National Flag Saturday 19th of August 2017, 8:57:15 pm
club-watervilla-1490348009.gif
churehill-normal-add-1486292696.gif
city-hospitall-1500557345.gif

हेटौँडा अस्पतालको ब्यवसायिक भवनमा पनि चल्यो डोजर, न्यौपानेले भनेः नीजि घरमा डोजर हुन्न खोजियो भने हेटौँडा रक्ताम्य हुन्छ

धर्मेन्द्र दाहाल
हेटौँडा,१५ पौष

 राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप हेटौँडामा बुधबारबाट भएको सडक फराकिलो पार्ने अभियान अन्र्तगत आज पनि हेटौँडाका विभिन्न सरकारी कार्यालयको संरचना भत्काईएको छ । बुधबार बिहानबाट हेटौँडाको सडक विभाग हेवि इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला हुलाक कार्यालले अतिक्रमण गरेका संरचना भत्काएको भोलीपल्ट आज हेटौँडा अस्पतालको ब्यवसायीक भवनमा डोजर लगाईएको छ ।
सडक डिभिजनले संरचना खाली गर्न दिएको १० दिनको समय सकिदा समेत भवन खाली नगरिएपछि आज प्रहरीको बाक्लो उपस्थितीमा भवन भत्काइएको हो ।  आजै हेटौँडाको रानी दरबार परिषरमा रहेको वन विज्ञान अध्ययन सस्थान तथा नेपाल ट्रस्टले अतिक्रमण गरेको संरचना समेत भत्काइएको छ । 
सडक डिभिजन कार्यालय हेटौँडाले गत मंसिर २८ गते हेटौँडा उपमहानगरपालिकामा रहेका २५ मित्र क्षेत्रमा पर्ने सरकारी कार्यालयलाई १० दिन भित्र संरचना भत्काउन दिएको निर्देशन स्वरुप सडक डिभिजनले त्यसस्ता सरकारी संरचनामा डोजर चलाएको हो । 
कार्यालयले गत मंसिर २८ गते हेटौँडा ११ थानाभर्याङबाट हेटौँडा ९ औद्योगिक क्षेत्रभित्र पर्ने १४ वटा सरकारी कार्यालयलाई १० दिन भित्र सडकको २५ मिटर भित्र पर्ने आफ्ना सम्पूर्ण संरचना भत्काउन पत्रचार गरेको थियो । 
 डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले अब कामले निरन्तरता पाउने बताए ।  हेटौँडा अस्पताललाई आफुहरुले जानकारी गराएको र अस्पताल प्रशासनले पनि ७ दिन भित्र भवन खाली गर्न पत्राचार गरेको भएपनि ब्यवसायीहरुले अटेर गरेपछि वाध्य भएर भवनमा डोजर लगाएको कार्यालयले जनाएको छ । 
क्षेत्रीय प्रशासकको निर्देशनमा ब्यवसायिक भवन भत्काईएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले गम्भिर आपत्ती भएको जनाएको छ । खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले ब्यवसायिले केहि समय माग्दा समेत क्षेत्रीय प्रशासकले समय नदिएको भन्दै उनी बिरुद्ध आन्दोलनमा जाने बताए  । अब निजि घरमा पनि डोजर चल्ने कुरा छ नि भनी खबरब्रेकले गरेको प्रश्नमा उनले भने ः “निजि घरमा डोजर कसरी चल्छ हामी पनि हेर्छौ, यदि प्रशासनले निजि घरमा डोजर हुल्न खोज्यो भने हेटौँडा रक्ताम्य हुन्छ” 
प्रशासनले एकलौटी रुपमा भवनहरु भत्काउने काम गर्दा समेत मकवानपुरका राजनीतिक दलहरुको कुनै प्रतिक्रिया नआउनु आश्चार्यको विषय भएको न्यौपानेको भनाई रहेको छ । 

 

 




nivab-policlliinikk-1502187439.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...
narayanii-clz2-1501153480.gif
nagaa-1502448685.gif
harnamadi-1500354024.gif
soup-1502091546.gif
k-and-k-light-house-1499945606.gif


