National Flag Monday, 20 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

साकाहारी कि मांसाहारी ?

vegetables-1510660770.jpg

 कार्तिक २०७४ संसारभर साकाहार र मांसाहारलाई ठूलो मुद्दा बनाइएको छ । दुवैका पक्षपातीले आ–आफ्ना पक्षमा अनेकौँ तर्क प्रस्तुत गर्छन् । जानौँ दुवै आहारबारे केही तथ्य :
१. साकाहारमा रूख–बिरुवाबाट उत्पादित वनस्पतिजन्य भोजन पर्छन् । विभिन्न अनाज, दाल, फल, तरकारी आदि।
२. विभिन्न पशुबाट प्राप्त हुने दूध र दूधबाट बनेका अनेकौँ सामग्री पनि साकाहारकै श्रेणीमा आउँछन्।
३. ‘ल्याक्टो भेजिटेरियन’मा वनस्पतिमा आधारित भोजनका साथै डेरी उत्पादन सम्मिलित हुन्छन्।
४. ‘ओभो भेजिटेरियन’ श्रेणीमा वनस्पतिमा आधारित भोजनका साथै अन्डा पनि सेवन गरिन्छ।
५. ‘ओभो ल्याक्टो भेजिटेरियन’ श्रेणीमा वनस्पतिमा आधारित साथै अन्डा एवं डेरी उत्पादन सम्मिलित हुन्छन्।
६. ‘सेमी भेजिटेरियन’ श्रेणीमा ‘ओबो ल्याक्टो भेजिटेरियन’का साथै माछा र चिकेन सम्मिलित हुन्छन्।
७. शुद्ध साकाहार श्रेणीमा मह, डेरी उत्पादन र अन्डा, माछासहित पशुबाट प्राप्त हुने कुनै पनि उत्पादन पर्दैनन्।
८. साकाहार भोजनले आत्मविश्वास दिन्छ।
९. साकाहार भोजनमा बोसोको मात्रा कम हुन्छ।
१०. साकाहार भोजनमा रेसा (फाइबर) प्रशस्त मात्रामा हुन्छ।
११. अधिकांश साकाहार भोजनलाई हाम्रो पाचनतन्त्रले छिटै पचाउँछ ।
१२. विभिन्न धर्मले साकाहार भोजनलाई सात्त्विक मानेका छन् । सात्त्विक  भोजन शान्ति, एकाग्रता, करुणा, प्रेम, दया जस्ता गुणका लागि प्रख्यात छ। १३. साकाहार भोजनमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ।
१४. साकाहार मानिसको रोग प्रतिरोधक क्षमता मांसाहारभन्दा बढी हुन्छ।
१५. साकाहार भोजनले प्रोस्टेट र कोलोन ग्रन्थीको क्यान्सर हुने खतरा न्यून हुन्छ । साथै महिलामा हुने स्तन क्यान्सरको सम्भावना पनि कम हुन्छ ।
१६. अनाज, फल, तरकारीमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले अनेक रोग हुनबाट जोगाउँछ ।

साकाहारका बेफाइदा
१७. साकाहार मात्रै गर्ने प्राणीमा भिटामिन बी– १३, जिंक, ओमेगा– ३, भिटामिन डि– ३, सल्फर कमी हुन सक्छ ।
१८. साकाहार भोजनमा उपलब्ध आइरनलाई मानव शरीरले अवशोषित गर्न सक्दैन । यसले शरीरमा आइरनको कमी हुनुका साथै रगतको कमी हुन सक्छ ।१९. खासगरी, महिलामा महिनावारीमा यसको समस्या हुन्छ।

मांसाहार
२०. संसारभरि साकाहारको तुलनामा मांसाहार बढी प्रचलित छ । विदेश जाँदा तपाईं साकाहारी हुनुहुन्छ भने तपाईंलाई भोजनमा समस्या आउँछ । २१. माछाबाट प्राप्त हुने ओमेगा– ३ ले हृदय रोग र क्यान्सरजस्ता रोगबाट रक्षा गर्छ ।
२२. मांसाहारबाट उपलब्ध हुने फोस्फोरस शरीरले सजिलै अवशोषित गर्छ । शरीरलाई चाहिने फोस्फोरस मांसाहारबाट प्राप्त हुन्छ । क्याल्सियमपछि शरीरमा सबैभन्दा बढी फोस्फोरस नै चाहिन्छ ।
२३. मांसाहार भोजन आइरन र भिटामिन बी–१२ ले भरिपूर्ण हुन्छ । मांसाहारमा प्रोटिन बढी हुनुका साथै प्रोटिनको गुणस्तर पनि राम्रो हुन्छ ।
२४. मांसाहारी भोजनमा जिंक र सेलेनियमको पर्याप्त मात्रा हुन्छ ।
२५. मांसाहारबाट प्राप्त प्रोटिनमा केही यस्ता एमिनो एसिड प्राप्त हुन्छन्, जुन शारीरिक र मानसिक शक्तिका लागि आवश्यक छन् ।
२६. आयुर्वेदका अनुसार मानव शरीरमा तीन प्रकार शारीरिक प्रकृति हुन्छन्, वात, पित्त र कफ । आयुर्वेदले वात प्रकृतिलाई मासु खान छुट दिन्छ । पित्त प्रकृतिलाई यो निषेध गरिएको छ । कफ प्रवृत्तिवालालाई यदाकदा मासु खान छुट दिन्छ ।
२७. चरकले पनि शारीरिक क्षय, दौबल्यतामा मासु खान अनुमति दिएका छन् ।
२८. मासुजन्य भोजनमा पाइनेजति पोषक तŒव साकाहार भोजनमा सहज उपलब्ध हुन्छन् ।

