National Flag Sunday, 19 Nov, 2017 | | ::
hotel-new-lokpriya-150426-1509347948.gif
churehill-normal-add-1486292696.gif

“यो पुस्ताले पनि हेर्न पाउनेछन् त्यो महाभिडन्त”

vidanta-1509634626.jpg


हेटौँडा,१६ कार्तिक,
भर्खरै देशमा बहुदल आएको थियो । कम्युनिष्ट र कांग्रेसको कडा संघर्षले पञ्चयात ब्यवस्था फालेको दुई वर्ष वित्दा नवित्दै देश चुनावमा होमियो । बहुदल प्राप्तीपछि हुन लागेको पहिलो आम निर्वाचन (२०४८) ले सबैको ध्यान तानेको थियो । कारण बहुदलपछि विकासको मुल फुटाउने भन्दै बहुदलवादी दलहरु चुनावमा होमिनु र पुरानै पञ्चयात ब्यवस्था लोकप्रिय थियो र जनता अझै पञ्चयात ब्यवस्था मनपराउछन भनेर पञ्चहरु पनि चुनावमा लाग्नु । तर दुबैथरीको उत्तिकै सक्रियतामा निर्वाचनको माहोल तातेको  हटियाका कृष्णबहादुर राई बताउछन् । 
चुनावको माहोलले देशलाई धपक्कै बालेको समयमा मकवानपुरको एउटा निर्वाचन क्षेत्र पनि देशकै केन्द्रविन्दुमा थियो । त्यहि क्षेत्र जुन आज पनि देशको एक महत्वपूर्ण बहसको केन्द्र बन्दैछ  ।  पञ्चयातकालका उदाउदो युवा नेता कमल थापा जो पञ्चहरुको नयाँ नेतृत्व बन्ने तरखरमा थिए । तिनै युवालाई टक्कर दिन एमालेबाट तात्कालिन ठिंगन गाविसबाट प्रधानपञ्च भैसकेका युवा नेता कृष्णप्रसाद दाहाललाई मैदानमा उतारीएको थियो ।
पञ्चहरुको प्रभावमा रहेको त्यस बेलाका मिडियाहरुले थापाको अगाडी दाहालको तुलना हुन नसक्ने भनेर प्रचारबाजी समेत गरेको त्यस समयका एमाले नेताहरु आजसम्म बताउँछन् । चुनाव अगावै पञ्चहरुले थापाको जितको खुसीयाली समेत मनाएको उनीहरुको धारणा छ तर चुनावको परिणामको दिन नेपालमानै मकवानपुरको त्यो क्षेत्रले तरंग पैदा गर्यो । पञ्चहरुको नेतृत्व गर्ने राप्रपाका नेता कमल थापालाई करिब ५ हजार मतान्तरले एमालेका युवा नेता कृष्णप्रसाद दाहालले हराईदिए । ९ हजार ८ सय २५ मत प्राप्त गरेका थापालाई १४ हजार १ सय ८४ मतले पराजित गर्दै देशभरनै चर्चा बटुल्न सफल भए । 
त्यो पराजयले थापालाई त असर गर्यो नै राप्रपाको राजनीतिक जीवनमा समेत प्रभाव पर्यो ।  त्यसको करिब ३ वर्षपछि एमालेको अल्पमतको सरकारलाई ढाल्दै नेपालमा फेरी मध्यावदी निर्वाचन घोषँणा गरियो । साल २०५१ को निर्वाचनमा फेरी त्यहि क्षेत्रमा उही दाहाल र थापाको महाभिडन्त तय भयो । साल २०५१ को निर्वाचनमा थापाले सबै शक्ति लगाउने कुरा छ भन्ने एमालेको बृत्तमा छलफल समेत भएको हो तर एमालेले त्यो कुरा सामान्य लियो र परिणाम थापाको पक्षमा गयो । २०४८ सालमा दाहालले हराएको बदला पुरा गर्दै थापा १६ हजार ७ सय ५३ मत सहित बिजयी बन्दा दाहाल करिब १ हजार ६ सय मतले पराजित भए । दाहालको १५ हजार ८२ मत मात्र आयो ।  राप्रपाबाट सांसद भएका थापाले त्यसपछिका सरकारमा मन्त्रीसम्म हुने अवसर प्राप्त गरे । 
