National Flag Tuesday 21st of February 2017, 4:09:26 am
narayani-clz-small-size-1482131799.gif
gaming-zone-1486046268.gif

महिनावारी हुँदा यौन सम्पर्क गर्ने की नगर्ने ? जानीराखौँ है !!

mahina-wari-1483970112.jpg


महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो मासिक श्राव । तर यो विषयमा थरिथरिका विचारहरु पाइन्छन् । परम्परागत हिन्दू धार्मिक मान्यताल महिनवारीको समयलाई अछूतका रुपमा व्यवहार गर्दछ । हिन्दूहरुका अनुसार, महिनावारी हुँदा महिलाको शरीरबाट फोहोर रगत निस्किने हुँदा उनी अशुद्ध हुन्छिन् ।
त्यसैले महिनाबारी हुँदा महिलालाई खाना पकाउन नदिने, पूजाआजामा सहभागी हुन नपाइने, अरुसँग नछोइकन बस्नुपर्ने नियम बनाइएका छन् ।
 तर समयक्रम परिवर्तन हुँदै जाँदा यो प्रक्रियालाई सामान्य नियमित जैविकीय अवस्थामा लिएर महिलाहरुलाई महिनावरी भएकै कारण गरिने छुवाछूतलाई अस्वीकार गर्ने मान्यता र संस्कारको विकास हुँदै गएको छ। महिनावारी हुँदा शरीरबाट फोहोर रगत निस्किन्छ तर उचित सरसफाई गर्ने हो भने महिलासँग कुनै किसिमले छुवाछूत हुनुहुँदैन भनेर सामान्य व्यवहार गर्ने चलन बढ्दै गएको हो । चिकित्सा विज्ञानले महिनावारीलाई सामान्य अवस्था मान्दछ । सरसफाईमा विशेष ध्यान दिने भने आग्रह गर्दछ विज्ञानले । तर महिलालाई टाढै राख्नुपर्ने, यसलाई अनौठौ र अशुद्ध अवस्थाका रुपमा हेर्न नहुनेमा सबैले जोड दिएका हुन्छन् ।
तर यौनसम्पर्कको बारेमा   यहाँ पनि थरिथरिका गलत र भ्रामक धारणाहरु फैलिएका हुन्छन् । कतिपयले महिनावारीमा यौनसम्पर्कको कुरा गर्दा छिः छिः भन्ने गर्दछन् भने कतिपये यसलाई सामान्य अर्थमा लिन्छन् । महिनाबारीमा सेक्स गर्ने कि नगर्ने त रु हिन्दू मान्यताले त महिलालाई छुनै नहुने भन्छ त्यसैले त्यो आधारमा हामीले कुरा गर्दैनौं तर स्वास्थ्यविज्ञानले भने यस्तो अवस्थामा पनि यौनसम्पर्क गर्न सकिने बताउँछ । मुख्य कुरा सरसफाईको भएकोले त्यसमा ध्यान दिने हो भने सेक्स गर्न महिनावारीले नछेक्ने स्वास्थ्यविज्ञानले बताउँछ । आउनुस् महिनावारी सेक्सका बारेमा केही तथ्यहरु थाहा पाऔं ।

 १ं महिनाबारी हुँदा सेक्स गर्न सकिन्छ तर यसका लागि कण्डमको प्रयोग अनिवार्य गर्नुपर्छ । योनीको कोमलता बढ्ने र पुरुषको लिंगको घर्षणले संक्रमणको सम्भावना हुने भएकोले कण्डमको प्रयोग गर्दा सुरक्षित सेक्स गर्न सकिन्छ । मासिकश्रावको बेला बग्ने रगत खराब हो, यसले हानी गर्छ भनेर डराउनु पर्दैन । यदि पुरुष र महिलामा कुनै यौनरोग छैन भने यसले फरक पार्दैन । तर यदि पुरुष या महिलाको यौनांगमा घाउ, खटिरा छ, घाउ छ या कुनै किसिमको यौनरोग छ भने यो निकै छिटो सर्न सक्छ । त्यसैले यो कुरामा विशेष ध्यान दिनुपर्दछ ।

 २ं महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । केही अवस्थामा भने महिनाबारी भएको बेला पनि गर्भ रहन सक्ने सम्भावना हुन्छ । खासगरी महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ । तर यो सम्भावना निकै न्यून हुन्छ । 

 
३ं यदि यौनसम्पर्क गर्दा लिंगमा रगत लागेमा डराउनु पर्दैन । तपाई घिनाउनु भएन र रगतलाई राम्रोसँग सरसफाई गर्नुभयो भने यसले हानी गर्दैन । 

४ं महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता गलत हो । महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन । 

५ंमहिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ भन्ने कुरा गलत हो । सम्भोगका बेला पाठेघर खुम्चिन्छ, जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्किने हुनसक्छ । यसो गर्दा अरु बेला जस्तो पछिल्लो रगत अलि समयपछि आउन सक्छ । तर यो सामान्य हो । 

५ं रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुन सक्छन्, पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।

 ७ं यौनसम्पर्क र्दा उभिएर या हलुका किसिमले पेटलाई बढी नथिच्ने किसिमले सेक्स गर्दा राम्रो हुन्छ । तर पुरुषले महिलालाई इच्छा छैन भने जबर्जस्ती भने गर्नु हुँदैन । 

