दै गाउँगाउँमा
baniya-news-1494419652.jpg
हेटौँडा,२७ गृह राज्यमन्त्री इन्द्रबहादुर बानीयाँले आचरसंहिताको ठाडै उलङ्घन गर्दै रातारात भोट माग्न गाउँ छिरेका छन् । निर्वाचन आचसंहितको ठाडै...
एमालेबाट हरिबहादुर महत हेटौँडाको मेयरको उम्मेद्वार
mahat-main-1493617460.jpg
हेटौँडा,१८ बैशाख नेकपा एमालेको तर्फबाट स्थानीय तह निर्वाचनको लागि हरिबहादुर महतलाई उम्मेद्वारम ाचयन गरेको छ । एमालेको स्थायी कमिटिले हरिबहादुर...
गृहराज्यमन्त्री बाँनीया बिरुद्ध उजुरी
indra-baniya-1493029927.jpg
हेटौँडा,११ बैशाख नेपाल सरकारका गृह राज्यमन्त्री इन्द्रबहादुर बानीया विरुद्ध उजुरी दर्ता भएको छ । निर्वाचन आचरसंहिता उलङ्घन गरेको भन्दै बानीयाँ...
हेटौँडाको मेयरमा हरिबोल महतको अग्रता बढ्दै (मत सहित)
mahat-1495275597.jpg
हेटौँडा,६ जेठ हेटौडा उपमहानगरपालिकाको मेयर पदमा एमालेका हरिबल महतले कांग्रेस–माओवादी केन्द्र गठबन्धसँगको अग्रता फराकिलो पारेका छन् । उनले...