काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा सरकारले यसअघि संसद्मा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसद्ले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सरकारले आज यसअघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसद्मा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेश हुने भएका हुन् ।