मांसाहारका बेफाइदा
२९. हालैका शोधबाट थाहा भएको छ कि मांसाहारले क्यान्सरको खतरालाई निम्त्याउँछ ।
३०. हाई ब्लड प्रेसरको खतरा पनि मांसाहारले बढाउँछ ।
३१. मांसाहारमा खासगरी ‘रेडमिट’मा ‘कोलेस्ट्रोल’को मात्रा बढी हुन्छ । यसले रक्तबाहिकालाई अवरुद्ध गरेर ‘ब्लड प्रेसर’ बढाउने एवं हृदय रोग निम्त्याउँछ । ३२. मांसाहारले अपच, अजीर्ण र पाचनसम्बन्धी रोगको सम्भावनामा वृद्धि गर्छ ।
३३. ‘कन्स्टिपेसन’ र ‘एसिडिटी’को समस्या मांसाहारले बढाउँछ ।
३४. मांसाहारले साकाहारको तुलनामा मोटोपनको समस्या बढाउँछ ।
३५. मांसाहारले शरीरमा अधिक मात्रामा प्रोटिन सञ्चित हुन जान्छ । यसले अनेकौँ रोग हुने सम्भावनामा वृद्धि हुन्छ ।
३६. पशुलाई निम्न स्तरको भोजन एवं अनेक औषधि दिइन्छ । यस प्रकारको मासुको सेवनले मानव शरीरमा अनेक विकार हुन सक्छन् ।
३७. मांसाहार भोजनमा रेसा (फाइबर)को अभाव हुन्छ । वैज्ञानिकका अनुसार आन्द्रा र फोक्सोको क्यान्सर हुने सम्भावना मांसाहारीहरूमा प्रबल हुन्छ । ३८. ‘किड्नी स्टोन ओस्टोपोरोसिस’ हुने सम्भावना पनि मांसाहारीमा बढी हुन्छ ।
मांसाहार र साकाहार दुवैका फाइदा र बेफाइदा छन् । रुचि तपाईंको हो, के रोज्ने ? जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला, पिरो न्यून हुनुपर्छ । साथै योग र व्यायामलाई दिनचर्या बनाउनुपर्छ । साकाहारीले सकेसम्म अग्र्यानिक उत्पादन प्रयोगमा ल्याउनुपर्छ । यदि तपाईंको रुचि मांसाहारी हो भने यसका साथै तपाईंले फाइबरयुक्त भोजन पनि थप्नुपर्छ ।(ज्ञानमित्रको प्रकाशोन्मुख पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’बाट)




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
1511082294gyanendra-1511103952.jpg
काठमाडौं, मंसिर ३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी...
मउवा संघमा अधिकारी र श्रेष्ठकाे उम्मेदवारी 
raju-and-pratima-1511094920.jpg
हेटाैंडा - व्यवसायीहरुकाे नेतृत्वदाई सस्था मकवानपुर उद्योग बाणिज्य संघकाे अासन्न निर्वाचनमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष र...
अंकमाल गर्दे पेरिसडाँडामा प्रचण्ड र बाबुराम रोएपछि
baburam-1511093601.jpg
काठमाडौं, ३ मंसीर । प्रकाश दाहालको निधनको खबरले गोरखाबाट काठमाडौं आइपुगेका डा। बाबुराम भट्टराई र पुत्र शोकमा रनथनिएका माओवादी केन्द्रका...
चितवनमा हुने वाम गठवन्धनको चुनावीसभा स्थगित नहुने, प्रचण्ड र ओलीले संवोधन गर्ने
waali-1511092139.jpg
मंसिर ३ वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै...
थाहा कला केन्द्र, आगामी उद्देश्य
thaha-1511091569.jpg
थाहा,३ मंसिर, , कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
प्रकाशको अन्तिम फोन बुबा प्रचण्डलाई, यस्तो भनेका थिए प्रकाशले
prakash-1511067398.jpg
काठमाण्डौ,३ मंसिर, माओवादी केन्द्र्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधनपछि काठमाण्डौस्थित नर्भिक अस्पतालमा उनका आफन्त,...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...