National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

स्ववियु सचिव अधिकारीसँग ५ प्रश्न

 

हेटौँडा,२९ चैत्र


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) मकवानपुरका ३ नं क्षेत्रीय अध्यक्ष आकाश अधिकारी गत फागुन १८ गतेको स्ववियु निर्वाचनबाट स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मकवानपुर बहुमुखि क्याम्पसको सचिव पदमा अत्याधिक मतले विजयी भए । मकवानपुर बहुमुखि क्याम्पसमा सचिव भएपश्चात् स्ववियुले गरेका क्रियाकलाप र भावि योजनाका विषयमा केन्द्रीत भएर हाम्रा विशेष संवाददाता उज्जवल अधिकारीले उनीसँग लिएको अन्तवार्ता पढ्नुहोला । 

१. स्वागत छ तपाईँलाई खबरब्रेक डटकममा । पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ? 
–  धन्यवाद उज्जवल जी । फागुन १८ गते भएको स्ववियु निर्वाचनमा विजयी भएपश्चात् हामीले चैत्र ७ गते सपथ ग्रहण गर्यौ र पदभार सम्हाल्यौँ । त्यस पश्चात् हामी क्याम्पसका गतिविधिहरु, प्रशासनका गतिविधिहरुलाई नियाल्दै छौँ । र त्यहाँ रहेका समस्याहरुलाई टिपोट गर्दै छौँ । क्याम्पसमा आगामी दिनमा हामीले घोषणापत्रमा उल्लेख गरेका कामहरुको सम्भाव्यता अध्ययन गर्दै त्यसलाई तत्काल कार्यान्वयन गर्नको लागि कार्ययोजनाहरु बनाउँदै छौ । विद्यार्थीको समस्या सुल्झाउनको निम्ति क्याम्पसमा क्रियाशिल छौँ ।  


२. स्ववियु सचिव हुनु अघि यहाँले मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुसँग थुप्रै एजेण्डाहरु लिएर भोट माग्नुभएको थियो ।  १ महिनाको कार्यकालमा विद्यार्थीहरुको लागि के के गर्नुभयो त ? 
–  हामिले पद सम्हालिसकेपछि , पदस्थापनाको अवसर पारेर हामीले क्याम्पस सरसफाई कार्यक्रमबाट आफ्नो कामको सुरुवात ग¥यौँ । जसको समाचार यस लोकप्रीय अनलाइन खबरब्रेक डटकममा पनि प्रकाशित भएको थियो । र आगामी दिनमा क्याम्पसको भौतिक सरसफाई मात्र होइन, गलत प्रवृतीको सरसफाई, प्रशासनमा रहेका प्रशासनिक फोहोरको सरसफाई र केही कर्मचारी/प्राध्यापकहरुमा रहेको गलत नियतको पनि सरसफाई गर्नेछौँ । हामीले विद्यार्थीमाझ लिएर गएका एजेण्डालाई आधा इन्च पनि दायाँबायाँ नभइकन , विचलित नभइकन त्यस्लाई कार्यान्वयन गर्नको निम्ति लागिपर्ने छौँ । त्यसपछि हामी विद्यार्थीले भोग्नुपरेका समस्यालाई तत्काल समाधान गर्नका निम्ति लागिपरेका छौँ । जस्तै क्याम्पसको एउटा बिल्डिङमा खानेपानीको व्यवस्था थिएन, अबको केही दिनमा त्यहाँ खानेपानीको समस्या समाधान हुन्छ   , गेटबाट ‘सी’ ब्लक जानका निमित्त बर्खा सिजनमा चौर हिलो हुँदा विद्यार्थीलाई पर्ने समस्याको समाधान गर्न बाटो निर्माण कार्य अघि बढिसकेको छ । छात्रवृती विधीवत रुपमा वितरणको कुरा, पुस्तकालयको व्यवस्थापन गर्ने कुरामा हामी योजना बनाएर चाँडो भन्दा चाँडो यसलाई कार्यान्वयन गर्नका निम्ति पहल गर्न लागेका छौँ । 


