National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

‘एउटी श्रीमतिको इच्छा पनि पूरा गर्न नसक्ने सरकारी जागिरे !’

सविता सापकोटा

sabita-sapkota-1504065197.jpg

समाजमा महिला मात्रै दुखी छैनन् । महिलाका बारेमा लेखिरहँदा केही साथीहरुले सुझाव दिए की, ‘पुरुषका पनि आफ्नै दुख छन् । उनीहरुका बारेमा पनि लेख ।’ महिला बढी पीडित त छन् नै, पुरुषलाई पनि यो सहरिया दुनियाले खुसी बन्न दिएको छैन । महंगी र अनियन्त्रित व्यवस्थाकै कारण सहरका थुप्रै पुरुषको पीडा पनि यस्तै त छ :

समयले नेटो काट्यो, सबै चिज फेरिए । देशमा संविधान बन्यो । सरकार परिवर्तनको परम्परा चलिरह्यो । तर सरकारी कर्मचारीहरुको तलब कछुवाको गति झैँ भयो । गाउँको घर पनि भूकम्पले ढलायो । श्रीमती दिनहुँ नयाँ गरगहना र कपडा लगाउन पाइन भनेर किचकिच गर्छे । मन्टेश्वरीमा पढ्दै गरेकी छोरीको फी महिनाको १० हजार भन्दा बढी आउँछ ।
‘सरकारी जागिर छ’ भन्दा सबैले ‘भाग्यमानी रहेछस्’ भन्छन् । कतै घुम्न जानुपर्याे नयाँ फेसन् । बिबाह, ब्रतबन्ध, पार्टीपिच्छे नयाँ डिजाइनका गहना चाहिन्छ श्रीमतिलाई । घरमा बिरामी बूढी आमा पनि हुनुहुन्छ । उहाँको चेकजाँच पनि समय समयमा गरिरहनुपर्छ ।

‘यसपटक पहिलेकै कपडा लगाउ न त भन्दा’ श्रीमति विदेश गएका आफ्ना साथिहरुको तस्वीर देखाउँछिन् । उनीहरुलाई कति मोज छ कति घुम्न जान्छन्, नयाँ नयाँ कपडा लगाउँछन् । आफू भने सँधै घरमा कुवाको भ्यागुतो जस्तो बूढी आमाको स्याहार गरेर बस्नुपर्ने भन्न थाल्छिन् ।

केही बोल्नै हुदैन । एक शब्द बोलेँ भने, ‘तिमि पनि जाउ न त विदेश’ भन्न सुरु हुन्छ । ‘पाल्छु भनेर ल्याएको होईन, आवश्यकता पूरा गर्न नसक्नेले दिनभर अफिस गएर के जागिर खान्छौ !’ बिडम्बना भनौँ या के, हामी नेपालीहरुको हातमा डिग्री पास गरेको सर्टिफिकेट र दिनभर मरिमेटी काम गर्दा पनि दैनिक आवश्यकता पूर्ति गर्न मुस्किल छ । जागिर छैन भनौँ भने छ, छ भनौँ भने तलबले श्रीमतिको लवाइ–खवाइ पनि पुग्दैन ।
गाउँमा भत्किएको घर बनाउन मन छ । सहरमा डेरा गरेर बस्दै आएको छु । बूढी आमासँगै छोरी र श्रीमतिका आवश्यकताहरु पूर्ति गर्न मन छ । अफिसर लेभल भए पनि अन्य आम्दानीका स्रोत नभएपछि शुद्ध तलबले नपुग्ने रहेछ ।

साथीको बुद्धिमा लागेको भए बेलैमा करोडपति बनिसक्थेँ । विदेश होमिएको भए पनि घरको तला थपिन्थ्यो । आज भत्किएको घर पनि बनाउन नसक्ने अवस्था आएको छ । भ्रष्टाचार गरेरै भए पनि साथिले ३ वटा घर ठडाई सक्यो । अहिले मस्त घर भाडाले खान पुग्छ । उसले त भनेकै थियो, ‘सोझो पारामा जिन्दगी चल्दैन ।’ सायद उसलाई पनि मलाई जस्तै समस्या आईलागेर भ्रष्टाचारको बाटो रोज्यो की । उ बेलामा एक्लो ज्यान ‘यति तलब भए पुगिहाल्छ नि भन्ने लाग्यो । तर परिवार भएपछि त्यति तलब छेउ न टुप्पो हुँदो रहेछ ।’
जतिसुकै कडा नियम बने पनि भ्रष्टाचार गर्नेको संख्या घटेको छैन । यसरी आवश्यकताहरु पूर्ति गर्न नसकेर नै मानिस भ्रष्टाचारको खेतिमा लाग्छन् र विदेसिन्छन् भन्ने कुरा आज आफ्नै अनुभवले प्रष्ट पार्दै छ । साँचै सोझो औँलाले घिउ नआउँदो रहेछ ।

२ छाक भए पनि परिवारसँग बसेर खाना खाएको छु । बाहिरी मानिसले मेरो जीवन सुखी देख्छन् तर म भने दुःखी छु । कहिलेकाहीँ सोच्ने गर्छु जीवन के हो ? भौतिक दुनियाँमा मात्र रमाउनु जीवन हो र ! यस्तै पीडाबचि पनि पुरुषलाई यही समाजले भन्ने गर्छ, ‘एउटी श्रीमतिको इच्छा पनि पूरा गर्न नसक्ने सरकारी जागिरे !’




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...