skip-this-1498009108.jpg
National Flag Tuesday 27th of June 2017, 12:41:26 pm
19075443_1755319307819187-1497093188.jpg
churehill-normal-add-1486292696.gif

२५ मिटर हल्लाले भाडा बढ्यो, ब्यवसायीहरु मारमा

taranga-1483867002.jpg

हेटौँडा,२४ पौष
डिभिजन सडक कार्यालयले १५ दिन भित्र राजमार्ग क्षेत्रको २५ मिटर सिमामा पर्ने सम्पूर्ण संरचनाहरु खाली गर्न सूचना जारी गरेपछि हेटौँडाका ब्यवसायीहरु संकटमा परेका छन् । २५ मिटरको विषयलाई यो पटक क्षेत्रीय प्रशासन कार्यालयले मुख्य प्राथमिकतामा राख्दै ‘एक्सन’मा गएपछि ब्यवसायीहरु अन्यत्र ब्यवसाय प्रतिस्थापनको लागि भौतारिरहेका छन् । 
ब्यवसायको उचीत स्थानको लागि भौतारिएको ब्यवसायीलाई चर्को घरभाडाले थप समस्या बनाएको छ । २५ मिटरको कुरा अघि ५ हजारसम्म लिने सटर भाडा एकाएक २५ हजार पुगेको ब्यवसायीहरुले गुनासो गरेका छन् । 
खबरब्रेकलाई प्रतिक्रिया दिँदै राप्तिरोडका ब्यवसायी राजक शाहीले आफुहरुलाई १५ दिनको समय निकै अपुग रहेको बताए । ब्यवसायलाई अर्को स्थानमा स्तान्तरण गर्नको लागि कम्तिमा पनि ६ महिना लाग्ने बताउँदै उनले तत्काल सार्न पनि चर्को भाडा बाधक भएको बताए । उनले भने ः केहि दिन पहिलेसम्म महिलाको ५ हजारसम्म जाने सटरलाई अहिले २५ हजार भन्छन् त्यसमाथी पनि एक वर्षको अग्रिम भुक्तानी गर्नुपर्ने, हामी त अब ब्यवसायबाटै पलाएन हुनुपर्ने अवस्थाको सृजना भयो । 
उता मेनरोडका ब्यवसायी शुसान्त श्रेष्ठ पनि सरकारले १५ दिनमा ब्यवसाय हटाउ भन्नु हास्यस्पद भएको बताउँछन् । कयौँ वर्ष लगाएर गरिएको ब्यवसायले १५ दिनमानै अर्को स्थानमा सार्नको लागि समस्या हुने बताउँदै समय निकै कमि भएको नयाँ स्थानमा सटरहरुको महंगीपनि थेग्न नसक्ने बताए । आफुले पनि केहि स्थानमा सटरको विषयमा बुझेको तर मेन रोड भन्दा पनि महंगो पाईएकोले ब्यवसायबाट पलाएन हुनुको विकल्प नभएको उनको भनाई रहेको छ । 
२५ मिटर फराकिलो बनाउँदा हेटौँडाका करिब ५ हजार ब्यवसायीहरु विस्तापित हुने संभावना रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । तर राज्य यो विषयमा गम्भिर नबन्दा ब्यवसायीहरु पलाएन हुनुपर्ने अवस्था आउनसक्ने तर्फ संघको ध्यानाकर्षण रहेको संघका महासचिव महेन्द्र राउतले बताए । चर्को भाडा असुल्ने घरधनीलाई अनुगमन गर्दै कारबाहीको दायरामा ल्याउनुपर्ने पनि उनको भनाई छ । 




club-watervilla-1490348009.gif
siddhi-binayak-final-1479356695.gif
final-sathiko-1479826310.gif
loading...


ताजा समाचार

बानियाँ निर्माण सेवाले सडक निर्माणमा लापरवाही गरेको भन्दै मेयर महतको ध्यानाकर्षण
baniya-1498546278.jpg
हेटौँडा,१३ असार बानियाँ निर्माण सेवा हेटाँैडाले हेटौँडा ५ माछाप्लानदेखि राधाकृष्ण मन्दिरसम्मको सडक निर्माणको क्रममा लापरवाही गरेको भन्दै हेटाँैडा...
चुनाव विरोधमा संलग्न विप्लव नेतृत्वका ४३ कार्यकर्ता पक्राउ
t-1498545628.jpg
हेटौँडा, १३ असार, विराटनगर, असार १३, चुनाव विरोध कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४३ जना...
कतारले फिफा अधिकारीलाई विश्वकप आयोजक छनोटका लागि घुस दिएको आरोप
20-1498543993.jpg
हेटौैँडा, १३ असार, कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको...
अज्ञात समुुहद्धारा दुई सवारी साधनमा आगजनी
mechi-1498542671.jpg
इलाम, असार १३, मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ र गोदकमा दुईवटा सवारी साधनमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार बिहान साढे ३ बजे इलाम...
व्यवसायीले कर नतिरे फेसबुक खाता बन्द गरिने 
flockk-1498541567.jpg
हेटौँडा, १३ असार, भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर...



लोकप्रिय समाचार

२५ मिटरबारे मेयर हरिबहादुर महतले सार्वजनिक गरे धारणा
25-mitar-dharana-1496128788.jpg
हेटौँडा,१६ जेठ हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले सहरको विचबाट हाईवे हेटौँडा नगरको लागि स्विाकर्य नहुने बताएका छन् । खबरब्रेकलाई २५...
२५ मिटर प्रकरण : मेयर महतको अभिब्यक्ति पश्चात सडकले दियो प्रतिक्रिया
rajya-1496326256.jpg
हेटौँडा,१८ जेठ पछिल्लो करिब ६ महिनाबाट हेटौँडामा सर्वाधिक चर्चाको विषय बन्दै आएको २५ मिटर प्रकरणले हेटौँडा फेरि पनि तातिएको छ । माघबाट पुन रोकिएको २५...
एमालेद्वारा जिल्ला समन्वस समितिमाको सभापतिमा खुलाल र उपसभापतिमा पुडासैनीलाई सिफारिस
kulal-1496143626.jpg
हेटौँडा,१६ जेठ नेकपा एमालेले केहिदिन भित्रमानै गठन हुने जिल्ला समन्वय समितिको सभापतिमा रघुनाथ खुलाल तथा उपसभापतिमा भगवती पुडासैनीलाई सिफारिस गरेको...
हेटौँडाकी शान बन्दै विद्या तिवारी : नेपाल आइडलको टप १८ मा प्रवेश 
bidhya-1496996636.jpg
हेटौँडा,२६ जेठ विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण नेपाल आइडल अहिले निकै लोकप्रीय र रोमाञ्चक बन्दै गइरहेको छ । हजारौँ सहभागी रहेका...
यि चार सांसद बन्न सक्छन् मकवानपुरबाट मन्त्री
mantri-1496759745.jpg
हेटौँडा,२३ जेठ कांग्रेस र माओवादी सहित ३८८ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीको रुपमा चयन...