National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

लेखाजोखा :मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा वाम गठबन्धनको पल्ला भारी

lekhaji=okha-1507734247.jpg

हेटौँडा,२५ असोज,
आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको तयारीमा अहिले राजनीतिक दलहरु लागेका छन् । सबै दलहरु आ आफ्नो तयारीमा लागेको समयमा विभिन्न पार्टीहरुको तालमेलले गर्दा नेपालि राजनीति तरंगित बनेको छ । तालमेलको असर मकवानपुरमा समेत पर्ने संभावना देखिएको छ । 
मकवानपुरमा हाल दुई वटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको छ । जसमा प्रतिनिधिसभा क्षेत्र नंबर १ का अहिले सबैको ध्यान गएको छ । कारण प्रतिनिधिसभा क्षेत्र नंबर १ का राप्रपा अध्यक्ष कमल थापा, कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर वानीया समेत प्रतिस्पर्धामा रहेका छन् । त्यहा एमालेबाट कृष्ण प्रसाद दाहाल तथा अनन्त पौडेल मध्ये एकजनाले टिकट पाउने निश्चित छ । 
यो पटकको निर्वाचन दुई गठबन्धबिच हुने संभावना बढेकोले पनि क्षेत्रका नागरिकहरु चुनावी लेखाजोखामा ब्यस्थ रहेको छन् । उनीहरुले लेखाजोखालाई गत बैहाख ३१ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर गरेका छन् । हामीले पनि सोहि निर्वाचनको परिणामलाई प्रमुख आधार मानेर वाम गठबन्धन तथा कांग्रेस राप्रपाको संभावित गठवन्धको चुनावी लेखाजोखा गरेका छौ ।
क्षेत्र नंबर १ का हेटौँडा उपमहानगरपालिकाको १५ वडाहरु पर्दछन् । जहा वडा नंबर १,११,३ र १९ भने पर्दैन् । त्यसैगरी पुर्वी मकवानपुरको वागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुर गढी गाउँपालिकाको ४ वटा वडाहरु  रहेका छन् ।  यहा आउँदो प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन र कांग्रेस राप्रपा गठबन्धनबिच प्रतिस्पर्धा हुने देखिएको छ । 
स्थानीय तह निर्वाचनको मत परिणामलाई मध्यनजर गर्दा पुर्वि मकवानपुरको वागमती गाउँपालिकामा वाम गठबन्धनै माओवादी विजयी हुँदा एमाले दोश्रो तथा कांग्रेस तेश्रो भएको थियो । जहाँ माओवादीले ३ हजार २ सय २१ मत प्राप्त गर्दा एमालेले ३ हजार ८६ तथा कांग्रेसले ३ हजार ३७ मत प्राप्त गरेको थियो । वागमतीमा राप्रपाले १ हजार ३ सय ४२ मत प्राप्त गरेको थियो । जसअनुसार यहा एमाले र माओवादी गठबन्धनको ६ हजार ३ सय ७ मत तथा कांग्रेस र राप्रपाको ४ हजार ३ सय ७९ हुन आउँछ । 
पुर्वी मकवानपुरकै बकैया गाउँपालिका विजयी नेपाली कांग्रेसले ४ हजार ५ सय ४४ मत ल्याउँदा दोश्रो भएको एमालेले ४ हजार ४ सय ७२ मत ल्याएको थियो । यहा माओवादी केन्द्रले ३ हजार १ सय ९९ मत प्राप्त गर्दा राप्रपाले भने १ हजार ६ सय ६३ मत प्राप्त गरेको थियो । वागमती गाउँपालिकामा पनि वाम गठबन्धनको मत धेरै देखिन्छ । जसअनुसार वाम गठबन्धनको ७ हजार ६ सय ७१ मत हुन्छ भने कंग्रेस र राप्रपाको मत गरि ६ हजार २ सय ७ हुन्छ ।  
यता हेटौँडा उपमहानगरपालिकाको चार वटा वडा बाहेक वाम गठबन्धनको २७ हजार ५ सय १५ हुन आउँछ भने कांग्रेस र राप्रपाको २० हजार १ सय ८६ हुन आउँछ । त्यसैगरी मकवानपुर गढी गाउँपालिकाको चार वटा वडाहरुमा वाम गठबन्धनको लागि २ हजार ४ सय १ मत प्राप्त हुँदा कांग्रेस र राप्रपाको लागि २ हजार ६ सय २४ मत प्राप्त हुन्छ ।
यसरी हेर्दा प्रतिनिधिसभा क्षेत्र नंबर १ मा वाम गठबन्नको पल्ला भारी देखिन्छ । जहाँ वाम गठबन्धनले ४३ हजार ९ सय मत प्राप्त गरेका थिए भने माओवादी र राप्रपाको तालमेल भए उनीहरुको ३५ हजार ३ सय ३७ मत आएको थियो । स्थानीय तहको परिणामलाई हेर्दा प्रतिनिधिसभा क्षेत्र नंबर १ मा वाम गठबन्धनले करिब ९ हजार मतान्तरले नतिजा आफ्नो पक्षमा पार्ने संभावना देखिएको छ । 
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...