National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

यी हुन चुनाबी मैदानमा होमिएका कलाकारहरु

Kalakar_T9GkAJmtyw-630x37-1510141206.jpg

काठमाडौँ 22 आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति अगाडि थुप्रै कलाकर्मी उमेदवार बन्ने दौडमा थिए । जसमा अभिनेत्री रेखा थापा, गायिका कोमल वली, कलाकार निर्देशक नीर शाह, निर्माता रमेशजंग रायमाझी, निर्माता–नायक–निर्देशक रोज राणा, सहाबहार अभिनेत्री करिस्मा मानन्धर लगायत थुप्रै कलाकर्मीका नाम चर्चामा थियो । तर, समानुपातिकको बन्द सूची र प्रत्यक्षतर्फको अन्तिम नामावली बुझाउने मिति पछि भने केही चर्चामा रहेका र केही चर्चा भन्दा बाहिर रहेका कलाकर्मी उम्मेदवारको रुपमा अगाडि देखिए ।

उम्मेदवार बनेका कलाकर्मी नेकपा एमाले बाहेकको दलबाट देखिएका छन् । यो निर्बाचनमा एमालेबाट कोमल वली देखिने चर्चा धेरै पहिले चले पनि एमालेले अन्तिम समयमा आएर वलीलाई पत्याएनन् । यो निर्वाचनमा को–को कलाकर्मी कहाँबाट उम्मेदवार बने ।

करिश्मा मानन्धर
नेपाली चलचित्रमा सदाबहार नायिकाको छवि बनाएकी करिश्मा नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छिन् । प्रतिनिधिसभातर्फ उनको नाम समानुपातिक सूचीमा एक नम्बरमा राखिएको छ । नयाँ शक्ति पार्टीले देशभर खसेको कूल मतबाट ३ प्रतिशत मत ल्याउन सफल भए उनी प्रतिनिधिसभा सांसद बन्नेछिन् । उनी पार्टीको केन्द्रीय कार्यकारीणी समिति सदस्य पनि हुन् । पछिल्लो समय चलचित्र र निर्माण भन्दा उनी राजनीतिमा सक्रिय रहँदै आएकी छन् । थुप्रै चलचित्र अभिनय गरेकी करिश्माले आधा दर्जन जति चलचित्र समेत बनाएकी छन् ।

प्रदीप कुमार उदय
निर्माता, प्रदर्शक र बितरकको परिचय प्रदीपको चलचित्र क्षेत्रमा बनेको छ । उनी राप्रपा प्रजातान्त्रीका तर्फबाट प्रदेश नम्बर ५ को प्रदेश सदस्यका उम्मेदवार बनेका छन् । राप्रपा प्रजातान्त्रीका केन्द्रीय प्रवक्ता समेत रहेका उनी अहिले चुनाव प्रचार प्रसारमा होमिइ सकेका छन् । रुपन्देहीका प्रभावसाली नेतामा समेत गनिदै आएका उनी मिडियाकर्मी पनि हुन् । उनी अध्यक्ष रहेको स्टार एफ.एमको नेपाली मिडियाको दुनियाँमा अलग्गै पहिचान छ । उनी पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रचार हुँदै आएको सामाजिक श्रृखला ‘परिचय’ अभिनयमा समेत देखिदै आएका छन् ।

नवल खड्का
चलचित्रका नायक तथा निर्माता हुन् नवल । नजिकिदै गरेको निर्वाचनमा उनी उम्मेदवारको रुपमा आगाडी देखिएका छन् । केही पहिलेसम्म चुपचाप रहेका उनले सहकर्मीलाई चकित तुल्याउदै उमेदवार बनेका छन् । राष्ट्रिय चासोको बिषयमा चलचित्र निर्माण गरेर जनचेतना जगाउने कार्यमा सक्रिय रहँदै आएका उनलाई नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं. १ बाट प्रदेशसभा तर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरेको हो । छुट्टै राष्ट्रिय चलचित्र निर्माता संघ नेपाल खोलेर ब्यवसाहिक निर्माताहरुको हकहितका खातिर आवाज उठाउँदै आएका नवल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष पनि हुन् । उनले आफ्नो कार्यकालमा कलाकार सम्बृद बनाउन विभिन्न अभियान समेत सञ्चालन गरेका थिए । कलाकारले सरकारबाट राष्ट्रिय परिचय पत्र पाउनुको पछाडी नवलको पनि महत्वपूर्ण योगदान रहेको छ । नवल भारतीय सीमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ता पनि हुन् । नवलले ‘दशगजा’, ‘भीमदत्त’ जस्ता चलचित्र राष्ट्रिय विषयमा निर्माण गरेका थिए ।

राज घिमिरे
केही बर्ष पहिले निर्माण भएको चलचित्र ‘चपली हाइट’बाट अभिनयमा देखिएका राज यो निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । उनलाई माओवादी केन्द्रले प्रदेश नम्बर ३ ललितपुर जिल्लाको क्षेत्र १ बाट समानुपातिकमा सिफारिस गरेको छ । गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि ललितपुरकै गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका उनी थोरै मतको अन्तरलले पराजित भएका थिए । उनलाई अहिले फेरी माओवादी केन्द्रले उम्मेदवारको रुपमा अगाडि सारेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भन्ने नार घन्काउँदै आएका घिमिरे स्थानिय तहमा हुने भ्रष्टचारको विरुद्द समेत लड्दै आएका व्यक्ति हन् ।

मदुकुमार श्रेष्ठ
नायक तथा निर्माता मदुकुमार नेपाली काँग्रेस धादिङ क्षेत्र न १ को प्रदेश सभा (क)को प्रदेश सभासदका प्रत्यक्ष उम्मेदवार बनेका छन् । बामगठबन्धनबाट अगाडि आएका राजेन्द्र पाण्डेका उनी प्रतिद्वन्द्वी हुन् । ‘बजार’ चलचित्रमा लगानी गरेर कलाक्षेत्रमा प्रवेश गरेका उनले बनाएको चलचित्र ‘बिन्दाश’ र ‘बिन्दाश २’ पनि हो । यी दुबै चलचित्रका उनी नायक को रुपमा समेत थिए । वर्ष २०७२ मा देशले महाभूकम्पको चपेटा भोगेको समयमा उनीस्थानिय क्षेत्र लगायत देशका बिभिन्न भागमा राहत लिएर पुगेका थिए । स्वस्थ्य, शिक्षा र रोजगारका नारा उनले अहिले अगाडी सारेका छन् रातोपाटीबाट




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...