National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

राजाराम स्याङ्तान बिरुद्ध इन्द्र बानीया –कस्को पल्ला भारी ? यस्तो छ अवस्था

rajaram-vs-indra-baniya-1509690456.jpg

हेटौँडा,१७ कार्तिक,
आउँदो मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि हिजो कार्तिक १६ गते मनोनयन दर्ता सम्पन्न भैसकेको छ । मकवानपुरमा रहेको दुई वटा प्रतिनिधिसभा तथा ४ वटा प्रदेसभामा मकवानपुरका ६८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । 
यो पटक मकवानपुरको दुबै प्रतिनिधिसभाको चर्चा त छदैछ त्यो संगसगै प्रदेशसभाको पनि उत्तिकै चर्चा छ । यो पटक सबैभन्दा धेरै चर्चा भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) को रहेको छ । जहा दुबै निवर्तमान सांसदहरु  चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका इन्द्रबहादुर बाँनीया र एमाले नेता राजाराम स्याङ्तानबिचको भिडन्त रोचक हुने संभावना देखिएको छ । 
मनोनयन दर्ताको अन्तिम समयसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट प्रत्यक्ष उम्मेद्वार बन्ने हल्ला गरेका बाँनीया आखिर उनको क्षेत्र छाडेर क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) मा उम्मेद्वार बन्न पुगे । लोकतान्त्रिक गठबन्धनको कारण कमल थापालाई आफ्नो क्षेत्र छोकेका बाँनीयाको प्रवेशपछि उक्त क्षेत्रको भिडन्त रोचक बनेको हो । 
बाँनीयाको प्रवेशपछि यो क्षेत्रमा चुनावी गफगाफ अझ बढने भएपनि उत्त क्षेत्रमा विजयी हुनभने बाँनीयालाई जति असहज छ त्यतीनै वाम गठबन्धनको लागि सहज हुने अनुमान गर्न सकिन्छ । मकवानपुरको मनहरी गाउँपालिका, राक्सीराङ गाउँपालिका, कैलाश गाउँपालिका तथा हेटौँडा उपहानगरपालिकाको ३ र १९नंबर वडा रहेको उक्त क्षेत्रमा वाम गठबन्धनकै पल्ला भारी देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई विश्लेषण गर्ने हो भने वाम गठबन्धनका स्याङ्तानले सहज विजय प्राप्त गर्ने देखिन्छ । 
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मनहरी गाउँपालिका, कैलाश गाउँपालिका तथा हेटौँडाको ३ र १९ मा एमाले विजयी भएको थियो भने राक्सीराङ गाउँपालिकामा भने कांग्रेस बिजयी भएको थियो । उक्त निर्वाचन परिणामलाई हेर्दा मनहरीबाट एमालेले र माओवादीको गठबन्धनले ७ हजार ४ सय ९७  मत प्राप्त गर्दा कांग्रेस र राप्रपाको गठबन्धनले भने ५ हजार १ सय ५५ मत प्राप्त गरेको थियो । त्यसैगरी कैलाश गाउँपालिकामा वाम गठबन्धनले ५ हजार १ सय ३७ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनले २ हजार ७ सय ९४ मत ल्याएको थियो । त्यसैगरी राक्सीराङ गाउँपालिकामा वाम गठबन्धनले ५ हजार ९ मत ल्याउदा लोकतान्त्रिक गठवन्धनले ३ हजार ६ सय ३१ मत प्राप्त गरेको थियो । उक्त प्रदेश अन्र्तगत पर्ने हेटौँडाको वडा नंबर ३ मा वाम गठबनधनले १ हजार ३ सय ३२ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनले ९ सय ४३ मत ल्याएको थियो । त्यस्तै वडा नंबर १९ मा वाम गठबन्धनले ९ सय ७ मत ल्याउदा लोकतान्त्रिक गठबन्धनले १ हजार ९४ मत प्राप्त गरेको थियो । 
समग्रमा हेर्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) मा वाम गठबन्धनले १९ हजार ८ सय ८२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनले १३ हजार ६ सय १७ मत प्राप्त गरेको थियो भने मतान्तर ६ हजार २ सय ६५ रहेको थियो । यसरी हेर्दा उक्त क्षेत्रमा वाम गठबन्धनबाट उम्मेद्वार बनेका एमालेका राजाराम स्याङ्तानको जित सुनिश्चित देखिन्छ । 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...
चलचित्र ‘लुट–२ ’ युट्युवमा सार्वजनिक
lut22-1511084272.jpg
निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र‘ लुट २ ’ चलचित्र हाईलाईट्स नेपालको युटुब च्यानलमा सार्वजनिक भएको छ ।लुट को सिक्वेलमा बनेको...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...