National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

मकवानपुरको सबै क्षेत्रमा वाम गठवन्धको जित निश्चित : खतिवडा

23584657_1869745826612182-1510670214.jpg

कार्तिक २८ , एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चितनेक भएको दावी गरेका छन् । उनले भने, ‘लेखेर राख्नुहोस्, मकवानपुरको सबै क्षेत्रमा बाम गठबन्धनको जित हुनेछ ।’ मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानमै मुलुक समाजवाद उन्मुख भनेर किटान गरिएकोले बाम गठबन्धनलले दुई तिहाइ बहमत ल्याएर समाजवादको कार्यान्वयन गर्न अब कसैले छेक्न नसक्ने उनको भनाइ छ । चुनाव जित्नका लागि मात्र एमाले माओवादीको गठबन्धन भएको नभई पार्टी एकता गरेर मुलुकलाई समृद्ध बनाउने प्रक्रिया शुरु गरिएको खतिवडाले स्पष्ट पारे । उनले मुलुक राजनीतिक रुपले दुई धु्रवमा विभाजन भएको र बाम वठबन्धनबाट आत्तिएर काँग्रेसले पञ्चायतको अवशेषको रुपमा रहेको राप्रपासँग घाँटी जोड्न पुगेको बताए । ‘राप्रपाले घोषणापत्रमा राजतन्त्र फिर्ता ल्याउने कुरा गरेको छ, गणतन्त्रको कुरा गर्ने काँग्रेस उसैलाई लिएर हिँडेको छ, अब आफै कुरा बुझ्नुस्,’ उनले भने । उनले भेलामा उपस्थित कार्यकर्ता तथा सर्वसाधारणहरुलाई मत पत्र र मत हाल्ने तरिकाको बारेमा समेत अभिमुखीकरण गरे । जिसस मकवानपुरका सदस्य एवम् एमाले नेता चित्रबहादुर बलामीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य पीबी गोलेले मुलुकको समृद्धिको लागि बाम गठबन्धनको विकल्प नभएको बताए । भेलाले दामोदर सुवेदी संयोजक र सशिधर सुवेदी सहसंयोजक रहेको ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलाले स्थानीय तहमा एमाले र माओबादीका उमेदवारहरु रहेको सचिावलयसमेत गठन गरेको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, माओवादी केन्द्रका जिल्ला सदस्य ओम घलान, विष्णु गोपाली, अरुण रायमाझी, विष्णुबहादुर गुरुङ, एमालेका जिल्ला सचिबालय सदस्य विष्णुप्रसाद ढकाल, इश्वरलाल रुम्बा, सशिधर सुवेदी, जिल्ला कमिटी सल्लाहकार राजु नापित, क्षेत्रीय सचिब बिमलकुमार ढकाल लगायत नेताहरु उपस्थित थिए । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दावी गरेका छन् । उनले भने, ‘लेखेर राख्नुहोस्, मकवानपुरको सबै क्षेत्रमा बाम गठबन्धनको जित हुनेछ ।’ मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा वडास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानमै मुलुक समाजवाद उन्मुख भनेर किटान गरिएकोले बाम गठबन्धनलले दुई तिहाइ बहमत ल्याएर समाजवादको कार्यान्वयन गर्न अब कसैले छेक्न नसक्ने उनको भनाइ छ । चुनाव जित्नका लागि मात्र एमाले माओवादीको गठबन्धन भएको नभई पार्टी एकता गरेर मुलुकलाई समृद्ध बनाउने प्रक्रिया शुरु गरिएको खतिवडाले स्पष्ट पारे । उनले मुलुक राजनीतिक रुपले दुई धु्रवमा विभाजन भएको र बाम वठबन्धनबाट आत्तिएर काँग्रेसले पञ्चायतको अवशेषको रुपमा रहेको राप्रपासँग घाँटी जोड्न पुगेको बताए । ‘राप्रपाले घोषणापत्रमा राजतन्त्र फिर्ता ल्याउने कुरा गरेको छ, गणतन्त्रको कुरा गर्ने काँग्रेस उसैलाई लिएर हिँडेको छ, अब आफै कुरा बुझ्नुस्,’ उनले भने । उनले भेलामा उपस्थित कार्यकर्ता तथा सर्वसाधारणहरुलाई मत पत्र र मत हाल्ने तरिकाको बारेमा समेत अभिमुखीकरण गरे । जिसस मकवानपुरका सदस्य एवम् एमाले नेता चित्रबहादुर बलामीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य पीबी गोलेले मुलुकको समृद्धिको लागि बाम गठबन्धनको विकल्प नभएको बताए । भेलाले दामोदर सुवेदी संयोजक र सशिधर सुवेदी सहसंयोजक रहेको ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । भेलाले स्थानीय तहमा एमाले र माओबादीका उमेदवारहरु रहेको सचिावलयसमेत गठन गरेको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, माओवादी केन्द्रका जिल्ला सदस्य ओम घलान, विष्णु गोपाली, अरुण रायमाझी, विष्णुबहादुर गुरुङ, एमालेका जिल्ला सचिबालय सदस्य विष्णुप्रसाद ढकाल, इश्वरलाल रुम्बा, सशिधर सुवेदी, जिल्ला कमिटी सल्लाहकार राजु नापित, क्षेत्रीय सचिब बिमलकुमार ढकाल लगायत नेताहरु उपस्थित थिए । 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...