

विराटनगर : मोरङको बेलबारीमा घाँस लिनलाई जंगल गएका साथीले काटेको रुखको हाँगाले लागेर सोमबार एक जनाको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार रुखको हाँगाले लागेर बेलबारी नगरपालिका–४ का ५७ वर्षीय टेकप्रसाद भट्टराईको मृत्यु भएको हो। भट्टराई साथीहरुसँग बाख्रालाई घाँस काट्नका लागि देवीथान सामुदायिक वनमा गएका थिए।
डीएसपी जोशीका अनुसार बेलबारी–४ का ४० वर्षीय बालकृष्ण आचार्यले काटेको कुम्भीको रुखको हाँगाले भट्टराईको टाउकोमा लागेको थियो। बिहान ८:३० बजेतिर रुखको हाँगाले लागेर भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्