हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर जलाईएको छ ।
युवक संगठनको हेटौंडा उपमहानगरपलिकाको अधिवेशनम युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’को तस्विर जलाएका हुन् ।
संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनका क्रममा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र पूर्व राजालाई अनावश्यक रुपमा आरोप प्रत्यारोप लगाएर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा लाईटर बालेर आगो लगाएका हुन्।

प्रतिक्रिया दिनुहोस्