National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

मकवानपुरको क्षेत्र नंबर १ बाट कमल थापा उम्मेद्वार बन्ने निश्चित –यि हुन संभावित प्रदेश सांसदका उम्मेद्वार

rpp-main-1507813350.jpg

हेटौँडा,२६ असोज,
राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट निर्वाचन लडने निश्चित भएको छ । आज हेटौँडामा भएको राप्रपाको जिल्ला कार्यसमितिको बैठकले अध्यक्ष थापालाई विजयी बनाउनको लागि सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेसँगै थापा मकवानपुरको क्षेत्र नंबर १ बाट निर्वाचन लडने निश्चित भएको हो । 
आज भएको बैठकको विषयमा खबरब्रेकलाई जानकारी दिँदै राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले हालसम्म मकवानपुरको एक प्रतिनिधिसभा क्षेत्रबाट अध्यक्ष कमल थापा लडने निश्चित भएको भएपनि अन्य उम्मेद्वारको विषयमा निर्णय गर्ने जिम्मा मकवानपुरबाट सहभागिता जनाउने केन्द्रीय समितिका सदस्यहरु तथा वरिष्ट नेताहरुलाई दिएको बताए । 
वैठकमा जिल्लाबाट प्रदेशसभाको लागि निर्वाचन लडने सांसदको उम्मेद्वारको विषयमा समेत छलफल भएको छ । बैठकमा कांग्रेसँगको तालमेलमा राप्रपाले ५० प्रतिशत सिट पाउनुपर्ने विषयमा समेत अधिकांश सदस्यहरुले आवाज उठाएको एक सदस्यले जानकारी दिए । 
मकवानपुरमा कांग्रेस र राप्रपाको तालमेल हुँदा ६ वटा क्षेत्र रहेकोमा ३,३ वटा क्षेत्र बाँढिनु पर्ने विषयमा  छलफल भएको थियो । राप्रपाको तर्फबाट मकवानपुरको प्रदेश सभामा राजाराम बर्तौला, मधु अधिकारी, नवराज विष्ट, रामहरी न्यौपाने, राम थोकर, गुरु सापकोटा सहितका नेताहरुको चर्चा भएको थियो । यि नेताहरुमध्येबाटनै प्रदेशसभाके उम्मेद्वार चयन हुनसक्ने बैठकमा सहभागि एक सदस्यको भनाई छ । यो पटक राप्रपा मकवानपुरका नेता दिपकबहादुर सिंहलाई भने प्रतिनिधिसभा अन्र्तगत समानुपातिक उम्मेद्वार बनाउने विषयमा समेत छलफल भएको ति नेताको भनाई रहेको छ । प्रतिनिधिसभामा एक मात्र क्षेत्र पाउने अवस्थामा सिंहलाई समानुपातिकको लागि उम्मेद्वार बनाईने बताईएको छ भने प्रदेशको समानुपातिकमा जिल्लाका पुराना नेताहरुको चर्चा भएको छ । 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...