National Flag Friday 24th of March 2017, 3:46:47 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

मनाङ मस्र्याङ्दीसँग बदला लिदै आर्मीद्वारा हेटौँडा गोल्डकपको उपाधि कब्जा

winnnnnnnnnnnnnnnnnnnnn-1483790327.jpg

धर्मेन्द्र दाहाल
हेटौँडा,२३ पौष

डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङ्दीसँग गत वर्ष फाइनलमा भोगेको हारको बदला लिँदै त्रिभुवन आर्मी क्लबले हेटौँडामा सम्पन्न दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्ड कपको उपाधिमा कब्जा जमाएको छ । 
हेटौँडाको फेरेष्टि खेल मैदानमा आज भएको फाईनल प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दीलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधिमा कब्जा जमाएको हो । उपाधिसँगै आर्मीले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मनाङ मस्र्याङ्दीले ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । 
निकै रोमाञ्चक प्रतिस्पर्धामा नेपाल आर्मीले सुरुवाती अग्रता लिन सफल भयो । खेलको १८ औँ मिनेटमा आर्मीका फरवार्ड भरत खवासले गोल गर्दै टिमलाई १–० गोल अन्तरले अघि बढाए । खवासले गोल गरेको १ मिनेट पश्चात मनाङ मस्र्याङ्दीलाई ठुलो झड्का लाग्यो । आर्मीका सन्तोष तामाङलाई लडाएपछि पहेलो कार्ड पाएका मनाङ मस्र्याङ्दी फरवार्ड अफिज ओलावलेले खेलको मुख्य रेफ्री सुदिश पाण्डेलाई अपशब्द प्रयोग गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरीए । आफ्नो मुख्य फरर्वाडलाई गुमाएपछि मनाङ मस्र्याङ्दीको खेलमा केहि तालमेल समस्या देखा पर्यो ।
पहिलो हाफ १–० ले अघि रहेको आर्मीले दोश्रो हाफको अन्तिम तिर अर्थात खेलको ८४ औँ मनेटमा सन्तोष तामाङ मार्फत गोल गर्दै टिमलाई २–० को जित दिलाउँदै उपाधी समेत कब्जा गरे । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका सन्तोष तामाङ म्यान अफ द म्याच भए ।  
प्रतियोगिताभर सर्वोत्कृष्ट प्रर्दशन गरेका आर्मी मिडफिल्डर सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी बन्दै ५० हजार नगद प्राप्त गर्दा आर्मीकै विकेश कुथु उत्कृष्ट गोलकीपर, आर्मीकै भरत खवास बेष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नविन न्यौपाने बेष्ट प्रशिक्षक तथा  मनाङ मस्र्याङ्दीका विराज महर्जन बेष्ट डिफेन्डर हुँदै नगद १५–१५ हजार प्राप्त गरे । प्रतियोगिताकै अवसरमा पत्रकार प्रताप विष्टलाई १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो ।




siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
loading...
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
new-manakamana-hotel-1488456452.gif
websurfer-1480948045.gif


ताजा समाचार

थाहा स्टेशन म्यानेजरमा गौतम 
maniraj-gautem-1490277717.jpg
हेटौंडा,१० चैत्र एक दशकदेखि हेटौंडाबाट प्रशारण भइरहेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज हेटौंडाको स्टेशन म्यानेजरमा मणिराज गौतम नियुक्त भएका...
एमालेको बकैया ८ शिखरपुरमा कमिटि निर्माण
news-sikharpur-1490276422.jpg
हेटौँडा,१० चैत्र नेकपा एमालेले पुर्वी मकवानपुरको बकैया गाउँपालिका अन्र्तगत वडा नंबर ८ शिखरपुरमा वडा कमिटि तथा युवा संघ निर्माण गरेको छ ।  आज भएको...
बकैया ५ मा माओवादी केन्द्र
maobadi-1490275905.png
हेटौँडा,१० चैत्र नेकपा माओवादी केन्द्र बकैया गाउँपालिका वडा नम्वर ५ राजदमारमका वडा  सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको...
यस्तो बनायो एमालेले उम्मेदवार छनौटको मापदण्ड, महानगरको उम्मेदवार केन्द्रले नै छान्ने
uml-1490275564.jpg
  काठमाडौं, चैत १० – स्थानीय तहको चुनावमा एमालेका उम्मेद्वार विरुद्ध वागी उम्मेद्वारी दिने उम्मेद्वार आजीवन एमालेमा फर्कन नपाउनेगरी निष्काशन...
काँग्रेसको पहिलोचरणको चुनावी अभियान सकियो
aananda-dai-1490270969.jpg
हेटौंडा, १० चैत नेपाली काँग्रेस मकवानपुरको पहिलो चुनावी अभियान बिहिबारबाट सकिएको छ । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ...



लोकप्रिय समाचार

हेटौँडा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी (मत सहित)
bijayi-1488377527.jpg
हेटौँडा,१८ फागुन आज भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा हेटौँडा क्याम्पसमा अनेरास्ववियुको एकल प्यानलनै विजयी भएको छ । एमाले निकट...
तपाई मकवानपुरका नागरिक कुन गाउँपालिकाको कति नंबर वडामा पर्नुभयो, ल हेर्नुस
woda-1489411778.jpg
हेटौँडा,३० फागुन सरकारले संद्धिय नेपालको नयाँ स्थानीय तहलाई मान्यता प्रदान गरेपछि मकवानपुरे जनताहरुले पनि आफु कुन तहको कति नंबर वडामा परे भनेर...
हेर्नुस को को भए मकवानपुरका ८ गाउँपालिकाका कार्यकारी अधिकृत
Makawanpur-1478685634-1489404623.jpg
हेटौँडा,३० फागुन सरकारले मकवानपुरको आठ वटै गाउँपालिकामा निमित्त कार्यकारी अधिकृत तोकेर आजै नियुक्ति दिएको छ । सरकारले स्थानीय तहलाई पारित गरेपछि...
मकवानपुरे शिक्षकमाथि गोली प्रहार प्रकरण :
main-phto-1490182989.jpg
उज्जवल अधिकारी हेटौँडा,९ चैत्र रौतहटमा आज विहान १ बजे अज्ञात समुहद्वारा हानिएको गोलि लागेर गम्भीर घाइते भएका मकवानपुरे शिक्षक रामएकवाल राय यादवको...
मक्रान्चुलीबाट थ्रि नट थ्रि राईफल बरामद
goli-1-1489651947.jpg
हेटौँडा,३ चैत्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं ३ को जंगलबाट एक थान थ्रि नट थ्रि राईफल सहित ६८ राउण्ड...