National Flag Thursday 17th of August 2017, 7:36:22 am
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

युद्ध र न्यायपूर्ण युद्धको महत्व


गोकुल दहाल

युद्ध आफैमा अप्रीय लाग्ने तर निरन्तर अभ्यास र प्रयोगमा आउने परिस्थिती हो । मानिसले मन मनमा अस्विकार र बिरोध दर्शाइरहँदा पनि व्यवहारमा छुटकारा नपाउने र यो वा त्यो रुपमा पक्षधरताको आधारमा संलग्नता रहिररहने अर्थमा मानिस युद्धबाट अछुत रहन सक्दैन । 
सामान्यत मानव सभ्यताको विकास प्रक्रिया नै युद्धको गाथा हो । मासिनले आफ्नो अस्थित्वको प्रारम्भिरक कालदेखि नै प्रकृतिसँगको संघर्ष होस् या नीजि सम्पत्तको प्रार्दुभावसँगै त्यसको रक्षा र विस्तारको लागि र त्यसको प्रतिरोधमा सञ्चालित युद्धको आरोह अवरोह पार गर्दै आईरहेको छ । वर्गीय आवश्यकताको आधारले हेर्दा युद्ध दुई प्रकारको दुई प्रकारका हुन्छन् ः (क) न्यायपूर्ण युद्ध (ख) अन्यायपूर्ण युद्ध । 
मानिसले मानिसमाथि गरिरहेको दमन शोषण अन्याय अत्याचार जस्ता क्रिायाकलाप र परिपाटी कानूनी मुल्य मान्यतालाई प्रतिरोध गर्न सञ्चालित युद्ध न्यायपूर्ण युद्ध हो भने शोषण दमन र अन्याय अत्याचारका उदेश्य सहित नियम कानूनी मुल्य मान्यता परिपाटी टिकाउन चलाईने युद्ध अन्ययपूर्ण युद्ध हो । अन्यायपूर्ण युद्धको उदेश्य शोषण,दमन र असमानतालाई जारी राख्नु हो । अर्थात युद्ध जारी राख्नु हो भने न्यायपूर्ण युद्धको उदेश्य युद्धको अन्त्य गर्नु हो । यसरी हेर्दा अन्यापूर्ण युद्धको बिरुद्ध अर्थात युद्धको अन्त्यका लागि न्यायपूर्ण युद्ध विश्वको अपरिहार्य आवश्यकता हो । 
युद्धबारे माओ भन्नुहुन्छ,‘युद्ध भनेको वर्गहरु, जातीहरु, राज्यहरु वा राजनीतिक समुहहरुकाबीच अन्तरबिरोध कुनै निश्चित चरणसम्म विकसित भएपछि त्यसको समाधानार्थ गरिने संघर्षको उच्च रुप हो । र नीजि सम्पत्ति तथा वर्गहरुको उत्पतीदेखि नै यसको अस्थित्व रहेको छ ।’ 
रस्किन युद्धबारे भन्नुहुन्छ, ‘शान्तिका सबै पवित्र एवं उत्तम कलाहरु युद्धमा नै प्राप्त भएका छन् । राष्ट्रका  महान् राष्ट्र नायकहरुले आफ्नो भनाईको क्षमत र विचारको क्षमता युद्धमा नै बुझ्न सके । यिनीहरु युद्धमा शक्तिशाली र शान्तिमा जिर्ण भए । एक शब्दमा युद्धमा जन्मिएर शान्तिमा लोप भए ।’
सुन जु को भनाईमा, ‘युद्ध राज्यको महान् कार्य हो । जीवन र मृत्युको संगम हो, सुरक्षा र पतनको मार्ग हो । यो भारी महत्वका साथ अध्ययन गर्ने महत्वपूर्ण विषय हो ।’
उल्लेखित भनाईहरुबाट बुझन् सकिन्छ की युद्ध सामाजिक वर्गहरुकाबीचमा गती पैदा गर्ने एउटा महत्वपूर्ण घटना हो ।  न्याय समानता सम्पत्तिमा सार्वजनिक स्वामित्वका लागि श्रमजिवी वर्गले कुलिन वर्गको लुटको राज्यले एन, नियम, कानूनको साहारामा थोपरेको युद्धको प्रतिवाद, प्रतिरोधका निम्ति सञ्चालन गर्नैपर्ने एउटा गहन प्रक्रिया चै न्यायपूर्ण युद्ध हो । यस प्रकारको युद्धमा श्रमजीवीहरु शक्तिशाली भए र शान्तिकालमा यिनीहरु लोप हुने रहेछन् । वास्तममा युद्ध आफ्नो अस्थित्व रक्षा र बिरोधीहरुको पतनका लागि संचालन गरिने बिचारद्वारा निर्देशित शैन्य प्रक्रिया रहेछ । युद्ध, युद्धका लागि की युद्ध, युद्ध अन्त्यका लागि भन्ने विषय चै सर्वाधिक महत्वको विषय रहेछ । त्यसकारण कुलिन वर्गले, शाषक वर्गले र शक्तिशाली राष्ट्रले श्रमजिवी वर्गलाई, शासित जनसमुदायलाई र कमजोर तथा गरिव राष्ट्रलाई थिचोमिचो, अन्याय र शोषणका प्रक्रियाहरु लाद्न र जारी राख्न वर्तमान विश्वमा सञ्चालित युद्धहरु अन्यायपूर्ण युद्ध हुन् । यस्ता युद्धहरु मानव समाज र सभ्यताको हितमा छैनन् । यी युद्धहरु युद्धका लागि जारी रहिरहने युद्ध हुन् । मानव जातीको हित बिपरित वर्तमान विश्वमा भईरहेका युद्धको अन्त्यका लागि न्यायपूर्ण युद्ध सञ्चालन गर्नैपर्ने भएको छ । हाल प्रतिरक्षात्मक जस्तो देखिएपनि न्यापूर्ण युद्धको आवश्यकता र महत्व मानव समाज र सभ्यताको रक्षका हिसावले पनि महत्वपूर्ण हुँदै गएको छ ।
आदिम युगमा जनावरहरुबाट बच्न र सिकार गर्न युद्धको महत्व थियो । क्रमशः मानिसले अरुको आक्रमणबाट बच्न र अक्रो समुहलाई आक्रमण गर्न युद्धको प्रयोग गर्न थाल्यो । हुँदै जाँदा दास,मालिक,सामन्तहरु र पूजिँपतिहरुले गर्ने शोषण,दमन,अन्याय,अत्याचारबाटा छुटकारा पाउन र स्वतन्त्रता हाँसिल गर्न दासहरु किसानहरु र मजदुरहरुले युद्ध लडे । आजको विश्वमा साम्रज्यवाद,बिस्तारवादले युद्ध,पुँजी र प्रविधिमार्फत कमजोर राष्ट्र र श्रमजीवि जनसमुदायमाथि थोपरेको उपनिवेश, शोषण,दमन,अन्याय,अत्याचारको बिरुद्ध स्वतन्त्रता,स्वाभिमान,मानवता र मानव सभ्यताको मुल्य स्थापित र रक्षा गर्न युद्धको महत्व झन सर्वाधिक बनेको छ । न्यायपूर्ण युद्ध विश्वमै अनिवार्य भएको छ । 