ताजा समाचार

मनहरीका ८० परिवारलाई राहत
20170818_132056-1503153630.jpg
मनहरी–बाढी र खहरे कटानबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नं ४ का विभिन्न वडाका ८० परिवारलाई शुक्रबार राहत बितरण गरिएको छ । मनहरी गाउँपालिकाको...
मनहरीका ६१ बर्षि प्रजा भन्छन्ः भूकम्पले पनि रुहायो,बाढीले पनि रुहायो (फोटो सहित)
DSCF1306-1503152417.JPG
मनहरी -मनहरी गाँउपालिकाका लुक्वा प्रजा ६१ बर्षका भए उनको परिवारमा ९ जना छन् । २०७२ बैसाख १२ गते गएको भुकम्पले उनको घर पुणरुपमा क्षति भएको थियो । केही...
लियोद्धारा २० घरलाई राहत बितरण
DSCF1279-1503150582.JPG
मनहरी  मनहरी गाउँपालिका ६ प्रतापपुरमा लियो क्लव अफ मकवानपुरले बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । लियो क्लब अफ मकवानपुरको अध्यक्ष रुपा...
ढाड दुखेर अस्पताल गएको डाक्टरले सेक्स गर्न सुझाब दिए; भुनिया (भिडियो कुराकानी )
1169941_529794657189041_1-1503148539.jpg
‘मेरी बास्सै’ टेलिश्रंखलाले धेरै कलाकारलाई नयाँ जीवन दियो । नाम र ख्याती पाएका धेरै कलाकारलाई अहिले पछाडि फर्केर हेर्नुपरेको अवस्था छैन । त्यस्तै...
बाढि पिडितहरुले गरे वडा अध्यक्ष माथी हातपात
20170818_113936-430x336-1503126320.jpg
हेटौंडा ३ भदौ । बाढि पिडितहरुले आपतकालिन राहत पाउन नसकेको भन्दै इटहरी उपमहानगरपालिका ९ को वडा कार्यालयमा नाराबाजी गरेका छन् । बाढिले घरबार विहिन...
ns-1503054779.jpg



लोकप्रिय समाचार

हिरालालको पसलमा रेड : म्याद नाघेको खाद्यपदार्थ र कम तौलको चामलको बोरा बरामद
red-1501151115.jpg
 हेटौँडा,१२ साउन हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ स्कुल रोडमा रहेको हिरालाल शाहाको किराना पसल तथा डिपाटमेन्टल स्टोरमा आज जिल्ला प्रशासन कार्यालय...
हेटौँडामा खहरेले ट्रक पल्टायो
20864347_1821324804550298-1502597983.jpg
हेटौँडा,२९ साउन लगातार तीनदिनबाट परिरहेको झरीको कारण आएको बाढीले हेटौँडा वडा नंबर ७ र ८ को सिमानामा आएको खहरेले एक ट्रकलाई पल्टाइदिएको छ भने केहि...
हेटौडामा बढदो यौनकर्मी
xScreenshot-2014-07-04-02-1501248488.jpg
मदन मिजार, १३ साउन । बिहान ९ मात्र बजेको थियो । हेटौँडा बजारको मुख्य चोकमै बसेर अधवैँशे महिला फोनमा भन्दैथिइन्, ‘कतिबेर लाग्छ आउँनलाई ?’ उताबाट उत्तर...
स्कुलरोडमा यसरी हानीयो खुकरी (भिडियो सहित)
schooroad-1502854339.jpg
हेटौँडा,३२ साउन हेटौँडाको मुख्य बजार क्षेत्र हेटौँडा ४ स्कुलरोडमा केहि युवाहरुबिच खुकुरी हानाहान भएको छ । मुख्य बजारमानै खुलेआम खुकुरी हानाहान...
हेटौँडा अस्पतालका मेसु सर्बेश शर्मामाथी हातपात
break-news-1500801549.jpg
हेटौँडा,८ साउन हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर सर्बेश शर्मामाथी हातपात भएको छ । हातपातको विषयमा जानकारी दिँदै डाक्टर शर्माले आफुलाई...
baisnav-1501768264-1501932731.gif
hetauda-shoe-center-1499684360.gif