हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-६ मा रहेको वंशगोपाल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको छ । स्ववियुको सभापतिमा एमाले निकट अनेरास्ववियुका दिवस सिलवाल चयन हुँदा उपसभापतिमा राप्रपा निकट राप्रविसंकि सजना घिमिरे, सचिवमा अनेरास्ववियुका सुवास राई, कोषाध्यक्षमा माओवादी निकट अखिल क्रान्तिकारीका आयुषा बुढाथोकी तथा सह-सचिवमा काङ्ग्रेस निकट नेविसंघका आषिश भोलन सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुका निश्चल गजुरेल, सन्तोष पुडासैनी, पुजा लम्साल तथा सुशील तिमल्सिना निर्विरोध हुँदा अखिल क्रान्तिकारीका आयुषा बुढाथोकी र समाजवादी निकाट अनेरास्ववियूकी शुष्मा गौतम चयन भएका छन् ।