मध्यावदी निर्वाचन सकिएको ३ वर्षपछि फेरी २०५६ सालमा फेरी नेपालमा आम निर्वाचनको वर्ष आयो । यो वर्षपनि मकवानपुरको निर्वाचन क्षेत्र नंबर १ चर्चामा आयो । कारण उही भिडन्त, उही पात्र । तर यो पटक भने मन्त्री भैसकेका थापा र सांसदमात्र भएका दाहालबिच भिडन्त थियो । राप्रपाले थोरै सिट प्राप्त गर्दा पनि सरकारमा बसिरहन पाउने अवसरलाई उठाउँदै थापा पनि मन्त्री भैरहेका थिए । यो पटक पनि सुरुको चुनावमा जस्तै थापा अधिक विश्वस्थ थिए । वर्तमान सांसद तथा मन्त्री भैसकेकोले पनि जनताले आफुलाई मतदान गर्ने भन्ने थापाको विश्वासलाई क्षेत्र नंबर १ को जनताले गलत सावित गर्दिए र दाहाले फेरी बाजी मार्दै थापालाई करिब ५ हजार मतले पराजित गर्दिए । यो पटक दाहालको २० हजार ४ सय ४२ मत आउँदा थापाले १५ हजार १ सय ८५ मत मात्र ल्याए । त्यसबेलाको दाहाल विरुद्द थापाको भिडन्तलाई अहिले पनि मकवानपुरे राजनीतिमा महाभिडन्तको नाममा लिने गरिएको छ । 
२०५६ को आ निर्वाचन पछि कमल थापाले हालसम्म उत्त क्षेत्रमा उम्मेद्वार बन्ने आँट गरेनन् भने एमालेले पनि दाहाल पछि त्यहाबाट विजयी हुने मौका प्राप्त गर्न सकेन । २०५६ पछि भएका दुईवटा संविधानसभा निर्वाचनमा एमाले दुबै पटक निकटम प्रतिद्वन्दीमानै चित्त बुझाउन वाध्य बन्यो । पहिलो संविधानसभा २०६४ मा माओवादी विजयी भएको उक्त क्षेत्रमा दोश्रो संविधानसभामा कांग्रेसले विजयी हुने अवसर प्राप्त गर्यो । तर २०४८ सालबाट मतदान गर्दै आएका उत्त क्षेत्रका मतदाता भने पहिलेजस्तो कुनै चर्चा नभई चुनाव भएको दाबी गर्छन् । 
१८ वर्षपछि आगामी मंसीर २१ गते हुने निर्वाचनको लागि आज मनोनयन दर्ता भएको छ । संयोग मान्नुपर्छ आज फेरि उहि पुरानै महाभिडन्तको झल्को आएको छ । कमल थापा र कृष्ण दाहालको प्रतिद्धन्दी भएको निर्वाचनको कथन मात्र सुनेको यो पुस्ताले फेरीपनि त्यो महाभिडन्तको स्वाद चाख्न पाउने भएका छन् । हाल राप्रपाकका केन्द्रीय अध्यक्ष रहेका कमल थापालई समर्थन गरेको र वाम गठबन्धनको तर्फबाट एमालेका नेता कृष्णप्रसाद दाहालले मनोनयन दर्ता गरेपछि फेरीपनि यो क्षेत्र देशकै चर्चाको शिखरमा छ । 
गणतन्त्र नेपालमा हाल सर्वाधिक सफल रहेको एमालेका कृष्ण दाहाल र अझैपनि राजतन्त्रको वकालत गर्दै हिडने राप्रपाका अध्यक्ष थापाको भिडन्तबारे अहिले नेपालका राष्टिय मिडियादेखि स्थानीय मिडियाहरुले प्राथमिकताको साथ समाचार संकलन, प्रकाशन तथा प्रशारण गरेका छन् । यो पुस्ताले कथाको रुपमा मात्र सुनेको त्यो महाभिडन्त कस्तो हुने हो त्यो त अबका राजनीतिक गतिविधिलेनै बताउने छ तर राप्रपाका सर्वोच्व नेता हाल उपप्रधानमन्त्री समेत रहेका थापालाई एमालेका पुरानै प्रतिद्वन्दी एमाले प्रदेश नंबर ३ का सदस्य समेत रहेका कृष्णप्रसाद दाहले पराजित गर्दै ह्याट्रिक गर्लान या २०५६ को बदला लिन थापा सफल होलान त्यो त मंसीर २१ को निर्वाचनपछि मात्र थाहा हुनेछ ।  तर अबको करिब १ महिना थापा र दाहालको भिडन्तले पुनः मकवानपुरे राजनीतिलाई केन्द्रसम्म चर्चामा ल्याउने भने निश्चितनै छ । 
 