दहाल नेकपा माओवादी निकट अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनका केन्द्रीय सदस्य हुन्




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो
t-u-1502891213.png
भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११...
हेटौँडामा हुने राप्रपाको केन्द्रीय कमिटि बैठकको तयारी पुरा
rppp-mainnnnnnn-1502885394.jpg
हेटौँडा,३२ साउन भोली भदौ १ गतेबाट हेटौँडामा हुने राप्रपाको विषेश केन्द्रीय समितिको बैठकको तारी पुरा भएको छ । हाल हेटौडामा एक सयको सङ्ख्यामा...
 १ सय १ वर्षकी महिला बनिन् आमा
babye-1502882885.jpg
आमा बन्नका लागि उमेरको सीमा जो मानिस बाँधिएका हुन्छन् उनीहरुलाई इटलीकी यी १ सय १ वर्षकी एक महिलाले गलत सावित गरिदिएकी छिन् । १ सय १ वर्षीय महिलाले...
आइन्स्टाइनले पत्नीलाई लेखेको चिठी २२ लाखमा लिलाम
instine-1502880633.jpg
हेटौँडा, ३२ साउन, एकजना श्रीमानले आफ्नी श्रीमतीलाई लेखेको चिठीको मूल्य कति होला रु सायद त्यस्तो चिठीको मूल्य श्रीमतीलाई चाहिँ अमूल्य हुनसक्छ अनि...
चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, केही सैनिक घाइते
sainik-1502879857.jpg
हेटौँडा, ३२ साउन,  चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ । पछिल्लो तनाव लद्दाख...
narayani-mall-1501826603.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif