National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

समूह उपविजेता बन्दै नेपाल पहिलो पटक सेमिफाइनलमा

nepal-cricket-team-750-1510670861.jpg

काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए को उपविजेता बन्दै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह विजेता बनेको बंगलादेशको ६ अंक र उपविजेता बनेको नेपालको ४ अंक रह्यो ।

यो समूहमा रहेका भारत २ अंकसहित तेस्रो स्थान र मलेसिया अंकविहीन अन्तिम स्थानमा रह्यो । प्रतियोगिताको अघिल्लो संस्करणको विजेता भारत आज बंगलादेशसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको छ । नेपाली टोली इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । समूहको अन्तिम खेलमा नेपालले आज बिहान मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य नेपालले ५.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालका लागि अनिलकुमार साहले २६ रन बनाए । उनले १५ बल खेल्दै तीन छक्का र एक चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले तीन बल खेल्दै दुई छक्का प्रहार गरी १२ रन बनाए । आशिफ शेखले चार तथा भीम सार्कीले अविजित तीन रन बनाए ।

बलिङतर्फ मलेसियाका विजय उन्नीले दुई विकेट लिए ।यसअघि वर्षाका कारण निर्धारित ५० ओभरको खेललाई २४ ओभरमा घटाइएको थियो । मलेसियालाई न्यून स्कोरमा सीमित गर्ने क्रममा नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र शहाब आलमले दुई÷दुई तथा अनिल शाहले एक विकेट लिए । मलेसियाका लागि यइद अजिज मुबारकले २० रन तथा कप्तान विरनदीप सिंहले १० रन बनाए ।त्यसैगरी, नेपालले आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो । नेपालले सेमिफाइलनलको दोस्रो खेल आगामी शुक्रबार ग्रुप बी का विजेता अफगानिस्तानसँग खेल्नेछ । पहिलोमा बंगलादेश र पाकिस्तान बिहीबार खेल्नेछन् ।




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...