 




club-watervilla-1490348009.gif
hotel-new-lokpriya-1504267735.gif
final-sathiko-1479826310.gif
loading...
23172557_1457927660992569-1510214735.jpg
k-and-k-light-house-1499945606.gif
ns-1510214816.jpg
pasupati2-Recovered-1507718444.gif


ताजा समाचार

अन्टार्कटिकामा बरफको पहाडबाट बग्दछ रगतको झरना, अझै पनि रहस्यमय
मङ्सिर ३ एजेन्सी,संसारमा कैयन् रहस्यमय ठाउँ र वस्तुहरू छन् जसको रहस्यको बारेमा वैज्ञानिकहरू अझै अनभिज्ञ छन् । यस्तै एक रहस्य अन्टार्कटिकाको...
युथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
cricket-1-1511087405.jpg
मङ्सिर ३ ,अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले...
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
download-(3)-1511085685.jpg
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्रको प्रकाश दाहालको...
हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?
heart-attack-1-1511085650.jpg
काठमाडौं -शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि...
राजन मैनाली भन्छन : हेटौँडाको विकासको लागि नयाँ शक्ति चाहिन्छ
23518810_126308238143114_-1511085198.jpg
हेटौँडा,३ मंसिर नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले...



लोकप्रिय समाचार

हेटौँडालाई प्रदेशको राजधानी तोकियो, प्रशासनिक संरचनाको काम गर्न निर्देशन
hetauda-1-1509879981.jpg
हेटौँडा,१९ कार्तिक, सरकारले सबै सात प्रदेशको प्रशासनिक संरचना तयार पारेको छ । निर्वाचन आउँन १ महिना मात्र बाँकी रहदा यस्तो निर्णय भएको हो ।...
यस्तो रहेछ खुकुरी प्रहारबाट तीनजना मारिएको घटना
123-1510681235.jpg
-शिवकुमार काशी : मनहरीमंगलबार साँझ ६ बजे एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर मानिसको हत्या भयो भन्ने फोन आयो । घटनास्थल...
हेटौँडा घर बताउने सुरेश ५ वर्षदेखि भत्तपुरमा अलपत्र, चिन्नुहुनेले अभिभावकलाई सम्पर्क गरिदिनुहुन आग्रह 
adhikari-1510285800.jpg
हेटौँडा,२४ कार्तिक, सात वर्षको उमेरमा हेटौँडाको घरबाट भागेर आएको बताउँदै सुरेश अधिकारी भक्तपुरको सडकमा आफ्नो जीवनयापन गर्दैछन् । आफु करिब ७...
कांग्रेस मकवानपुरले गर्यो कमल थापालाई भोट नहाल्ने घोषँणा
ghosana-1509372120.jpg
हेटौँडा,१३ कार्तिक,नेपाली कांग्रेस मकवानपुरले आफुहरुसँग तालमेल गरेर मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ मा निर्वाचन लडने तयारी गरिरहेका...
१ नबर क्षेत्रमा निर्वाचन लडने घोषणा गर्दै कमल थापाले गरे भावुक भाषण
kamal-thapa-main-1508852469.jpg
हेटौँडा,७ कार्तिक, उपप्रधान तथा उर्जा मन्त्री भएपछि सम्मान ग्रहण गर्न मकवानपुर आएका राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले आज हेटौँडामा...