८ं यसका साथै रगत बग्ने सम्भावना भएकोले पहिला नै रगत पुछ्ने कपडा या नेपकिन राखिराख्दा राम्रो कतिपय महिलाहरुले कपको पनि प्रया गनर्् र्दछन् । 

९ं रजस्वला भएका बेला मुखमैथुन गर्न मन लागे त्यो तपाईमा भर पर्छ । सकेसम्म यस्तो नगर्दा राम्रो । किनभने रजस्वलाको बेला रगत मुखमा लाग्न सक्छ । अर्को कुरा दांत या गिजामा कुनै संक्रमण भए त्यो सर्न सक्छ । तर तपाईले मुख मैथुन नगरी नहुने प्रण गर्नुभएको छ भने डेन्टल डामको प्रयोग गर्न सक्नुहुन्छ । तर हामी तपाईलाई सकेसम्म मुख मैथुन नगर्न सल्लाह दिन्छौं ।



mahina-wari-1483970113.jpg

siddhi-binayak-final-1479356695.gif
hetauda-futsal-1485253108.gif
final-sathiko-1479826310.gif
ss-circle-1484491572.gif
third-eye-educational-1485779620.gif
aaryatara-final-1487161177.gif
kingsman-tailor-1487157986.gif
websurfer-1480948045.gif


ताजा समाचार

२८०४ मत प्राप्त गर्दै कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित
kamal-thapa-1487598429.jpg
हेटौँडा,९ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अध्याधिक बहुमतले निर्वाचित भएका छन् । प्रदीपविक्रम राणालाई हराउँदै थापा...
भुटनदेविकी मनिशा भइन् वक्तृत्वकलामा प्रथम
हेटौँडा,९ फागुन स्वच्छ र पोषिलो खाना स्वस्थ जिवन हाम्रो चाहाना भन्ने नाराका साथ नवौं राष्ट्रिय खाद्य स्वच्छता दिवस मकवानपुरमा विविध कार्यक्रमको...
चर्चित गीता 'साइली' को फिल्म पनि बन्ने 
Saili_hemant-rana-1487586995.jpg
अहिले चर्चाको शिखरमा रहेको गीत साईलीको पनि फिल्म बन्ने कुराले अहिले बजार तातेको छ । चालिस कटेसी रमाउँला बोलको गीत युट्युबमा चालिस लाख भन्दा बढीले...
आइपिएल : पहिलोपटक अफगानी खेलाडी पनि खेल्ने, नाबी-३० लाख, रसिद-४ करोडमा बिके
ipl-2017-1487586404.jpg
हेटौँडा, ९ फागुन इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १० औं संस्करणमा आएर पहिलो पटक अफगानिस्तानका खेलाडी सहभागी हुने भएका छन् ।  अफगानिस्तानका ३२...
श्रीमानले आगो लगाएर नदेरु मुसहरको ज्यान लिए, निनु फरार
Rape-1487579540.jpg
हेटौँडा, ९ फागुन नवलपरासीको पक्लिहवा-९ मा एक व्यक्तिले श्रीमतीलाई जलाएर हत्या गरेका छन् । घरायसी विवादमा वर्ष ३५ का निनु मुसहरले ३३ वर्षीया श्रीमती...



लोकप्रिय समाचार

एमालेमा युवा प्रवेशको ओइरो, साढे ५ सय युवा एकै मञ्चबाट प्रवेश
IMG_2504-1486813873.JPG
हेटौँडा,२९ माघ, युवा संघ नेपाल मकवानपुरले आज हेटौँडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ युवाहरु एमालेमा प्रवेश...
उच्च अदालतद्वारा सडक भत्काउन रोक्न नपर्ने आदेश
aadesh-1486049966.jpg
   हेटौँडा,२० माघ हेटौँडामा जारी २५ मिटर फराकिलो अभियानमा आफुहरुलाई अन्याय भएको, नीजि घरमा डोजर चलाईएको भन्दै उक्त कार्यलाई तत्काल रोक्नको लागि २५...
भोलीबाट फेरी हेटौँडामा डोजर चल्ने ( काहाँ काहाँ चल्छ डोजर)
dojar4-1487429826.jpg
हेटौँडा,७ फागुन सरकारले गत माघ ४ गतेबाट सुरु गरेको हेसडक फराकिलो पार्ने कामले भोलिहबाट पुन निरन्तरता पाउने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका...
फागुन २ गतेसम्म घर नभत्काउन सर्वोच्चको अल्पकालिन आदेश ( यस्तो छ आदेश )
sarbacha-1486292512.jpg
हेटौँडा,२३ माघ हेटौँडामा जारी २५ मिटर फराकिलो पार्ने अभियानले आफुहरुलाई अन्यायमा पारेको भन्दै २५ मिटर क्षेत्र भित्र परेको रिट निवेदनमा सर्वोच्चले...
भोली डोजर चल्यो भने हामी लडाइँमा उत्रन्छौँ : अध्यक्ष न्यौपाने
chetana-bhaya-1487513882.jpg
हेटौँडा, ८ फागुन हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेले भोलीदेखि निजी घर भत्काउन डोजर चलेको खण्डमा संरक्षण समिति लडाईँमा...