३. मकवानपुर बहुमुखि क्याम्पसमा धेरै राजनीतिक दलका विद्यार्थी संगठनहरु क्रियाशिल छन् । तपाईँ एमाले निकट अनेरास्ववियुको प्यानलबाट विजयी हुनुभएको उमेवद्वार ,।अरु संगठनहरुको दबाब कतिको आइरहेको छ ? चुनाव अघि जति बोल्नुभएको थियो, त्यति काम गर्न सक्नुहुन्छ त ?
–चुनावमा लड्दा हामीले अनेरास्ववियुको प्यानलबाट एकल लड्यौँ । अनेरास्ववियुलाई माया गरेर , भरोसा गरेर  र हिजोको दिनमा पनि अनेरास्ववियुले स्ववियुमा एकल प्यानल जितेर क्याम्पसमा गरेका कामहरुको आधारमा विद्यार्थी साथीहरुले धेरै भन्दा धेरै मत हालेर हामीलाई जिताउनु भयो । हामीले त्यो विश्वासको मतलाई खेर जान दिँदैनौँ । वास्तवमा हाम्रो जित भनेको आम विद्यार्थीको जित हो भन्ने कुरालाई विद्यार्थीले महशुस गर्ने गरी काम गर्छौ । जहाँसम्म अरु संगठनको दबाबको कुरो छ , अरु संगठनको साथीहरु पनि स्ववियुमा रहनुभएको कारणले गर्दा वहाँहरुको सहकार्यमा काम गर्नेछौ । र अनावश्यक दबाबलाई हामीले छिचोल्दै अघि बढ्छौँ । स्ववियु भनेको साझा विद्यार्थीको संगठन हो , त्यही हिसाबले हामी काम गर्छौ । 

 ४. २४ महिने कार्यकालभर र्निविवादित भएर पद सम्हाल्न के के योजना बनाउनभएको छ ?
–विद्यार्थीको हितका निम्ती हामीले केही योजनाका केही ड्राफ्टहरु तयार पारेका छौँ । र जहाँसम्म मलाई लाग्छ, विद्यार्थीको हित हुने कार्यक्रम, क्याम्पसको हितहुने कार्यक्रमप्रति कुनै पनि विद्यार्थी संगठनले विवाद निकाल्नु हुनेछैन । र यदी राजनीतिक स्वार्थको हिसाबले ती कार्यक्रमलाई हिट गर्ने उद्देश्यले वा विरोध गर्ने उद्देश्यले कुनै पनि विद्यार्थी संगठन आउँछन् भने, त्यस्को प्रतिकार विद्यार्थीले नै गर्नेछन् । र्निविवादित भएर काम गर्ने कुराको प्रयत्न अधिकतम गरिने छ । 


५. अन्त्यमा खबरब्रेक डटकम पढिरहनुभएका दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ? केही छुटेको भए भन्नुहोला ? समय दिनुभयो धन्यवाद !
– सर्वप्रथम हामीलाई मत दिएर जिताउनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद र आभार प्रकट गर्न चाहन्छौँ । विद्यार्थीको समस्या हाम्रो समस्या हो, यस्को समाधान गर्न हामी सँधै क्रियाशिल रहने छौँ । मकवानपुर बहुमुखी क्याम्पसको समृद्धि र विकासको निम्ति हामी सदाझैँ दत्तचित्त भएर लाग्ने छौँ । मेरा कुरा आम जनता माझ, विद्यार्थी र विद्यार्थीको अभिवाभकहरु माझ र  मकवानपुर बहुमुखी क्याम्पसको हित चिताउने शुभचिन्तमहरु माझ पुग्ने गरी मेरा विचारहरु राख्ने मौका दिनुभो । तपाईँ र खबरब्रेक युनिटलाई विशेष धन्यवाद दिन चाहन्छु । 
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...