National Flag Thursday 19th of January 2017, 7:56:42 am
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif

स्ववियु चुनाव फागुन १४ मा, २८ वर्ष उमेर हद तोकियो

TU-Building-1483535408.jpg


 २० पुस, काठमाडौं ।
 बिगत ८ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय सभा ९सिनेट०को बुधवारको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । २०६५ सालमा भएको स्ववियु निर्वाचन त्यसयता बिभिन्न विवाद र असहमतिका कारण हुन सकेको छैन । त्रिवि नियमअनुसार प्रत्येक २ वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ ।
२८ वर्ष उमेर हद

सिनेट बैठकले स्ववियु निर्वाचनमा उम्मेदवार हुने उमेर हद २८ वर्ष कायम गरेर फागुन १४ को मितिमा सहमति जनाएको त्रिवि सभा सदस्य एवम् अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बताइन् ।
यसअघि उमेर विवाद लगायत अन्य विषय सहजीकरण गर्न मंसिरको सिनेट बैठकले शिक्षाध्यक्ष डा। सुधा त्रिपाठीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलमा अखिल, नेविसंघ र अखिल क्रान्तिकारीका अध्यक्ष पनि थिए ।
अब चुनाव हुँदैन कि भन्ने आशंका अन्त भएको लामाले बताइन् । उनले निर्वाचनको मिति घोषणाले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिइन् । लामाले भनिन्, ‘अखिल स्ववियु निर्वाचनमा कहिल्यै दोस्रो भएको छैन, हाम्रो लागि चुनाव जसरी पनि चाहिएको थियो ।’
नेविसंघ अध्यक्ष नैनसिंह महरले पनि अब निर्वाचन तोकिएकै मितिमा हुने बताए । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले स्ववियु निर्वाचनको मितिमा अब तलमाथि नहुने प्रतिक्रिया दिए ।
स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेर हद तोकिएको छ । सर्बोच्च अदालतले समेत आदेश दिइसकेको विषय भएकाले २८ वर्ष कटेकाले उम्मेदवार बन्न नपाउने सहमति भएको छ ।
यसअघि नेविसंघले उमेर हद लागू गर्न नहुने अडान लिएको थियो । अधिकांश क्याम्पसमा नेविसंघको सभापतिका उम्मेदवारका आकांक्षीहरु ४० वर्षसम्मका छन् । क्रान्तिकारीले उमेर हदमा जोड दिएको थियो । हिमाल शर्मा अखिल क्रान्तिकारीको अध्यक्ष हुँदा उमेर हदको विषय पहिलोपटक उठाइइएको थियो ।
अनेरास्ववियुले उमेर हद २८ कायम हुनुपर्नेमा सहमति जनाएपछि त्रिवि सिनेटले पास गरेको हो । यो व्यवस्थाले नियमित विद्यार्थीहरु नै स्ववियुमा निर्वाचित हुने वातावरण बनेको छ । नत्र स्ववियुमा जित्नकै लागि बुढा विद्यार्थीहरु भर्ना हुने गर्थे ।

मिश्रित निर्वाचन प्रणाली

यसैबीच स्ववियु निर्वाचन अब मिश्रित प्रणालीबाट हुने भएको छ । यसअघि सभापति सहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था थियो । मतदाताले उम्मेदवारको नाममा मत दिने प्रणाली थियो । अब भने प्रत्यक्ष र समानुपातिक दुवै हुनेछ । सभापति, सचिव र कोषाध्यक्ष सहित बहुमत सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । उपसभापति र सहसचिव सहित अन्य सदस्य भने विद्यार्थी संगठनले प्राप्त गरेको मतका आधारमा बाँडिनेछ ।




sadak-suchana-1484719336.gif
Advertisement
ss-circle-1484491572.gif


ताजा समाचार

कुखुरा ब्यवसायी संघको साधरणसभा माघ ८ मा
khukhura-1484744653.jpg
हेटौँडा,५ माघ मकवानपुर कुखुरा व्यवसायी संघ मकवानपुरको १० औँ वार्षिक साधरणसभा आउँदो माघ ८ गते हेटौँडामा हुने भएको छ । संघले आज हेटौँडामा पत्रकार...
निर्माण तथा औद्योगिक व्यापार महोत्सव स्थगित
हेटौँडा, ५ माघ निर्माण व्यवसायी संघ मकवानपुरले आगामी फागुन ५ गतेदेखि आयोजना गर्ने भनिएको राष्ट्रिय निर्माण तथा औद्योगि व्यापार महोत्सव स्थगित भएको...
चर्को मुल्यबृद्धिको तरुणदलद्वारा बिरोध
tarun-dal-flag-358x299-1484743331.jpg
हेटौँडा,५ माघ नेपाली कांग्रेस निकट नेपाल तरुण दल मकवानपुरले २५ मिटर फराकिलो बनाएको मौका छोप्दै विस्थापित ब्यपारीहरुसँग चर्को भाडा असुलेको भन्दै...
भोलिबाट हेटौँडा बजार खुल्ने, सडक डिभिजनमा निवेदन दिन बसोबास संरक्षण समितिको आग्रह
taranga-1484743038.jpg
हेटौँडा,५ माघ मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समिति मकवानपुरले गत माघ ३ गतेबाट गरेको हेटौँडा बन्द भोलीबाट खुल्ने...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
websurfer-1480948045.gif



लोकप्रिय समाचार

निजि घरमा डोजल चलाए हेटौँडा रक्ताम्य हुन्छ : न्यौपाने (भिडियो हेर्नुस)
aspatal6-1483017778.jpg
हेटौँडा,१४ पौष क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ ।...
न बग्यो रगतको खोला, न रोकियो डोजर
renew-1484743292.jpg
धर्मेन्द्र दाहाल हेटौँडा,५ माघ गत पौष १४ गते डिभिजन सडक कार्यालय हेटौँडाले हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा डोजर चलाईरहदा मकवानपुर उद्योग वाणिज्य...
हेटौँडाका निजी घरमा चल्यो डोजर
bhatkiyo-1484631327.jpg
हेटौँडा,४ माघ अन्ततः सबै अन्योलताको बिच हेटौँडामा २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सरकारी कार्यालयमा डोजर चलेपछि हेटौँडामा सर्वाधिक चर्चामा...
भोलीबाट सडक फराकिलो हुने, राप्तीपुलबाट कामको सुरुवात गरिने
taranga-1484572585.jpg
हेटौँडा,३ माघ डिभिजन सडक कार्यालय हेटौँडाले भोली बिहान ८ बजेबाट सडक फराकिलो पार्ने कामको थालनी गर्ने जनाएको छ । सडक फराकिलो पार्ने विषयमा खबरब्रेकसँग...
२५ मिटर भित्रको संरचना सम्पूर्ण १५ दिनभित्र हटाउन सूचना जारी
suchana-11-1483326199.jpg
    धर्मेन्द्र दाहाल हेटौँडा,१८ पौष १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको...
Advertisement